Kanakai Online

हाम्रो पाठशालाको सातौ बार्षिकोत्सव


शुक्रवार, चैत २७, २०८२ |

कनकाई अनलाईन
कलानिधि शिक्षा प्रतिष्ठान द्वारा सञ्चालीत हाम्रो पाठशाला विद्यालयले विविध सांस्कृतिक कार्यक्रम गर्दै आफ्नो सातौ वार्षिकोत्सब मनाएको छ ।

झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा २०७५ सालमा ७ जना बिद्यार्थीबाट सुरु गरेको हाम्रो पाठशाला बिद्यालयले बुधबार कनकाई उद्योग वाणिज्य संघको सभाहलमा विविध सास्कृतिक कार्यक्रम गर्दै सातौं बार्षिकोत्सव भव्यरुपमा मनाएको हो ।

कक्षा ६ सम्म अध्यापन गराउदै आएको बिद्यलयका ससाना बिद्यार्थीहरुले कार्यक्रममा प्रतक्ष वाद्यवाधनमा एकल साथै सामुहिक गित प्रस्तुत गरेर कार्यक्रममा उपस्थित अभिभावकलाई मन्त्रमुग्ध वनाउनु भएको थियो ।

तेस्तै राष्ट्रिय गित साथै विभिन्न समुदायसंग सम्बन्धित गितहरुमा बिद्यार्थीहरुले नृत्य प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गर्नुभएको कार्यक्रममा अभिभावकले समेत नृत्य प्रस्तुत गर्दै विद्यार्थी नानिबाबुहरुलाई हौसला प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले आफूले बुझेसम्म हाम्रो पाठशालाका संस्थापक प्रिन्सिपल अखिल कुमार कोइरालाको एउटा आइडल स्कुल बनाउने सपना रहेको र सो सपना पूरा गर्न धेरै ठूलो संघर्ष गर्दै आउनुभएको भन्दै आफू आज हाम्रो पाठशालाको वार्षिकोत्सव कार्यक्रममा उपस्थित भएर नियालिरहँदा कोइरालाको सपना पूरा हुने दिशा तर्फ हाम्रो पाठशाला अघि बढ्दै गएको बताउनुभयो।
उहाँले हाम्रो पाठशालाले आगामी दिनमा एउटा नमुना विद्यालय बनी कनकाई क्षेत्रमा मात्रै नभएर राष्ट्रव्यापी रुपमा पहिचान बनाउँदै शिक्षाको क्षेत्रमा खड्किएको आवश्यकता पूरा गर्न सकोस् भने शुभकामना समेत प्रदान गर्नुभयो ।

कार्यक्रममा कनकाई नगरपालिकाका शिक्षा शाखा प्रमुख राजकुमार ओडारी , जिल्ला प्यव्सन झापाका सहसचिव विनोद सुब्बा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा हाम्रो पाठशाला विद्यालयका सन्चालक तथा प्रधानाध्यापक अखिल कुमार कोईरालाले विद्यालयको बारेमा आफ्नो मन्तव्य राख्दै ७ जना बिद्यार्थीबाट सुरु गरेको बिद्यालयले आज भव्यरुपमा सातौं बार्षिकोत्सव मनाउने अवसर प्रदान गर्नुभएकोमा सम्पुर्ण अभिभावक प्रति आभार ब्यक्त गर्नु भयो । उहाले हाल कक्षा ६ सम्म अध्यापन गराउँदै आएको आफ्नो विद्यालयमा ३२० जना विद्यार्थी रहेको जानकारी गराउँदै आगामी शैक्षिक सत्रबाट कक्षा ७ समेत सुरु गरिने बताउनुभयो ।

कलानिधि शिक्षा प्रतिष्ठान तथा पाठशाला ब्यवस्थापन समिति अध्यक्ष धर्मकला पौडेल कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगरपालिकाका शिक्षा अधिकृत रोहितकुमार पौडेल, प्याब्सन जिल्ला सदस्य मोहन थापा,प्याब्सन कनकाई नगर अध्यक्ष विनोद उप्रेती , प्याब्सन नगर सचिव गोकुल उप्रेती , हाम्रो पाठशाला शिक्षक अभिभावक संघका अध्यक्ष शिवकुमार कडेल , संगीत साधना कला केन्द्रका संस्थापक धुर्वप्रसाद पाठक , सुरुङ्गा जेसिस अध्यक्ष मेनुका उप्रेती , पुर्व अध्यक्ष सरला दाहाल पोखरेल साथै विभिन्न संघसंस्थामा प्रतिनिधित्व गर्नुहुने हाम्रो पाठशालाका अभिभावकहरूको अतिथ्यता रहेको थियो ।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत शिक्षक विमला रिजाल साथै विद्यार्थीहरू नलिन कडेल र काव्याश्री संग्रौलाले गर्नुभएको थियोे भने कार्यक्रम संचालन मीरा प्रधानले गर्नुभएको थियोे ।




सम्बन्धित खबर