Kanakai Online

दुर्गापुर फक्ताङलुङ महोत्सव २०८१ भोली


मङ्गलवार, फागुन ६, २०८१ |

कनकाई अनलाईन

झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा फक्ताङलुङ महोत्सव २०८१ आयोजना हुने भएको छ । कनकाई नगरपालिका–७ दुर्गापुरस्थित फक्ताङलुङ एजुकेसन फाउण्डेसनको प्राङ्गणमा आगामी फागुन ७ गते बुधबार भोली प्रजातन्त्र दिवशका दिनमा फक्ताङलुङ महोत्सव–२०८१ आयोजना हुने निश्चित भएको विद्यालयका प्रिन्सिपल ओमविक्रम नेम्वाङले जानकारी दिनुभयो ।

विद्यालयको १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर महोत्सव आयोजना गर्न लागिएको बताएको छ । महोत्सवमा प्राचीन घरेलु सामग्रीको प्रदशर्नी तथा फक्ताङलुङ म्युजियमको उद्घघाटन, विज्ञान तथा रोबर्टिस प्रदर्शनी, विभिन्न पौराणिक तथा सांस्कृतिक सामग्रीको बिक्री तथा प्रदर्शनी, विभिन्न चित्रकलाको प्रदर्शनी, विद्यार्थीले नै उत्पादन गरेका कृषि सामग्रीको प्रदर्शनी र विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित महोत्सव आयोजना हुने विद्यालयका प्रिन्सिपल नेम्वाङले बताउनुभयो ।
कनकाई ७ दुर्गापुरमा १५ बर्ष अघि स्थापना भएको फक्ताङलुङ एजुकेसन फाउण्डेसन विद्यालयमा बिद्यार्थी अविभावकको आकर्षण बढ्दै गएको छ । अविभावक तथा विद्यार्थीले रोजे र खोजेको जस्तै गुणस्तरीय शिक्षा बिद्यालयले दिने भएकाले उक्त बिद्यालयमा बिद्यार्थी अविभावकको आकर्षण बढ्दै गएको हो । विद्यालयमा नर्सरीबाट हाल कक्षा१० सम्म पढाई हुने गरेको छ । विद्यालयमा न्युनतम शुल्कमा, डेराभाडा नलाग्ने, आफ्नै घरमा खाएर बसेर शान्त वातावरणमा सर्वसुलभ यातायात ,गुणस्तरीय शिक्षा हासिल गर्न सकिने भएकाले पनि बिद्यार्थी तथा अविभावकहरुको आकर्षण बढेको पाईएको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दुर्गा नेम्वाङले बताउनुभयो ।

बालबालिकाहरू भविष्यका कर्णधार हुन भन्दै बाहिरी ज्ञानलाई पनि उतिकै प्राथमिकता राखिएको र त्यही अनुसार विद्यालयले शिक्षण सिकाइ गरिरहेको पाइएको छ।

विद्यालयमा अनुभवी शिक्षक सुन्दर शान्त व्यवस्थित विद्यालय भवन, छात्र–छात्रा तथा शिक्षकहरुको छुट्टाछुट्टै र सफा सौचालय, खानेपानी, क्यान्टिनको व्यवस्था, पढाईका साथसाथै अतिरिक्त क्रियाकलाप पनि अब्बल भएकै कारण पनि फक्ताङलुङ नै रोजेको कनकाई १ का अविभावक विकास उप्रेतीको भनाई छ ।

त्यस्तै कनकाई–७ कि अविभावक शान्ता खबास भन्नुहुन्छ– नानिवावु शनिबार एकदिन पनि घरमा बस्न मन गर्दैनन् । स्कुलमा भए खेल्न, पढ्न साथसाथै अन्य क्रियाकलाप सरसफाइ, वृक्षारोपण, दुना टपरीदेखी बाती कात्नेसम्मको काम सिकाउनु हुन्छ म त घर भन्दा स्कुल नै जाने भन्दै छोराछोरी जिद्दी गर्ने गरेको उहाँ सुनाउनु हुन्छ ।

२०६६ सालमा थोरै बिद्यार्थीबाट अध्यापन शुरु गरेको बिद्यालयमा हाल ४ सय ५० बढी बिद्यार्थी ३० बढी शिक्षक शिक्षिका तथा अन्य कर्मचारीहरुका साथमा शिक्षण सिकाइ गरिरहेको पाइएको छ।

विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न समयमा विद्यालय स्तरीय भएका प्रतियोगिता अन्तर्गत धेरै प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको पाइएको हो।

विद्यालयले पढाईका साथसाथै हरेक बिहीवार ईसिए अन्तर्गत किताबमा पढाईएका ज्ञानलाई प्राक्टिकल स्वरुप कला सस्कृतिको जगेर्ना, नृत्य, गायन, नाटकका साथ–साथै विद्यार्थीको रोजाइ अनुसारको सिकाइ सिकाउने गरेको विद्यालयका प्रिन्सिपल नेम्वाङको भनाई छ ।

अबको शिक्षा व्यावहारिक, सीपमुलक र आयआर्जनमुलक हुनुपर्ने भएकाले यस प्रकारको शिक्षण सिकाइ क्रियाकलाप हुने वातावरण विद्यालय, शिक्षक र अभिभावकले सिर्जना गर्नुपर्ने विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दुर्गा नेम्वाङले बताउनुभयो ।

विशेष गरेर विद्यालयले पढाई सँगसँगै बाहिरी ज्ञानलाई पनि उतिकै प्राथमिकतामा राखेको र हरेक चाडपर्व मनाउने परम्परालाई पनि विद्यालयबाट नै सिकाउने गरेको शिक्षक एन्जल पोखरेलले जानकारी दिनुभयो ।

विद्यार्थीहरूले यस अघिपछि विभिन्न समयमा वृक्षा रोपन, विज्ञान प्रर्दशनी, विभिन्न स्थानको सरसफाइ, डस्टबिन वितरण, विभिन्न कार्यक्रममा विद्यार्थीको सहभागिता विभिन्न दिवस र सन्दर्भमा विद्यार्थीहरूलाई भूगोल, समाज, कला र संस्कृति लगायत कार्यक्रममा विद्यार्थीलाई सहभागी गराउने गरेको पाइएको छ। विद्यालयले केही समय अघिमात्रै अन्तरास्ट्रिय अवार्ड समेत प्राप्त गरेको जनाएको छ।

सम्बन्धित खबर