Kanakai Online

जनयुद्धमा शहिद भएका परिवारसग भेटघाट गर्दै नेकपा उम्मेद्धार


बिहिवार, फागुन ७, २०८२ |

कनकाई अनलाईन
१० बर्षे माओवादी जनयुद्धमा राज्यपक्षबाट शहिद भएका झापा क्षेत्रनम्बर ४ स्थित झापा गाउँपालिका १ का शहिद परिवारकोमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्धार पुरुषोत्तम चुडालले भेटघाटलाई तीव्रता बनाएका छन ।
उनी समेत माओवादी जनयुद्ध कालिन समयमा बषौसम्म कठोर बन्दी जीवन विताएका राजनैतिक पिडित युवा हुन । उनीलाई झापा सुरुङ्गाबाट पक्राउ गरि तत्कालिन शाही सेनाद्धारा महिनौसम्म वेपत्ता बनाइएका वेपक्ता योद्धा हुन । उनीसगै सेना प्रहरीको आक्रमणमा परेर मृत्यु भएका झापा गाउँपालिका १ स्थित सितुमारीका भीम खनाल बाबा र डिल्लीराम लिम्बु गगनको घरमा युवा उम्मेद्धार चुडाल पुग्दा घरमा रुवावासी भएको थियो । निर्वाचनकै दौरानमा लामो समय जनयुद्धकालमै जेल जीवन बिताउँनुभएकी अर्की नेपाली कम्युनिष्ट पार्टीकी समानुपातिक उम्मेद्धार समेत रहनुभएकी ममता राजवंशी समेत रहनुभएको थियो । घरदैलोका क्रममा शहिद परिवारसग जेलजीवन र त्यसअघिपछिका आफुले गुमाएका ती मित्रहरुसगको त्यसवेलाको आन्दोलनको वेलाको क्षणहरुका वारेमा समेत केहीवेर भलाकुसारी भएको थियो ।
हामी सगै पक्राउ परेका थियौ सेनाले पिटेर मेरो दाँत झारिदियो अङ्गभङ्ग बनायो तर म बाच्न सके अहिले उम्मेद्धार बनेर तपाईको घरमा फेरी आइपुगे आमा भन्दै भीम खनालको घरमा उम्मेद्धार चुडाल पुग्दा सहिद परिवारकी आमा कौशिल्या खनाल थप भावुक बनेकी थिइन । उनले देशको मुक्तिका लागि आफुले छोरोको वलिदान दिएको बताउँदै आवश्यक परेको खण्डमा अझैपनि थप वलिदान गर्न तयार भएको बताउँदै आर्शिवाद प्रदान गरेकी थिइन ।
यता सितुमारीकै अर्का सहिद परिवार डिल्लीराम लिम्बु गगनकी आमा टिकामाया लिम्बुले आफुले जनयुद्धमा छोरा गुमाएपनि देशका नागरिक रैतिबाट मान्छे बनेको भन्दै आफु आवश्यक परेको खण्डमा अझै वलिदान दिन तयार भएको बताउँनुभयो । मैले एकजना छोरा गुमाए तर त्यसको बदलामा देश कहालिलाग्दो राजाको शासनबाट जनताको छोरा छोरी राष्ट्रपति, प्रधानमन्त्री बन्ने दिन आयो अझैपनि देशलाई हामीले मुक्ति दिन सकेका रहेन छौ टिकामायाले भन्नुभयो । हाम्रा छोराले बलिदानी दिएर देश मुक्ति दिलाइपनि देशका सारा जनतालाई त्यो गरिबीबाट मुक्ति दिन सकेका छैनौ हामीले जनतालाई अधिकार सम्पन्न त बनायौ अब रोग भोग र गरिबीबाट समेत मुक्ति दिलाउँनु छ । टिकामायाले भनिन । शहिद परिवारसगको भेटघाटमा जिउदो सहिद मानिने जनयुद्धका घाईते योद्धा मणिकुमार साम्पाङ्ग बिजय, पार्टीका प्रदेश सदस्य गौरीमान राई, नेपाली कम्युनिष्ट पार्टीका झापा गाउँपालिका अध्यक्ष रुद्रप्रसाद बजगाईँ, नेपाली कम्युनिष्ट पार्टीका झापा इन्चार्ज ज्याबुल हक लगायातको सहभागिता रहेको थियो ।
यसैगरि झापा क्षेत्र नम्बर ४ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्धार पुरुषोत्तम चुडाल राजुले झापा गाउँपालिका १ र २ मा रहेको सुकुम्वासी बस्ती , मुस्लिम बस्ती, खयरवारी पुरानो शरणामती बजार, झापा भित्रको अर्को झापा मानिने झापा बजार, सिमलवारी, लगायातका क्षेत्रमा घरदैलो र कोणसभा सम्पन्न गरेका छन ।

सम्बन्धित खबर