Kanakai Online

ग्लोबल स्काउट दलको दिक्षान्त


बुधवार, पौष १७, २०८१ |

कनकाई अनलाईन
कनकाई नगरपालिका ३ स्थित ग्लोबल एकाडेमीमा गत मङ्गलवार दिन स्काउट दलको पहिलो दिक्षान्त समारोह सम्पन्न भएको छ ।


कार्यक्रममा विद्यालयको प्रिन्सिपल विमान लामा तामाङ्गको अध्यक्षता, नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक एवंम केशी प्रदेश परिषद सदस्य नारायण श्रेष्ठको प्रमुख अतिथि, कनकाई माध्यमिक विद्यालयका स्काउटर राधा केसी र जानकी आधारभूत विद्यालयका स्काउटर अरुण नेपालको विशिष्ट अतिथ्यता रहेको थियो ।


कार्यक्रममा ११ देखि १५ वर्षका जम्मा ६० जना विद्यार्थीहरू दीक्षित भएका छन् । जसमा छात्रतर्फ २६ र छात्रातर्फ ३४ रहेको छ । कार्यक्रम ग्लोबल एडुकेयरका स्काउटर गोमा तिम्सिनाले सञ्चालन गरेका थिए भने अतिथिहरूलाई स्वागत तथा कार्यक्रमको औचित्य विद्यालयको प्रिन्सिपल तथा यस कार्यक्रमको अध्यक्ष विमान लामा तामाङले गरेका थिए ।
कार्यक्रममा दीक्षित हुने छात्र विद्यार्थीहरूलाई सदस्यता ब्याज यसै विद्यालयका स्काउटर दिवस विश्वकर्मा एवंम छात्रा विद्यार्थीहरूलाई गोमा तिम्सिनाले प्रदान गर्नु भएक थियो । सम्पूर्ण दिक्षित हुने विद्यार्थीहरूलाई स्काफ भने यस विद्यालयको प्रिन्सिपल तथा कार्यक्रमको अध्यक्ष विमान लामा तामाङले प्रदान गरेका थिए । विद्यालयले पढाइको साथ साथै विद्यार्थीहरूको चौतर्फी विकासको निमित्त अतिरिक्त क्रियाकलापहरूमा समेत ध्यान दिने गरेको पाइएको छ ।

सम्बन्धित खबर