कनकाई अनलाईन
१६ चैत, काठमाडौं । नेपाली राष्ट्रिय टिमका डिफेन्डर विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । घरेलु मैदानमा भएको थ्री नेसन्स कप फुटबलको फाइनलपछि विराजले सन्यास लिएका हुन् । ३१ वर्षीय विराजले यो प्रतियोगितापछि सन्यास लिने यसअघि नै बताइसकेका थिए ।
उनी त्रिदेव गुरुङको स्थानमा ८९ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । नेपाल र बंगलादेशबीचको खेल सकिएपछि विराजलाई राष्ट्रिय टिमका अरु सदस्यले काँधमा बोकेर दशरथ रंगशाला परिक्रमा गराएका थिए । विराजलाई दशरथ रंगशालामा प्रधानमन्त्री केपी शर्मा ओलीले ब्लेजर लगाइदिए ।
थ्री नेसन्स कप खेल्ने नेपाली टोलीमा पर्दै करिब २१ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका विराजले फाइनलमा बंगलादेश विरुद्ध खेल्दै अन्तर्राष्ट्रिय करिअरबाट विश्राम लिएका हुन् ।
सन् २००८ मा पोखरामा भएको पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलबाट नेपालको लागि डेब्यु गरेका विराजले ७३ क्याप जिते । नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान बनाएका उनले १८ खेलमा नेपालको कप्तानी समेत गरेका थिए ।
विराजले घरेलु मैदानमा खेल्दै सन्यास लिनेबारे अखिल नेपाल फुटबल संघ ९एन्फा० लाई जानकारी गराइसकेका थिए ।
अन्तर्राष्ट्रिय फुटबलमा उपाधि जितेको हिसाबले विराजलाई सफल कप्तानको रूपमा लिइन्छ । उनकै कप्तानीमा नेपालले बंगबन्धु गोल्डकप र १२औं साग फुटबल जितेको थियो । यस्तै एएफसी सोलिडारिटी कपमा अनिल गुरुङ कप्तान भए पनि अधिकांश समय विराजले नै आर्मब्याण्ड लगाएर नेतृत्व गरेका थिए । सोलिडारिटी कपमा पनि नेपाल च्याम्पियन बनेको थियो ।
नेपाली टिमको निवर्तमान कप्तान रहेका विराजले थ्री नेसन्स कपमा भने गोलकिपर किरण चेम्जोङको कप्तानीमा खेले । यसअघि विराज नै कप्तान रहेको बेला उनी टिममा नपर्दा नेपालको कप्तानी किरणले नै गर्दै आएका थिए । किरणको अनुपस्थितिमा भरत खवास र सुजल श्रेष्ठले पनि नेपालको कप्तानी गरे ।
थ्री नेसन्स कपमा भने विराजले पुनरागमन गरे पनि किरण नै घोषित कप्तान थिए । पछिल्लो पटक सन् २०१९ जून २ मा मलेशियाविरुद्ध मैत्रीपूर्ण खेल खेलेका विराज त्यसयता टिममा पर्न असफल भए । विशेषगरी सब्डिस प्रशिक्षक योहान कालिनको प्रशिक्षणमा नेपालले विश्वकप छनोटको पाँच खेल खेल्दा विराज टिममा पर्न सकेनन् ।
यसअघि नै विराजले घरेलु मैदानमा खेल्दै सुखद बिदाइको अपेक्षा गरे पनि अवसर मिलेको थिएन । विश्वकप छनोटमा नेपालले घरेलु मैदानमा चार खेल खेल्न पाउने प्रावधान थियो । तर समयमै दशरथ रंगशाला तयार नहुँदा नेपालले पहिले अवे खेल खेल्नुपर्यो ।
