नविन गौतम
झापाको सुरुङ्गामा गाईजात्रा कार्यक्रम सम्पन्न भएको छ । ऐतिहासिक सामाजिक संस्कृति जर्गेना गर्ने हेतुले सुरुङ्गा सहकार्य युवा क्लबको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । सुरुङ्गा बजार परिसरमा बिभिन्न पात्रको भूमिकामा रहेर क्लबका सदस्यहरुले अभिनय गर्दै गाईजात्रा गरेका हुन ।
उपत्यका बाहिर कमै मात्र देख्न पाईने गाईजात्रा, सुरुङ्गामा पृथक ढङ्गले मनाइएको क्लबका निबर्तमान अध्यक्ष राजकुमार कट्टेलले बताउनु भयो शिवपार्वती, गणेश, नारद, हनुमान, तेस्रो लिङ्गी जस्ता अन्य थुप्रै रोचक रुपमा देखिएका पात्रहरुले अभिनय गर्दै गाईजात्रा सम्पन्न गरेका हुन् ।
करिब एक दशक अघि दुई पटक सम्पन्न गरिएको गाईजात्रालाई पुनःनिरन्तर्ता दिइएको क्लबका संस्थापक अध्यक्ष प्रविन तिम्सिनाले बताएका छन् । स्थानियहरुबाट गाईजात्रा कै क्रममा क्लबले आर्थिक संकलन समेत गरेको थियो । क्लबका अध्यक्ष टिकाराम भण्डारीको अध्यक्षता रहेको कार्यक्रमको संचालन संस्थापक सचिव कमल कट्टेलले गरेका थिए।


