- नविन गौतम ।
पुरानो संस्कृतिको जर्गेना पुस्ता हस्तान्तरण तथा नागरिक सचेतनाका लागि यहाँस्थित सुरुङ्गा सहकार्य युवा क्लवले विगतका ५ वर्षदेखि नियमित गाईजात्राको कार्यक्रम गर्दै आइरहेको छ ।

सामान्य त गाईजात्रा भन्ने वितिक्कै नेवारी समुदायका मानिसले निकाल्ने गरेको पाइएको छ तर यस युवा क्लवले भने विगतका वर्षहरुमार्झै यस वर्षपनि गाइजात्रा निकालेको छ ।

जात्रामा क्लवमा आवद्ध रहने करिव ५० जना कलाकारहरुले विभिन्न भगवान शिव पावर्ती नारद देखि लिएर रोपाहार , बाउसे , हली , तेस्रो लिङगी , जडिया , ड्रस एडिक लगायातको भुमिकामा बजार परिक्रमा गरी मानिसलाई मनोरन्जन तथा शिक्षा दिने गरेका छन ।
उनीहरुले टोलैपिच्छेका समस्याअनुसार छोटो नाटक तथा प्रहशन समेत दिदैँ आएका छन । क्लवका संस्थापक अध्यक्ष जविन तिम्सिना संस्कृतिको जर्गेनाका साथै समाजमा भित्रिर्दै गरेको विकृतिलाई हटाउनका लागि क्लवको आयोजनामा हरेक वर्ष गाइजात्राको कार्यक्रम गरिर्दै आएको वताउँनुभयो ।
यस जात्रामा अरुले झैँ सहयोग नउठाइने तर खुसीले कसैले नगद सहयोग गरेमा सो रकम युवाकै नेतृत्व तथा शिप विकासमा खर्च गरिने युवा क्लवका अध्यक्ष टिकाराम भण्डारी सुदिपले वताउँनुभयो ।
क्लवले आफनै पहलमा सुरुङ्गा बजारमा तालिम हल सहितको संस्थाको भवन समेत निर्माण गरेको छ जहाँ युवाले नियमित जसो तालिम र अन्तरक्रिया चलाउने गरेका छन ।

यस जात्रामा अरुले झैँ सहयोग नउठाइने तर खुसीले कसैले नगद सहयोग गरेमा सो रकम युवाकै नेतृत्व तथा शिप विकासमा खर्च गरिने युवा क्लवका अध्यक्ष टिकाराम भण्डारी सुदिपले वताउँनुभयो ।


