शरणामती,असोज १०।झापाको झापा गाउँपालिका-५ स्थित पन्थापाडाका एक २४ वर्षीय युवा आफ्नै घरमा झुन्डिएको अबस्थामा मृत फेला परेका छन।प्रहरीका अनुसार खगेन्द्र राजबंशी मृत फेला परेका हुन।
रातको समयमा मृतक राजबंसीले आफ्नो घरको छानोमा रहेको बाँसमा तौलीया बाँधेर झुण्डिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।


