सर्बेश
“समय भन्दा बलबान केही छैन,समय ले कसैलाइ पर्खदैन”हामी सबैले बारम्बार सुन्दै आएको भनाइ हो यो।। हो समय ले कसैलाइ पर्खदैँन,यो निरन्तर अघि बढिनै रहन्छ,यदि कसैलाई समयले पर्खँदो हो त उ यति साह्रो बलवान् हुने पनि थिएन होला।।।हामी यसलाइ प्राकृतिक र मानविय सहजताको आधारमा विभिन्न खण्डमा बिभक्त गरि आफु चलिरहेका हुन्छौँ।
सेकेन्ड,मिनेट,घण्टा,दिन,सप्ताह,पक्ष,महिना,ऋतु,अयन,बर्ष,दशक,शताब्दी,सहस्राव्धी यी सबै समयकै मापक हुन।जसमध्ये केही मानविय सहजताका आधारमा बनेका छन भने केही प्राकृतिक नियमका आधारमा।।यो वर्ष बि.सं.२०७७ मा सौर्यमासको गणनापद्दती अनुसार अरुबेला जस्तै १२ बटै महिना रहेका छन भने चन्द्रमासको गणनापद्दती अनुसार १३बटा महिना परेको रहेछ।यसरी सुर्य र चन्द्र निरन्तर आफ्नै तवरले बिचरण गरिरहँदा केही प्राविधिक कारणले गर्दा चन्द्रमासमा एक महिना बढी भएको छ ।
यहि बढी भएको महिना लाई मलमास वा अधिकमास भन्ने गरिन्छ।।।के हो त अधिकमास? प्राकृतिक रूपमा पृथिवीको आफ्नै अक्षको घुमाइले दिन र रातको चक्र छ। सुर्यको वरिपरि पृथ्वीको परिक्रमाले बर्ष हुन्छ। सोही अक्षमा पृथ्बीको ढल्काइ ले ऋतुहरु हुन्छन्। त्यस्तै चन्द्रमाले पृथिवीको परिक्रमण गर्नाले पक्ष र महिना छन्।यी सबै चक्र जस्तै घुमिरहेका छन्। तर बारहरु भने मानिसले गणनाको सजिलोको लागि बनाएका हुन जस्को प्रकृति को यो चक्र सँग सम्बन्ध राख्दैन। हामीले प्रयोग गर्ने पात्रोमा बार,गते,महिना र बर्ष को भिन्न गतिहरुलाइ आधार लिएर समयलाइ बोध गर्न सहज बनाइएको हुन्छ।पृथिवीको आफ्नो अक्षको परिभ्रमण बाट दिन, चन्द्रमाको पृथ्वी वरिपरिको परिक्रमण बाट महिना र पृथ्वीले सुर्यको वरिपरि गर्ने घुमाइबाट बर्ष। यिनिहरुको period भने एक अर्काको सामान्य गुणन (simple multiple) छैनन्। वास्तवमा हाम्रो तिथी, महिना आदिको गोलमाल यहीँ बाट शुरु हुन्छ। एउटा महिना( चन्द्रमास, दुइ पक्ष को जोड, शुक्ल र कृष्ण) २९.५३ दिनको हुन्छ। १२ वटाचन्द्रमास ((lunar months)) को जोड ३५४ दिन हुन्छ। अर्थात तिथिहरुलाइ समयको आधार मान्दा ३५४ दिनको १ बर्ष हुन्छ। यदि पृथिवी ले सुर्यलाइ परिक्रमा गर्ने समयलाइ आधार मान्यो भने१२ वटा सौरमासको(Solar months) को जोड ३६५ दिन हुन्छ। यसरी सुर्य र पृथ्विको गतिको आधारमा ३६५दिनको १ बर्ष हुन्छ।यसरी सौरमास र चन्द्रमास को जोड बाट बर्षमा लगभग ११ दिनको को भिन्नता आउँछ। अब महिनाको नामहरु हेर्यो भनेचाही ३६५ दिनको १ बर्ष हुने सौरमास र ३५४ दिनको १ बर्ष हुने चन्द्रमास दुबैमा बैसाख, जेठ नै हुन्छ।अब कहिलेकाहीँ के हुन्छ, एक पुरा चन्द्रमास ((lunar month)) एउटा सौरमास ((solar month)) भित्र पर्छ अथवा एउटा महिनामा दुइवटा औँसी पर्छ, अझ भन्नु पर्दा सुर्यको सधैँ हुने १२ महिना भित्र चन्द्रमाको चाँहि १३ महिना हुन्छ। गतेलाइ आधार मान्दा १२ महिनाको १ बर्स अनि तिथि लाइ हेर्दा त्यहि भित्र १३ महिना हुन्छ। सुर्यको कारणले पृथ्वी मा ऋतुहरु हुने तथा दिन र रात हुने गर्दछ। त्यसैले चन्द्रमाको गति लाइ आधार लिएर गणना गर्दा एक महिना फाल्तु हुन्छ जसको ब्यवहार मा केहि काम छैन।। त्यही फाल्तु भएको बेकामे महिना लाइ अधिकमास या मलमास भनिएको हो।
लगभग ३२ महिनामा यो मास आउछ।। यसलाइ हाम्रो पुर्वीय दर्शन अन्तर्गतका शास्त्रहरुना अनेक कथाहरुसँग जोडेर व्यक्त गर्ने गरिन्छ।। यो १ महिनालाइ मान्छेले फाल्तु सम्झेर बेकारमा खेर फाल्छन् कि भनेर भगवान को भक्तिमा सो समय लागोस् भन्नका निमित्त यसलाई कथाका रुपमा व्यक्त गरिएको हो कि जस्तो लाग्छ ।
लेखक सर्बेश झापा निवासी हुनुहुन्छ।कुनै पनि लेखमा लेखकको सर्वाधिकार हुनाले उहाँको परिचय बिना अनुमती खुलाउन हामी बाध्य हुनेछैनौ।