
कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ४ कनकाई माई नदिको पुर्विकिनारमा रहेको कनकाई घाट संस्थाको नवनिर्वाचित कार्य समितिलाई शनिबार एक कार्यक्रमका बिच पद हस्तान्तरण गरिएको छ ।
कोटिहवन स्थित कर्मयोग भवनमा आयोजित कार्यक्रममा संस्थाको गत फागुन ३ गते सम्पन्न दसौं साधारणसभा तथा छैटौ अधिवेशनबाट ख्याम मिश्रको नेतृत्वमा सर्वसम्मत निर्वाचित कार्य समितिलाई पद हस्तान्तरण गरिएको हो ।
अघिल्लो समितिमा बरिष्ठ उपाध्यक्षको कार्यकाल सम्हाली सक्नुभएका मिश्रको नेतृत्वमा निर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा डिल्लीराम मैनाली , उपाध्यक्षमा खेमराज कार्की , महासचिवमा गोपाल खरेल , सचिवमा टिकाप्रसाद जम्मरकट्टेल र कोषाध्यक्षमा अम्बिका खरेल सर्वसम्मत चयन हुनुभएको थियोे ।
त्यसैगरी संस्थाको सदस्यहरुमा राधिका कडरिया , भरत कुमार ढकाल , दयान्नद वंसल , नरेन्द्र प्रसाद फुयाल , चन्द्र मैनाली ९ भतिज ० , डम्बर बहादुर बस्नेत , भगवती कटुवाल , टिकाराम बराल , बृहस्पति पाण्डे , रमेश सेडाई र सरोज मैनालि सर्वसम्मत चयन हुनुभएको थियो ।
संस्थाको लेखा समिति समेत सर्वसम्मत चयन भएको थियोे भने लेखा समिती संयोजकमा डम्बर प्रसाद फुयाल र सदस्यमा भिष्म मैनालि र डिल्लिराम पाठक रहनु भएको छ ।
दुई चरणमा गरिएको पद हस्तान्तरण कार्यक्रममा पहीलो चरणको कार्यक्रममा संस्थाका अध्यक्ष वेद प्रसाद अग्रवालको अध्यक्षता रहेको थियोे भने कार्यक्रम सन्चालन महासचिव नारायण ओलीले गर्नु भएको थियो ।
कार्यक्रममा अध्यक्ष अग्रवालले संस्थालाई चलायमान बनाउन आफ्नो नेतृत्वको समितिका सबै पदाधिकारी तथा सदस्यले पुर्याउनु भएको सहयोग प्रति आभार ब्यक्त गर्दै मायाको चीनो समेत प्रदान गर्नु भएको थियो । अध्यक्षको अन्तिम मन्तव्य राख्दै अग्रवालले आफ्नो कार्यकालमा संस्थालाई सहयोग गर्ने स्थानीय सरकार , संघसंस्था तथा ब्यक्ति हरुलाइ धन्यवाद ब्यक्त गर्नुका साथै नव निर्वाचित समितिलाई बधाई शुभकामना दिदै आफ्नो नेतृत्वको समिति विघटन भएको घोषणा गर्नुभएको थियोे ।
पहिलो चरणको कार्यक्रम समापन संगै निर्वाचन समितिका संयोजक तिर्थराज खरेलको अध्यक्षतामा सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम गरिएको थियो । नवनिर्मित समितिलाई निर्वाचन समितिले सपथ ग्रहण गराउनका साथै पदिय जिम्मेवारी अनुसारको प्रमाणपत्र प्रदान गर्नुका साथै निवर्तमा समितिबाट समितिको माईन्युट , स्टाम प्रदान गर्दै पद हस्तान्तरण गरिएको थियोे । निर्वाचन समितिको सदस्य हरुमा सोमनथा उप्रेती र भवानी लुईटेल रहनु भएको थियो ।
पद ग्रहण गर्दै नवनिर्वाचित समितिका अध्यक्ष मिश्रले समितिको तर्फबाट स्विकारोक्ती मन्तव्य राख्दै संस्थाको हितको लागि संस्थाका सदस्यहरुको सर्वसम्मतमा योजनाहरु बनाई अगाडि बढ्दैजाने प्रतिबद्धता जनाउनु भयो । उहाले संस्थाले स्थानीय सरकार , संघसंस्था साथै समाजिक ब्यक्तित्वहरुसंग सहकार्य गरेर अगाडि बढ्ने पनि बताउनु भयो ।
पद हस्तान्तरण कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले चालू आर्थिक वर्षमा प्रदेश सरकारबाट बिद्धुतिय शवदाह निर्माण गर्नका लागि रकम विनियोजन गरि ठेक्का समेत लागि सकेको हुदा स्थानीय सरकारबाट पनि आफ्नो जिम्मेवारी अनुसार जति सक्दो चाडो आधार तयार गरेर काम अगाडी बढाउने प्रतिवद्वता जनाउनुभयो ।
नगर प्रमुख पोखरेलले संगै रहेका कनकाई घाट तथा कनकाई धार्मिक संस्था एकै भएर अगाडी बढे विकास निर्माण देखि हरेक कुरामा सहजता हुने समेत बताउनु भएको थियोे ।
कार्यक्रममा कनकाई नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, घाटका संस्थापक अध्यक्ष प्रभाकर कडरिया
कनकाई धार्मिक संस्थाका वरिष्ठ उपाध्यक्ष निर्मल कुमार खतिवडा , संस्थापक सचीव मदनकुमार सुब्बा , मारवाडी सेवा समावका सुरेश कुमार अग्रवाल ९ भद्रपुरे० , संस्थापक सहसचिव युवाराज संङ्ग्रौला , सबै पाटीको प्रतिनिधित्व गर्दै नेपाली काग्रेसका नगर सभापति दुर्गा प्रसाईं लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
कार्यक्रममा वडा न ४ का अध्यक्ष रोषन सुवेदी , कनकाई ३ का वडा सदस्य अनिल गोयल, एमाले नगर अध्यक्ष गोकर्ण ओझा , माओवादी नगर अध्यक्ष यामनाथ सेडाई , संस्थाका सल्लाहकार डा।पुण्य प्रसाद पौडेल , नगर अस्पतालका अध्यक्ष रविन्द्र लम्साल लगायतको आतिथ्यता रहेकोे थियोे ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत नवनिर्वाचित समितिका वरिष्ठ उपाध्यक्ष डिल्लीराम मैनालीले गर्नु भएको थियो भने दोस्रो चरणको कार्यक्रमको सन्चालन निर्वाचन समितीका सदस्य सोमनाथ उप्रेतीले गर्नुभएको थियोे ।