
कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ५ बेनुबाजा अंग्रेजी माध्यमिक विद्यालयले विविध कार्यक्रमका विच आफ्नो २४ औ बार्षिकत्सव मनाएको छ ।

विद्यालयले आफ्नो बार्षिकत्सवको अवशरमा विद्यार्थीहरुको नृत्य, गायन, नाटक र विज्ञान र प्रायोगात्मक विज्ञानको प्रदर्शनी प्रस्तुत गरेका थिए । उनीहरुले कृषि प्रयोगात्मक रुपमा आलुखेती लगाउँदै आएका थिए । सोही आलुलाई विद्यालयले खरिद गरिदिएपछि अभिभावक दिवशमा खाजाकै रुपमा समेत प्रयोग गरिएको थियो । विद्यार्थीहरुले रासायनिक मल प्रयोग गरेर, नगरीकन र प्राङ्गारीक मलको प्रयोगबाट खेती लगाएकोमा विना मल आलुरोप्दा कम मात्रमा फलेको भन्दै माटोको उर्वरा शक्ति सकिदै गएको निष्कर्ष निकालेका थिए ।
कार्यक्रममा अभिभावकहरुले संगिनी नृत्य प्रस्तुत गरेका थिए भने विद्यार्थीहरुले केलाङ नृत्य, कराते प्रस्तुति र स्क्राउटको मार्चपार्स समेत गरेका थिए ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नगरप्रमुख पोखरेलले बोल्दै कनकाईमा पछिल्लो समय निजि र सामुदायिक दुबै स्कुलमा विद्यार्थीको आकर्षण बढेको बताउँदै कनकाई नगर शिक्षाको हव बन्दै गइरहेकोमा खुसी व्यक्त गर्नुभयो । सरकारले सबै नागरिकलाई निशुल्क शिक्षाको प्रबन्ध गर्नुपर्ने हो त्यो अहिले सम्भव छैन हामीले निजि र सरकारी दुबै तर्फबाट शिक्षाको जिम्बेवारी वहन गर्नुपरिहेको छ नगरप्रमुख पोखरेलले भन्नुभयो । निजि विद्यालयहरुले शिक्षाको साथमा व्यावहारिक शिक्षामा जोड दिनुपर्नेमा नगरप्रमुख पोखरेलको जोड थियो ।
यता कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटीले विद्यार्थीको शिक्षा र चौतर्फी विकाशका लागि घरकी आमाको सबैभन्दा धेरै भुमिका रहने बताउँनुभयो । विद्यार्थी ८ घण्टामात्रै विद्यालयमा रहने हो बाकी समय घरमै रहनेहुदा आमाको भुमिका धेरै हुन्छ शिवाकोटीले भन्नुभयो । नगरका विद्यार्थीको वृद्धिविकासमा नगरले समेत मद्धत गरिरहेको शिवाकोटीले बताउँनुभयो । हामीले प्रत्येक स्कुलमा स्काउटको तालिम गराउदै आएका छौ अन्य तालिमपनि दिदैछौ नगरउपप्रमुख शिवाकोटीले बताउँनुभयो ।
कार्यक्रममा बोल्दै बेनुबाजा अंग्रेजी स्कुलका पिन्सिपल बिनोद सुब्बाले विद्यालयले किताबी ज्ञानको साथमा धर्म सस्कृति, कलाको प्रवद्धन र विद्यार्थीलाई व्यावहारिक शिक्षामा स्कुलको ध्यान केन्द्रित गरिरहेको बताउँनुभयो । हामीले गरेका प्रयासलाई विद्यार्थी र समाजले समेत सहयोग गरिरहेकोले हामी हौसिएका छौ यसलाई निरन्तता दिदै जाने छौ सुब्बाले भन्नुभयो ।
कार्यक्रममा प्याब्सन कनकाईका अध्यक्ष बिनोद उप्रेती लगायातले कार्यक्रम सफलताको सुभकामना दिनुहुदै बेनुबाजा स्कुलको हरेक क्रियाकलापलाई अन्य स्कुलहरुले समेत अनुकरण गरिरहेको बताउँनुभयो ।
कार्यक्रम विद्यालयका अध्यक्ष प्रेमप्रसाद बिमलीको सभापतित्व तथा शिक्षक विष्णुभक्त दंगालले सञ्चालन गर्नुभएको थियो ।
