लेखक-उदय मैनाली
धर्मलाई राज्य संचालनको मुख्य साधनको रुपमा प्रयोग गरिने परम्परा राज्यहरुको विकास सँगै श्री गणेश भएको पाइन्छ । सबैभन्दा प्राचिन धर्मग्रन्थ मानिएको ऋग्वेद मा पनि राजा, राज्य, र धार्मिक आदेशको आधारमा राज्य संचालनको परिकल्पना गरिएको थियो । यसरी हेर्दा धर्म र राज्य सँगसँगै विकसित हुँदै आएका विषयहरु हुन भन्न सकिन्छ । त्यस्तै मध्यपुर्व एसियामा पनि यहुदिहरुको पुरानो धार्मिक विचारको आधारमा राज्य सांचालित थिए भने बाइबलका प्रणेता जिसस क्राइष्टले नयाँ धार्मिक विश्वासको व्याख्या गर्दा यिनै यहुदिहरुको प्रभावमा परि क्रुुसमा झुण्ड्याइएका थिए । किनकी यहुदिहरु आफ्नो इश्वरिय दुत मुसालाई मान्दथे तर येशुले आफुलाई इश्वरिय दुत बताए पछि उनिहरु छुद्र भएका थिए ।
त्यस्तै पैगम्बर मोहम्मदको उदय पछि कुरानको शरियातको आधारमा पनि धेरै मुलुकमा राज्य संचालन गरिए । हालसम्म पनि कतिपय मुस्लिम राज्यहरुमा कुरान शरियात बमोजिम कानून बनाउने चलन कायम नै छ । पश्चिमी विश्वामा विशेष गरेर युरोपमा क्रिश्चियन धर्म अवलम्बन गरे पछि बाइबलको आदेशानुसार नियम कानून बनाउने तथा राज्य र चर्च समानान्तर रुपमा मुलुकमा राज्य संचालन गर्ने गर्थे ।
आधुनिक युगमा संसार प्रवेश गरे सँगै मानिसहरुमा बढेको राजनीतिक चेतना तथा वैज्ञानिक आविष्कारले गर्दा जनाधिकार, मानव अधिकार, प्रजातन्त्रमाथि बढाएको जनचासोले राज्य र चर्चबिचको सम्बन्ध अलग्याउने काम गर्यो । रसियामा भने सन् १९१७ को अक्टोबर क्रान्ति पछि मात्र राज्य संंचालनबाट चर्च अलग भएको थियो । यसरी नयाँ युगको आगमन भएतापनि अहिले पनि पश्चिमी विश्वमा आस्तिक मानिसको संख्या ठुलो रुपमा रहेको छ ।
पूर्वीय दर्शनको वैदिक नियम अनुसार मानिसको वर्गिकरण उसको गुण, ज्ञान तथा योग्यताको आधारमा गरिने विभिन्न धार्मिक ग्रन्थमा उल्लेखीत पाइन्छ । तथापी सामन्तवादको प्रारम्भ सँगै समाजमा वर्ण व्यवस्था लागू भएको मनुस्मृतिमा उल्लेख गरेको पाइन्छ । मनुस्मृतिका अनुसार हिन्दु सामाजिक व्यवस्थामा वर्ण व्यवस्था सामन्ती सोचको उपज नै भएतापनि विशुद्ध पूर्वीय हिन्दु दर्शनले यसलाई तात्विक रुपमा स्विकारेको पाइँदैन । वर्ण व्यवस्था मानिसको आन्तरिक गुण दोष भन्दा पनि उसको बाह्य पेशागत स्वरुपको आधारमा वर्गिकृत गरिएको हुँदा मानिसले आफ्नो सिप अनुसार पेशा परिवर्तन गर्न सक्ने कुरा धार्मिक दर्शनले पनि मानेको छ । तर वर्ण व्यवस्थाको मुख्य समस्या भनेको जन्मजात कालो, गोरो, चिनियाँ भने जस्तै वंशगत वा जन्मजात नै मानिसलाई उच्चो र निच्चो भन्ने मान्यता नै हो । ब्राम्हण जाति जन्म कै आधारमा उच्च मानिनु चाहे उसले ब्राम्हण कर्म र धर्म पालना गरोस् वा नगरोस् , जुन गलत भएर आयो ।