गत वर्ष नेपालले कुवेतसँग घरेलु मैदान दशरथ रंगशालमा खेल्ने लगभग पक्का रहेको अवस्थामा अन्तिम समयमा भूटानमा सरेको थियो । त्यस खेलमा पनि विराजले खेल्ने अपेक्षा राखेका थिए । तर खेल भूटान सर्यो, विराज टिममा परेनन् ।
कोरोना महामारीले गर्दा स्वीडेन फर्केका कालिनले प्रशिक्षकबाट राजीनामा दिएपछि बालगोपाल महर्जन नेपालको कार्यकारी मुख्य प्रशिक्षक बने । त्यसपछि नेपालले नोभेम्बरमा बंगलादेश गएर दुई मैत्रीपूर्ण खेल खेल्यो । त्यसपटक पनि विराज टिममा पर्न असफल भए ।
बालगोपालले विश्वकप छनोटअन्तर्गत बाँकी तीन खेलका लागि ५८ खेलाडीलाई पहिलो चरणमा प्रशिक्षणमा बोलाउँदा विराज पनि समावेश भए । महर्जनले विभिन्न चरणमा खेलाडी घटाउँदै ३३ जनासम्म ल्याउँदा विराज पनि टिममै रहे । त्यही ३३ जनाबाट थ्री नेसन्स कपका लागि २३ सदस्यीय टोली घोषणा गर्दा विराज उक्त टिममा परे ।
विराजले घरेलु मैदानमा खेल्दै सन्यास लिनेबारे अखिल नेपाल फुटबल संघ ९एन्फा०लाई जानकारी गराइसकेका थिए । नेपालमै हुने तय भएको विश्वकप छनोटअन्तर्गत अष्ट्रेलिया र चाइनिज ताइपेई विरुद्धको खेल स्थगित हुँदै सेन्ट्रलाइज्ड भेन्युमा सरेपछि नेपालमा कहिले खेल हुने टुङ्गो थिएन । यस्तोमा एन्फाले बंगलादेश र किर्गिस्तानको यू–२३ टोली समावेश थ्री नेसन्स कप आयोजना गरेको हो ।
‘घरेलु मैदानमा यसपछि कहिले प्रतियोगिता हुने हो टुङ्गो छैन । त्यसैले यो प्रतियोगिता नै मेरा लागि सन्यासको सही अवसर हो,’ विराजले थ्री नेसन्स कप शुरु हुनुअघि नै सन्यासबारे अनलाइनखबरसँग भनेका थिए ।
शुरुआती दुई खेल बेन्चमै बसेर हेरेका विराजले फाइनल खेल भने घरेलु मैदानमा फेरि एकपटक आफ्ना प्रिय दर्शकसामु खेले । अनि आफ्ना दर्शकअघि उभिएर उनले ‘अब अन्तर्राष्ट्रिय फुटबल नखेल्ने’ भन्ने घोषणा गरे ।
घरेलु मैदान र घरेलु दर्शकको अघि सन्यास लिन पाउनु खेलाडीका लागि विशेष हुन्छ । यसअघि सन् २०१७ मा अनिल गुरुङले पनि एन्फा कम्प्लेक्समा घरेलु दर्शक अघि सन्यास घोषणा गरेका थिए ।
शुरुआती दुई खेल बेन्चमै बसेर हेरेका विराजले फाइनल खेल भने घरेलु मैदानमा फेरि एकपटक आफ्ना प्रिय दर्शकसामु नै खेले । अनि आफ्ना दर्शकअघि उभिएर उनले ‘अब अन्तर्राष्ट्रिय फुटबल नखेल्ने’ भन्ने घोषणा गरे ।
विराजसँगै १३ वर्षअघि राष्ट्रिय टिममा डेब्यु गरेका फरवार्ड भरत खवास पनि राष्ट्रिय टिममा छन् । भरत विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान छन् ।
राष्ट्रिय टिममा सफल कप्तानको छवि बनाएका विराज घरेलु फुटबलमा पनि सफल खेलाडी मानिन्छन् । उनले तीन फरक क्लबबाट शहीद स्मारक ए डिभिजन लिग जितेका छन् र यस्तो उपलब्धि पाउने उनी एक्ला खेलाडी हुन् ।
