कनकाई अनलाईन
झापा शिवसताक्षी नगरपालिका १ लक्ष्मीनारायण मावि नजिक्कै अटो अनियन्त्रित भएर पल्टिदा अटोचालक स्थानीय ४० बर्षिय बीरबहादुर चेम्जोङको मृत्यु भएको छ ।
गएराती बुधवार ९ बजे शिवसताक्षी– १ लक्ष्मीनारायण मावि नजिक भित्रि पक्की सडक खण्डमा धरमपुर चोकबाट चर्चावारि घरतर्फ जाँदै गरेको प्र १–२–००२ ह ९६९९ नम्बरको अटो आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको हो।
दुर्घटनामा परी अटो चालक चेम्जोङको टाउकोमा गम्भीर चोट लागेर उपचारको लागि दमक अस्पताल पठाइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।


