Kanakai Online

विद्यार्थीलाई निशुल्क तालिम


बुधवार, पौष १७, २०८१ |

कनकाई अनलाईन
आदर्श स्कुल अफ मेनेजमेन्ट बिर्तामोडको आयोजना ,बिर्तामोड नगरपालिका वार्ड न .३ को समन्वय तथा सुरुवाती कोठा नेपाल झापाको सम्योजनमा यहाँस्थित १५ दिने निशुल्क बारिस्टा तथा सुसि तालिम शुरु भएको छ ।
वार्डका युबा हरुलाई ब्यबहारिक तथा व्यावसायिक सिप दिने उदेश्यले तालिम शुरु गरिएको आयोजक सस्थाका डाइरेक्टर सन्जोग खरेलले बताउनु भयो ।
यो सीप सिक्न प्रतिविद्यार्थी २० हजार रुपैँया पर्ने भएता पनि वार्डका युवालाई प्रोत्साहन गर्नका साथै स्कुल को सामाजिक उत्तरदायित्वलाई बहन गर्न कार्यक्रम गरिएको डाइरेक्टर खरेलले बताउनु भयो ।
बिर्तामोड वार्ड ३ का ३० युवाले तालिममा सहभागि रहनुभएको छ । कार्यक्रमको उद्घाटनमा वार्ड न ३ की जनप्रतिनिधि लक्ष्मी रोक्काले युवाले यसरी निशुल्क पाएको तालिम र ज्ञानशीपलाई पुर्ण रुपमा व्यवहारमा उर्तान सुझाव दिनुभयो । तालिममा सेफ मनिष अर्याल उपाध्यय सुमन मगरले तालिमको सहजिकरण गर्दै हुनुहने आदर्श स्कुलका संयोजक दिपक दासले बताउँनुभयो ।

सम्बन्धित खबर