लीलाराज झापाली
कृषकलाई समयमा रासायनिक मल दिन नसकेको भनी आलोचना भइरहेको बेला झापामा बुधवारदेखि रासायनिक मल युरिया बितरण सुरु गरिएको छ ।
मल बितरण गर्दै आइरहेको संस्था साल्ट ट्रेडिङ कर्पोरेशन बिर्तामोडले झापाका आफ्ना मातहतका ६८ वटा कृषि सहकारी मार्फत झापामा बुधबारदेखि रासायनिक मल युरिया बितरण थालिएको साल्ट ट्रेनिङ कर्पोरेशन बिर्तामोडका प्रमुख देवराज भट्टराईले बताउँनुभयो । हाल बिर्तामोडको गोदाममा ९ सय १५ बोरा मललाई प्रत्येक कृषि सहकारी ५० बोराका दरले बितरण गरिने अवका केहिदिन भित्रै थप २५ हजार बोरा युरिया मल आएपछि पुन वितरण गरिने भट्टराईले बताउँनुभयो ।
साल्ट ट्रेडिङले झापा सहित इलाम, पाचथर, ताप्लेजुङ र तेह्रथुमका धान तथा चिया खेती गर्ने कृषकलाई रासायनिक मल बितरण गर्दै आएको छ ।
वितरणको ३० प्रतिशत मल साल्ट ट्रेडिङ र बाकी ७० प्रतिशत मल कृषि सामाग्री संस्थानले बितरण गर्ने गरिएको भएपनि यस बर्षको रासायनिक मल कृषि सामाग्री संस्थानले बितरण नगर्ने कृषि सामाग्री संस्थान बिर्तामोडका प्रमुख चन्द्र चम्लगाईँले बताउँनुभयो । यस पटकका लागि कृषि सामाग्री संस्थानको मल समेत साल्ट ट्रेनिङलेनै कृषि सामाग्रीको सिफारिसका आधारमा बितरण गर्ने सहमति भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले बताउँनुभयो ।
सरकारद्धारा झापालाई धानको सुपरजोन घोषणा गरेपछि यहाँ सत प्रतिशत धान रोपाई भइसकेको कृषि ज्ञान केन्द्रका प्रमुख सिंहले बताउँनुभयो ।
८५ हजार ५०० हेक्टर क्षेत्रफलमा झापामा धान खेती लगाइएको र झापामा धान र चिया खेतीका लागि मात्रै हाल ४२ सय मेट्रिक टन युरिया मलको आवश्यकता रहेको ज्ञान केन्द्रका प्रमुख सिंहको भनाई छ । कृषकहरुले रासायनिक मलको विकल्पमा प्रयोगमा ल्याइने बायो आर्गनिक मल, बायो फटिलाइजर लगायातका जैविक मल प्रयोगमा नल्याउदा समेत रासायनिक मलको हाहाकार हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख सिंहले बताउँनुभयो । कृषकलाई मल भनेकै युरिया र डिएपि मात्रै हो भन्ने कुराले घर गरेका कारण सधै समयमा रासायनिक मलको हाहाकार हुने गरेको सिंहको भनाई छ । समयमा मल उपलब्ध नहुदा उत्पादनको २० प्रतिशत सम्म असर गर्ने सिंहको भनाई छ । धान उत्पादनमा मलखादको एक तिहाई, सिचाईको एक तिहाई र बिउको गुणस्तर र जातमा एक तिहाई फरक पार्ने ज्ञान केन्द्रका प्रमुख सिंहले बताउँनुभयो ।
समयमा मल नपाउँदा झापाका कृषकहरुले कोरोना कहरका बि चभारतबाट लुकिछिपि ल्याइएको युरिया मल प्रतिबोरा २२ सय रुपैँयासम्ममा कृषकले खरिद गरेर खेतमा छरेका छन । साल्ट ट्रेनिङको अनुदानको मल हाल प्रतिबोरा ७ सय ३४ मा उपलब्ध गराइने गरेको साल्ट टेडिङ बिर्तामोडका प्रमुख देबराज भट्टराईले बताउँनुभयो ।
तस्वीर ः साल्ट ट्रडिङ बिर्तामोडमा रासायनिक मल युरिया लोड गरिदै फोटो लीलाराज झापाली