सन् २०१८ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा विराजले राजुकाजी शाक्यको ६८ खेलको कीर्तिमान तोड्दै नेपालका लागि धेरै खेल्ने कीर्तिमान बनाएका थिए ।
विराजले नेपालको राष्ट्रिय टिमका लागि एक गोल पनि गरेका छन् । सन् २००९ मा दशरथ रंगशालामा भएको एएफसी च्यालेन्ज कप छनोटमा विराजले किर्गिस्तान विरुद्ध खेलको दोस्रो मिनेटमै गोल गरेका थिए । ८६औं मिनेटमा किर्गिस्तानले पेनाल्टीमार्फत बराबरी गोल फर्काएको थियो ।
विराजले घरेलु फुटबलमा थ्री स्टार, मनाङ मर्स्याङ्दी र मच्छिन्द्र क्लबबाट शहीद स्मारक ए डिभिजन लिगको उपाधि जितेका छन् ।
२०५७ सालमा एन्फा एकेडेमीमा जोडिएका विराज त्यसयता विभिन्न उमेर समूह हुँदै राष्ट्रिय टिमसम्म पुगे । उनले तीन क्लबबाट लिग जित्नुअघि संकटा र एनआरटी क्लबबाट पनि खेले ।
एन्फा एकेडेमीमा पुगेपछि नै फुटबलमा पोजिसनबारे जानकारी पाएका विराज ब्राजिलियन खेलाडी रोबर्टो कार्लोसलाई देखेर डिफेन्डर बनेका थिए । २०६३ सालमा संकटा क्लबबाट व्यावसायिक फुटबल खेल्न थालेका विराज अर्को वर्ष एनआरटी पुगे र त्यही वर्ष नै राष्ट्रिय टिममा परेका थिए ।
विराजले अझै खेल्ने मन भए पनि उमेरले गर्दा अब नयाँ खेलाडीलाई छाड्ने बेला आएकाले सन्यास लिने मूडमा पुगेको बताए । ‘मन त थिएन अझै पनि केही कन्ट्रिब्युसन गर्न मन थियो । तर पनि सधैं आफूले भने जस्तो हुँदैन । कहिलेकाहीं एज फ्याक्टरले पनि धेरै फरक पार्ने रहेछ फुटबलमा’ विराजले थ्री नेसन्स कपको पूर्व सन्ध्यामा भनेका थिए, ‘म पछि धेरै युवा खेलाडी मेरो पोजिसनमा खेल्न आउनुभा’छ । हामी सिनियर खेलाडीले उहाँहरूलाई अवसर दिनुपर्छ ।’
विराजले घरेलु फुटबलमा थ्री स्टार, मनाङ मर्स्याङ्दी र मच्छिन्द्र क्लबबाट शहीद स्मारक ए डिभिजन लिगको उपाधि जितेका छन् ।
उनले आफ्नै ‘होम ग्राउण्ड’मा सन्यास लिने हरेक खेलाडीको चाहना हुने बताउँदै भने, ‘मेरो मनले भन्यो यो नै बेस्ट हो र मैले सन्यास लिने निर्णय गरें ।’
विराजले फुटबलरले अनुशासनमा बसेर मैदानभित्र र बाहिर ध्यान दिनुपर्ने बताए । नेपाली फुटबल अझै माथि बढेको र दर्शक खुसी भएको हेर्ने विराजको अबको इच्छा छ ।
विराज महर्जन
वर्ष स् ३१
राष्ट्रिय टिममा खेल स् ७३
कप्तानी गरेको खेल स् १८
राष्ट्रिय टिममा डेब्यु स् सन् २००८ मा पाकिस्तान, पोखरा
नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी
अन्तर्राष्ट्रिय उपाधि
बंगबन्धु कप स् सन् २०१६
१२औं साग स् सन् २०१६
सोलिडारिटी कप स् सन् २०१६
राष्ट्रिय उपाधि
शहीद स्मारक ए डिभिजन लिग ९थ्री स्टार, मनाङ मर्स्याङ्दी र मच्छिन्द्र क्लब०