
कनकाई अनलाईन
उपचारका लागि खर्च अभावमा विगत ३ महिनादेखि ओछ्यानमै लडिरहेको समाचार यहाँका पत्रकारको टोलीले सार्वजनिक गरेसगै दुबै खुट्टा नचलेर हिडडुल गर्न नसक्ने यी १३ बर्षिय बालकको उपचार हुने भएको छ ।
झापा कनकाई नगरपालिका ३ सुरुङ्गास्थित बौद्धिक टोलमा डेरागरी बस्ने राधा देउजाका १३ बर्षिय यी छोराको उपचारका लागि हाल काठमाण्डौको बिर अस्पतामा लगिएको छ ।
दुबै खुट्टामा पानी जमेर हिडडुल गर्न स्कुल जान समेत नसकेको तथा उनको घाउँ बढ्दै जादा बालकको पिडा समेत बढिरहेको समाचार कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष समेत रहनुभएका पत्रकार लीलाराज झापाली र उहाँ सहितका अन्य पत्रकारहरु सिएम शर्मा, आईपी भट्टराई, गोपाल पोखरेल, विकास उप्रेतीको टिमले सार्वजनिक गरेको थियो । यो टिमले बालकको उपचारका लागि देश विदेशमा रहनुहुने सबै दाता महानुभावहरुसमक्ष सहयोगको समेत आग्रह गरेको थियो । यसैक्रममा देश तथा विदेशमा रहनुभएका सहयोगी दाता महानुभावहरुले सहयोग रकम जुटन थालेसगै यी बालक तिलकको उपचारका लागि आजै काठमाण्डौ लगिएको सहयोग संकलन गरिरहनुभएका पत्रकार लीलाराज झापालीले बताउँनुभयो ।
हाल विदेशमा समेत दिपक भ्लग लगायातले अभियान सञ्चालन गरिरहनुभएको छ । १३ बर्षिय वालक तिलकको उपचारका लागि स्वदेश तथा विदेशमा रहनुहुने चिकित्सकहरुको टोलीले समेत उपचारका लागि थप चासो दिनुभएको र तिलकको उपचार हुनेमा आशावादी भएको उनकी आमा राधा देउजाले बताउँनुभयो । कनकाई माविमा कक्षा ७ मा पढ्दै आएका तिलकले समेत आफु निको भएर पुन पढाईलाई निरन्तता दिन चाहेको बताएका छन ।
उनलाई सहयोग गर्न चाहने जोकोहीले सिद्धार्थ बैँक सुरुङ्गा झापामा रहेको आमा राधा देउजाको नाममा रहेको खाता नम्बर ५५५१०९८८१२८ मा सहयोग रकम पठाइदिन वा तलको क्युआरमा सहयोग रकम प्रदान गरिदिन आमाले अनुरोध गर्नुभएको छ ।
एक थुकी सुकि हजार थुकी नदि भनेझै सकेको सहयोग सबैले गरेर यी अबोध वालको जीवन रक्षा गरिदिन सबै सहयोगी मनहरुप्रति अनुरोध गरिएको छ । तिलकको बुबाले आफु १ बर्षकै हुदा अर्की आमा लिएर भारततिरै बस्दै आएको र आमाले अर्काको घर पुछिदिने, भाडा माझ्ने लगायातका घरायसी काम सघाएर परिवार पाल्दै आएकी थिइन ।
बालकलाई सहयोग रकम जुटदै
पत्रकार लीलाराज झापाली लगायातले सञ्चालन गरेको तिलक देउजा बचाउ अभियानलाई हेरेर देश तथा विदेशबाट सहयोग जुटन सुरु गरेको छ ।
आमा राधा देउजाको खाता नम्बर तथा क्युआरमा कनकाई नगरपालिका ३ मा अवस्थित नजजीवन प्रतिष्ठानका सञ्चालक प्रेमचन्द्र राईले नगद २१ सय, यसैगरि झापा दमक निवासी हाल रोजगारीका शिलसिलामा इजरायलमा रहनुहुने रिता क्षेत्रीबाट नगद १०१००, झापा गाउँपालिका ६ का दिपक तामाङ्गले २०१०, हाल अमेरिकामा रहनुहुने झापा कनकाई निवासी हरि कटुवालले नगद ७५००, झापा बुद्धशान्ति गाउँपालिका २ निवासी काशीनाथ अधिकारीले नगद १०००, झापा कनकाई नगरपालिका ३ निवासी रविन गुप्ताले नगद ११००, झापा कनकाई नगरपालिका ३ निवासी बाबुराम कोइरालाले नगद २५००, कनकाई नगरपालिका ७ निवासी हाल अमेरिकामा रहनुहुने आकाश मिश्रले नगद १५ हजार १ रुपैँया, झापा कनकाई नगरपालिका ४ निवासी हाल