वास्तवमा हिन्दु धर्मको वर्ण व्यवस्थाले देखाएको बाटो सामन्त वर्गको स्वाथए अनुरुप व्याख्या र विश्लेषण हुनु नै यसको दोष हो । जबकी धर्म कर्म र जात जातीको अवधारणा बिल्कुल वनै फरक विषय हुन । वर्ण व्यवस्थाले जातिगत अवधारणा र दर्शन बोक्दैन बरु यो लौकिक भन्दा अध्यात्मिक विषयले भरिएको छ । तर गलत मानिसको हातमा पर्दा यसको दुदर्शा भएको छ । त्यसकारण धर्म र सामाजिक व्यवस्थालाई एकै दर्जामा राख्न सकिदैन ।
वर्ण व्यवस्था नितान्त सामाजिक व्यवस्था हो जसलाई पूर्वीय समाजको व्यवस्थापन गर्न विकास गरिएको थियो । तर बिचमा आएर केही सभ्रान्त र सामन्त वर्गले आफ्नो अनुकुल यसको वर्णन र प्रयोग गर्दा हालको समस्या आएको हो । नेपालको सन्दर्भमा पनि अहिले त्यस्तै भइरहेको छ । धर्म निरपेक्षताको विरुद्ध केही पक्षका आवाजहरु उठ्न थालेका छन् । मनुवाद र ब्राम्हणवादले शिर उठाउन थालेको प्रोपा्गण्डा शुरु भइसकेको छ । हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने मागले आवश्यकता अनुसार आधुनिकीकरण हुँदै गएको समाजलाई आफ्नो धार्मिक दर्शन र आस्थाको आधारमा राज्यप्रणाली परिवर्तन गर्नुपर्छ भन्ने बहस कतिको व्यवहारिक छ समयले बताउला ।
धर्मलाई राजनीतिको मुल विषय बनाएर आफ्नो विचारलाई राजनीतिको मुलधारमा ल्याउने प्रयत्न र प्रयासहरु नेपालमा मात्र हैन भारतमा पनि देखिएको छ । ९६.६३ प्रतिशत हिन्दु जनसंख्या रहेको भारतमा १७ प्रतिशतको हाराहारीमा मुस्लिम समुदाय रहेका तथ्यांक छ । भारतको मुस्लिम जनसंख्या इन्डोनेसिया पछिको हो । भारतवर्षमा हिन्दुको बचस्र्व बढाउन भारतीय भाजपा सरकार लागेको छ भनेर विश्वमा चर्चा रहेको छ । तर भारतवर्ष र हिन्द चिन क्षेत्रमा फैलिएको इस्लामको आवादी हेर्ने हो भने धर्मान्तरण वा स्वेच्छाले यसको जनसंख्या तिव्र बढ्दो छ । यसको मतलब राजनीतिमा धर्मको प्रयोगले हाम्रो धार्मिक, सांष्कृतिक विरासत जोगिने हैन अझ कमजोर बन्दै जाने संकेत गरेको छ । किनकी इस्लामको बढ्दो आवादिले हामी मुख मात्र चलाउने र स्वार्थी प्रवृतिका प्राणी हौँ भन्ने जानकारी दिइसकेको छ ।
इस्लाम जगतमा जेहादको बढ्दो चकचकी सँगै अफगानस्तान, पाकिस्तान, चिनको केही भाग क्षेत्र, म्यानमार, इनडोनेसिया, फिलिपिन्स, थाइल्याण्ड र भारतमा समेत मुस्लिम उग्रवादले शिर ठाडो पारिरहँदा यहाँ हिन्दु धर्मका अनुयायीहरु धार्मिक राजनीतिको अनौठो स्वरुपमा आँफै आँफैमा बहस गरेर समय काट्न व्यस्त छन् । इस्लामको बढ्दो जनसंख्या सायद संसारको लागि समस्या नरहला तर जेहदी र उग्र इस्लामपन्थीको मारमा सर्वसाधारण मुस्लिम समुदाय पर्ने पक्का छ । त्यसको स्पष्ट उदाहरण भारतको काश्मिर राज्यको जेहादिहरु लाई हेरे पुग्छ । तसर्थ धर्म, राज्य र राजनीति एक अर्कामा सम्बन्धित भए पनि समपुरक र समानान्तर भने पक्कै होइनन् ।