
कनकाई अनलाईन
झापाको कनकाई शिवसताक्षी नगरपालिका १० दोमुखास्थित कनकाई नदिमा पौडी खेल्न गएका २ युवा वेपक्ता बनेकोमा एकको शव फेला परेको छ । बनेका छन ।

सोमवार दिउसो २ बजेतिर कनकाई माई खोलामा पौडी खेल्न पसेका ४ युवा मध्ये २ वेपक्ता बनेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्णचन्द्र चन्दले बताउँनुभयो । प्रहरीका अनुसार वेपक्ता हुनेमध्ये भद्रपुर नगरपालिका ५ बस्ने बर्ष १५ फिरोज शेखको शव हराएको स्थानभन्दा केहि मिटर तल भेटिएको र अर्का सोही स्थान बस्ने बर्ष १५ कै प्रदिप राई अफै फेला नपरेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । मृतक र हराईरहेका दुबैजना भद्रपुर माध्यमिक विद्यालयका विद्यार्थीहरु हुन । उनीहरु स्कुलबाटै पौडी खेल्नका लागि दोमुखा आएका थिए ।
अत्याधिक गर्मीका कारण आइतवार दिउँसो २ बजेदेखि दोमुखाको ड्याममा पौडी खेल्न ४ साथीहरु पसेकोमा दुईजना एकसाथ खोलाको पानीले बगाएर बेपत्ता भएको स्थानीय कुमार फुयलले जानकारी दिनुभयो ।
‘पौडी खेल्न चारजना पसेका थिए । दुई जना निस्कन सफल भए भने अन्य दुईजना निस्कन सफल भएनन फुयलले भन्नुभयो । दुवै किशोर भद्रपुर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् । उनीहरूको खोजीका लागि स्थानीयवासी, प्रहरी र आफन्त बेपत्ता भएको स्थान दोमुखामै रहेका छन भने जिल्लास्थित विपतको टोली सहित जनपद, सशस्त्रको टोलीले खोजी कार्यजारी राखेको छ ।
उनीहरु साथीको जन्मदिन मनाउन र गर्मी छल्न भद्रपुरबाट दोमुखा आएको बुझिएको छ ।