रोजगारीका क्रममा न्युजिल्याण्डमा रहनुहुने पुकार नेपालले नगद ४०११, झापा कनकाई नगरपालिका ३ निवासी हाल रोजगारीका शिसशिलामा दुवईमा रहनुहुने प्रविनजंग कटुवालबाट नगद ५१११, यसैगरि झापा कनकाई नगरपालिका ३ निवासी हाल रोजगारीका शिलशिलामा कोरियामा रहनुहुने भीष्म कट्टेलबाट नगद ५१२१ रुपैँया, झापा कनकाई नगरपालिका ४ निवासी युवा व्यावसायी अमृत पोखरेलले नगद ५१००, झापा गाउँपालिका ७ निवासी मनोज पाठकले नगद १०१०, कनकाई नगरपालिका ३ की ज्ञानु मगरले नगद १५६५, झापा कनकाई नगरपालिका ४ निवासी रुद्र दाहालले नगद १५००, झापा कनकाई नगरपालिका ३ निवासी हाल रोजगारीका क्रममा दुवईमा रहनुभएकी सावित्रा सुनिताबाट नगद ५०००, झापा कनकाई नगरपालिका ३ निवासी हाल रोजगारीका क्रममा कतारमा रहनुहुने रमेश पाण्डेबाट नगद ३५०१, झापा कनकाई नगरपालिका ३ निवासी रत्न आचार्यबाट नगद १५००, झापा कनकाई नगरपालिका ३ निवासी हाल रोजगारीका क्रममा कुबेतमा रहनुभएका भुवन आदिमबाट नगद २०००, झापा कनकाई नगरपालिका ४ निवासी रोषन थापाबाट नगद ११११, झापा कनकाई नगरपालिका ३ निवासी निमा लिम्बुबाट नगद २०००, यसैगरि रोजगारीका शिलशिलामा इजरायमा रहनुहुने झापा कनकाई नगरपालिका ३ की सुष्मा चुडाल भेटवाल, तुलसा कट्टेल संग्रौला, रेखा बिमली, कल्पना पौडेल र सोनाक्षी बास्कोटाबाट नगद २१ हजार, झापा गाउँपालिका ६ निवासी बुद्धिभाई श्रेष्ठबाट नगद १००५, कनकाई नगरपालिका ३ निवासी मिलन खरेलबाट नगद १५००, झापा कनकाई नगरपालिका ७ पहिलो कदम मटेश्वरीकी सञ्चालिका सपना कड्रियाबाट नगद २०००, झापा गाउँपालिका ७ निवासी काजी राउतबाट नगद १५००, कनकाई नगरपालिका ३ निवासी हिमाल ढकालबाट नगद १ हजार, झापा कनकाई नगरपालिका ३ निवासी हाल रोजगारीका लागि इजरायलमा रहेका कुमार लिम्बुबाट नगद ५५६३ रुपैँया, कनकाई नगरपालिका ४ निवासी लक्ष्मी कटुवालबाट २०००, झापा कनकाई नगरपालिका ५ निवासी हाल जर्मनमा रहनुहुने तुलसी शिवाकोटीबाट नगद ३०९६ रुपैँया, कनकाई नगरपालिका ३ निवासी हरि भट्टराईबाट नगद ४०००, कनकाई ३ निवासी कुमार शिवाकोटीबाट नगद ५०००, कनकाई २ का महेन्द्र भुजेलबाट नगद २२३२, कनकाई नगरपालिका ४ नम्बर वार्ड कार्यालयबाट नगद १० हजार, कनकाई नगरपालिका ३ निवसी त्रिलोचन उप्रेतीबाट नगद २५००, कनकाई ५ निवासी मोहन प्रसाईबाट नगद १०००, कनकाई नगरपालिका ४ निवासी मिलन कट्टेलबाट नगद ५१००, अर्जुन मेचेबाट नगद ५१५ रुपैँया, ग्रामिण विकास सेवा समिति कनकाई ३ का अध्यक्ष सुवास डाँगीबाट नगद २१००, कनकाई नगरपालिका ३ निवासी रोज शंकरबाट नगद २७००, कनकाई नगरपालिका ७ निवासी कुमारमणि पोखरेलबाट नगद २१००, अशोक पाण्डेबाट नगद ५५१, कनकाई २ निवासी मेघनाथ पाठकबाट ११००, हेमराज क्षेत्रीबाट नगद १०००, अर्जुनधारा निवासी नारद दुखीबाट नगद २१००, कनकाई नगरपालिका ७ निवासी नविन घिमिरेबाट नगद ६००० सहयोग रकम प्राप्त भएको छ । यसैगरि अन्य सहयोगी दाताहरुबाट समेत सहयोग आउनेक्रम जारी रहेको तिलक देउजा उपचारका लागि अभियान चलाउदै आउनुभएका कनकाई साप्ताहिकका प्रधान सम्पादक तथा कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष लीलाराज झापालीले बताउँनुभयो ।



