गजल

धर्तीकाखमा तारासरी देखिन्छन यी फूलहरु।
पिडाबोधमा झाडीभित्र छेकिन्छन यी फूलहरु।
के अर्थ र दुईदिने बेली अनि चमेलीको ?
झरेपछी मान्छेबाटै टेकिन्छन यी फूलहरु।
विचरा ती अत्ति प्यारा मन्दिरसम्म मात्र हुन्छन्,
चढाएपछी डङ्गुरभित्र भेटिन्छ्न यी फूलहरु ।
दैव निष्ठुर कठैबरा एउटा मास काटेपछी,
कहिल्यै नपाउलिने गरि मेटिन्छन यी फूलहरु ।
वास्ना छदा मात्र न हो ती फूल अनि यो जीवन,
छुटे वास्ना कुन इतिहासमा लेखिन्छन यी फूलहरु ।
-जीवन अनमोल कनकाई,झापा


