कनकाई अनलाईन
एन प्याब्सन झापाको आधुनिक नृत्य प्रतियोगिता प्रतियोगितामा झापाको कनकाई नगरपालिका ७ दुर्गापुरमा रहेको फक्तालुङ एजुकेशन फाउण्डेशन जिल्ला प्रथम भएको छ ।
झापाको दमकमा सम्पन्न १३ औ बार्षिक खेलकुद तथा सास्कृतिक कार्यक्रममा जिल्ला स्तरीय प्रतियोगितामा आधुनिक नृत्यतर्फको बिधामा फक्तालुङ जिल्ला प्रथम भएको हो । उक्त प्रतियोगितामा झापाकै आदर्श विद्या मन्दिर धुलावारी दोस्रो र झापा मोडल अंग्रेजी विद्यालय दमक तेस्रो स्थान प्राप्त गर्न सफल बनेका हुन । बिजयी तथा उपबिजयी विद्यार्थीहरुलाई एनप्याब्सन नेपालका केन्द्रिय अध्यक्ष सुवास न्यौपाने, दमक नगरपालिकाका प्रमुख राम थापा लगायातले पुरस्कार प्रदान गर्नुभयो । यसैगरि नृत्य विधातर्फकै लोक नृत्य प्रतियोगितामा इष्ट होराइजन अंग्रेजी मावि प्रथम भएको छ भने दोस्रो झापा मोडल स्कुल दमक र तेस्रो स्थानमा स्वर्णिम शिक्षा सदन कचनकवल भएको छ । कार्यक्रम एनप्याब्सन झापाका कार्यवाहक अध्यक्ष ओमविक्रम नेम्बाङको सभापतित्वमा आयोजना गरिएको हो ।


