
कनकाई अनलाईन
झापा क्षेत्र नम्बर ४ का रास्वपा उम्मेद्धार सम्भुप्रसाद ढकाल सुस्केराले आज विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनका लागि आफ्नो ५४ वुुदे बाचापत्र (घोषणा पत्र) सार्वजनिक गर्नुभएको छ ।
झापा क्षेत्र नम्बर ४ मा यसरी पत्रकार सम्मेलननै गरेर सम्भु ढकालले पहिलो पटक आफ्नो घोषणा पत्र सार्वजनिक गरेका हुन । झापाका अन्य क्षेत्रमा रास्वपा उम्मेद्धारले मिडिया फेस नगरेको भनेर आलोचना भइरहदा झापा ४ मा भने रास्वपा उम्मेद्धारले आफ्नो वाचापत्र सार्वजनिक समेत पत्रकार सम्मेलन गरेर गरेका हुन । ढकालले सार्वजनिक गरेको वाचापत्रमा वारम्वार निर्वाचन जितेर आफ्नो घोषणा पत्र अनुसार जनताको काम नगर्ने उम्मेद्धारलाई ठगि मुद्धा हालेर जेल हाल्नेकुरा उल्लेख गरेका छन । उनले आफु चुनाव जितेर गएमा आफ्नो पार्टी र सांसदमा समेत यस कुराको लागि कानुन संसोधन गर्ने ढकालको बाचापत्रमा उल्लेख छ । साथै वाचा पत्रमा २ पटकसम्म १० सिट सम्म नजित्ने पार्टी र १० लाख सम्म भोट नल्याउने पार्टीको दर्ता खारेजी गर्ने समेत चुनावी वाचापत्रमा उल्लेख छ ।
निर्वाचित नेता सांसदको सम्पत्ति छानविन गर्ने र जनतामा सुशासनको प्रत्याभुति गराउने, प्रहरीले १६ बर्षमा पेन्सन सुविधा पाउने, द्धन्द्धपिडित प्रहरी र नागरिकलाई समेत उचित व्यावस्थापन गर्ने, जनमैत्री प्रहरी सेवा लगायातका कुराहरु वाचापत्रमा उल्लेख रहेको छ ।
यसैगरि जनप्रतिनिधिको मृत्यु वा राजीनामा दिएमा पुन उपनिर्वाचन नगरिकन उपबिजयी हुने उम्म्ृाृृद्धारलाई स्वत जिम्बेवारी दिने कुरा समेत वाचापत्रमा उल्लेख छ । लागुऔषध कारोवारीलाई आजिवन कारागारको व्यावस्था र उनीहरुको सजाय माफि मिनाह नहुने व्यावस्था गरिने, गाउँ गाउँमा योगअभ्यास गराई यसको गुरु बनाएर विदेशमा योग अभ्यास गर्नका लागि प्रशिक्षक पठाइने समेत चुनावी बाचापत्रमा उल्लेख छ ।
यसैगरि युवालाई विना धितो ऋण उपलब्ध गराईने, माटो बचाउन विषादीरहित खेती प्रणाली अवलम्बन गरिने, विद्यार्थीहरुलाई पढदै कमाउदै गर्ने वातावरणको श्रृजना गरिने समेत बाचापत्रमा उल्लेख छ ।
यसैगरि ऐलानी जग्गाको धनीपुर्जा वितरण, सुकुम्वासी समस्याको समाधान गर्ने, कनकाई विरिङ, कमल लगायातका नदिहरुको स्थायी समाधान गरिने, यस क्षेत्रका धार्मिक पर्यटकिय स्थलहरु दोमुखा, माईधाम, कोहीहवन, जामुनखाडीको स्तरउन्नति गरि थप पर्यटक आउने वातावरण बनाइनेकुरा समेत बाचापत्रमा उल्लेख छ । यसैगरि बाचापत्रमा स्थानीय मदिरालाई ब्राण्डिङ गरि बजार ब्यावस्थापन गरिने , हात्तीको आक्रमण रोक्न विशेष पहल, कनकाई नदिको अधुरो पुल बनाइने लगायातका ५४ बुदे बाचापत्र रास्वपा उम्मेद्धार तथा झापाका सचिव सम्भु ढकालले प्रस्तुत गर्नुभयो ।
रास्वपाका कनकाई नगर सभापति मोहन थापाको सञ्चालन तथा रास्वपाका क्षेत्रिय संयोजक लीलामाया बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा, रास्वपा झापा गाउँपालिकाका सभापति लक्ष्मण तिवारी, रास्वपा शिवसताक्षी नगर सभापति गंगाराम कड्रिाया लगायातको आतिथ्यता रहेको थियो । सोही अवशरमा झापा गाउँपालिकाका युवा नेता तथा उद्योग बाणिज्य संघका अध्यक्ष सन्तोस नेपाल र अर्का नेता हरि दुलाल समेत रास्वपा प्रवेश गर्नुभएको थियो ।
फोटो ः चुनावी बाचापत्र सार्वजनिक गर्नुहुदै रास्वपा झापा ४ उम्मेद्धार सम्भु ढकाल सुस्केरा ।



