लीलाराज झापाली
समाचारको शीर्षक सुन्दा तपाईलाई पत्यार नलाग्न पनि सक्छ ? कसरी निजि स्कुलले यस किसिमको कार्य गर्यो भनेर तर यो समाचार कनकाई नगरपालिका ५ स्थित बेनुबाजा अंग्रेजी विद्यालयको हो ।
सधै अंग्रेजी भाषा र पश्चिमेली सस्कार र सस्कृतिलाई निजि लगानीमा सञ्चालित स्कुलहरुले प्रश्रय दिन्छन भन्ने आरोप आइरहेको बेला ठिक यसै समयमा यहाँस्थित कनकाई नगरपालिका ५ ग्रामिण क्षेत्रमा अवस्थित यस बेनुबाजा अंग्रेजी माध्यमिक विद्यालयले पुराना सस्कार र सस्कृतिको जर्गेना गर्ने भन्दै आफ्ना वार्डमा रहेका विभिन्न आमा समुह तथा भजन किर्तन समुहका विच संगिनी गायन तथा नृत्य प्रतियोगिताको स्कुलमै आयोजना गरेको छ ।
बेनुबाजा अंग्रेजी माविले यस किसिमको कार्यक्रम आयोजना गरेको भन्दै धर्म सस्कार र सस्कृतिको जर्गेनामा यस विद्यालयले देशमै नमुना काम गरेर देखाएको कनकाई नगरपालिका ५ का वडाध्यक्ष कृष्ण राईले बताउँनुभयो । सरकारले गर्न नसकेको कामहरु संस्थागत विद्यालयले गरिदिएको भन्दै आगामी दिनमा नगरले अब कम्तीमा नगरका सबै सामुदायिक र निजि विद्यालयहरुलाई स्थानीय सरकारले बराबरी हैसियतमा हेर्ने राईको भनाई थियो । राई कनकाई नगरका प्रवक्ता समेत रहनुभएको छ ।
नगरिकमा कला भएको तर त्यसलाई देखाउने ठाउँ नहुँदा कलाहरु लोपहुन लागेको वडाध्यक्ष राईको भनाई थियो । संगिनी नृत्यको प्रतियोगिताकै आयोजना गरेर विद्यालयले संगिनी गित र नृत्यको संरक्षण गरेको राईको भनाई थियो । आमा दिदी बहिनीहरुले आफ्ना घरभित्र समाजभित्र भोगिरहेको पिडा बेदनालाई संगिनी गितको भाकाबाट बाहिर ल्याउने हुदा सरकारलाई पनि यसवारेमा सुचना हुने र कला सस्कृतिको समेत जर्गेना हुन जाने वडाध्यक्ष राईको भनाई थियो ।
यता आफुहरुले निजि स्कुल सञ्चालन गरिरहे पनि समाजको कला संस्कृति जर्गेनामा निजि स्कुलले समेत एउटा सामुदायिक संस्थाको रुपमा काम गर्नका लागि यस प्रतियोगिताको आयोजना गरेको विद्यालयका पिन्सिपल बिनोद सुब्बाले बताउँनुभयो । स्कुलले अभिभावक लक्षित अन्य कार्यक्रमहरु समेत विद्यालयले गर्दै आएको पिन्सिपल सुब्बाले बताउँनुभयो । यसअघि समेत विद्यालयले अभिभाव लक्षित योग शिविर लगायतको कार्यक्रम गरिसकेको र यसले समेत अभिभावकहरुले स्वास्थ्य लाभ लिएको सुब्बाको भनाई छ ।
विद्यार्थीहरुका लागि समेत फरक किसिमको सिकाई हुने भन्दै विद्यार्थीहरुलाई समेत आलु र धान खेती व्यावसायिक रुपमा गर्न र नाफा नोक्सान राख्न लगाइएउको सुब्बाले बताउँनुभयो ।
यता विद्यालयले सस्कृतिको जर्गेनामा देशमै नौलो प्रयासको थालनी गरेको भन्दै कनकाई नगरपालिका ५ का वडाध्यक्ष डिल्लु उप्रेती, गोविन्द कार्की, इन्दिरा अधिकारी, स्थानीय अग्रज अभिभावकहरु हेमन्त दाहाल, कृष्णप्रसाद नेउपाने लगायातले विद्यालयको यस कार्यको खुलेर प्रसंसा गर्नु भयो ।
यता प्रतियोगितामा कनकाई नगरपालिका ५ का ९ टोललाई सहभागिताका लागि आमन्त्रण गरिएकोमा ६ टोलीले प्रतिस्पर्धामा भाग लिएका विद्यालयका सहायक पिन्सिपल रघुनाथ तिम्सिनाले बताउँनुभयो ।
जसमा पाथिभरा किर्तन मण्डली प्रथमहुदै नगद ५ हजार प्राप्त गर्यो भने लालपानी किर्तन मण्डली लालपानीले दोस्रो स्थान ल्याउदै नगद ४ हजार रुपैँया र प्रमाणपत्र प्राप्त गरेको छ । रुदिला किर्तन मण्डलीले तेस्रो हुँदै नगद ३ हजार प्राप्त गरेको छ । अन्य सहभागि ब्रजेश्वर किर्तन मण्डली, कनकाई किर्तन मण्डली र भान्सादेवि टोलविकास संस्थालाई सान्तना पुरस्कार प्राप्त गर्नुभयो ।
बिजयी संगिनी गायन तथा नृत्य टोलीलाई कनकाई ५ का वडाध्यक्ष कृष्णबहादुर राई, विद्यालयका पिन्सिपल बिनोद सुब्बा, कार्यक्रमका सभापति सामाजिक व्याक्तित्व यामनाथ बिमलीले पुरस्कार र नगद प्रदान गर्नुभयो ।
संगिनी नृत्य र गायनको निर्णायकमा नृत्य प्रशिक्षक अमृत प्रसाई र निशान खान रहनुभएको थियो ।
कार्यक्रममा विद्यालयका शिक्षिकाहरुले समेत संगिनी नृत्य प्रस्तुत गर्दा अन्य अभिभावहरुले समेत आफ्ना मन्तव्य र प्रस्तुति राख्नुभएको थियो ।