कनकाई अनलाईन
पशुपतिनगर९इलाम० चैत १२ गते । इलामको माई नगरपालिका १० का दुर्गाप्रसाद तिम्सिना ९दीपक०ले नागरिकताको प्रमाणपत्र पाउनुभएको छ ।
४० वर्ष भारतको कोलकातामा जेल जीवन भोगेर केही दिन अघि माई नगरपालिका १० मा रहेको घर आइपुग्नुभएका दुर्गाप्रसाद तिम्सिना ९दीपक०ले आज जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकताको प्रमाणपत्र लिनुभएको हो । उहाँको नागरिकता नम्बर ०३(०७(३२५१ हो । । इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले उहाँलाई नागरिकताको प्रमाणपत्र दिनुभएको हो । नागरिकता पाएपछि तिम्सिनाले आफूलाई खुशी लागेको बताउनुभयो । २०१७ साल साउन २० गते जन्मनु भएका तिम्सिनाको जन्म दर्ता, नागरिक्ता अहिलेसम्म थिएन । तिम्सिनाको उपचार लगायत अन्य प्रक्रियाका लागि नागरिक्ता आवश्यक पर्ने भएपछि जिल्ला प्रशासन कार्यालय इलामको समन्वयमा नागरिकता बनाइएको हो ।
माई नगरपालिका १० नम्बर वडा कार्यालयबाट हिजो ९बुधबार०नै दुर्गा प्रसादको नागरिक्ता बनाउनका लागि आवश्यक कागजपत्र तयार पारिएको थियो ।
जन्म दर्ता समेत नभएका तिम्सिनाको वडा कार्यलयमा विवरण राखी तीन जनाको नाता प्रमाणित र नागरिक्ताका लागि सिफारिस पत्र तयार पारिएको दुर्गाप्रसादका भतिज गोपाल तिम्सिनाले जानकारी दिन भयो । भाइ प्रकाशचन्द्र शर्मा , भतिज गोपाल तिम्सिना र दुर्गा तिम्सिनाको नाता प्रमाणित गरिएको वडा कार्यालयले जनाएको छ । भारतमा जेल बस्दा दीपक जैसी नामले चिनिए पनि उहाँको नागरिक्ता दुर्गाप्रसाद तिम्सिनाकै नामबाट बनाइएको हो ।
के छ त दुर्गा प्रसादको अवस्था रु
केहि दिन अघि जेल मुक्त भई घर आउनु भएका दुर्गाप्रसाद बिस्तारै घरपरिवार , आफन्तसँग घुलमिल हुन थाल्नुभएको छ ।
घर आउँदा टोलाएर मात्र बस्ने तिम्सिना बिस्तारै बोल्ने, खुलेर आफना कुरा भन्ने जस्ता कार्य गर्न थाल्नुभएको छ । भतिज गोपालका अनुसार उहाको धेरै समय गीत गाएर बित्छ । गोपाल भन्नु हुन्छ ‘ठूलो बुवाले गीत गाएको सुन्दा मलाई नै रुन मन लाग्छ ।’ ‘बिरत्तिएका गीत मात्र गाउनुहुन्छ ’ गोपाले भन्नुभयो ।
दुर्गाप्रसादले आफुलाई पेट दुख्ने, टाउको दुख्ने ,आँखा दुख्ने , ढाड दुख्ने र दिमागमा समेत समस्या रहेको बताउनुभएको भतिज गोपालले जानकारी दिनुभयो ।
सानै उमेरमा भारतको दार्जिलिङ गएपछि सन १९८१ मा हत्या अभियोगमा उहाँ दार्जिलिङ जेल पर्नुभएको थियो । त्यसपछि २००५ मा दार्जिलिङबाट अलिपुरद्वार जेल हुँदै कोलकाता जेल लगिएको थियो ।
दीपक जैसी नामले चिनिने तिम्सिना कोलकातास्थित दमदम सेन्ट्रल जेलमा ४० वर्ष बस्नुभएको थियो । उहा केही दिन घि जेलबाट छुटेर घर आउनुभएको छ ।
इलामको एकतप्पाबाट २०३७ सालको अन्तिमतिर कामको खोजीमा दीपक दार्जिलिङ जानुभएको थियो । सामान्य लेखपढ भएका दीपक घरायसी गर्जो टार्नका लागि कामको खोजीमा त्यहाँ पुग्नुभएको परिवारको दावी छ ।
सन १९८० मे ११ मा दुर्गाप्रसादविरुद्ध दार्जिलिङ पुलिस कार्यालयमा जाहेरी दर्ता भएको थियो । दार्जिलिङका नैने घले नाम गरेका व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेको अरोपमा जाहेरी दिएपछि भारतीय प्रहरीले उहालाई पक्राउ गरेको थियो । २०६९ सालमा ‘दीपक जैसी तिम्सिना’ले पठाएको पत्र घरमा आएको थियो । उक्त चिठीको व्यहोराअनुसार खोजतलास प्रक्रिया शुरु भएको थियो ।