
कनकाई अनलाईन
बंगाली समाज कनकाईले भब्य रुपमा मनसादेवीको पूजा आरधना गर्नुका साथै विविध सास्कृतिक कार्यक्रम गरेको छ । तीन दिनसम्म चल्ने पुजा आज सकिदै छ ।

मनसा देविको पुजा भदौ २२ गते शनिवार सबैले स्नान गरि न्वाईखाई ब्रत बसी सुरु भएको थियो भने भदौ २३ गते पुजा आरधना संगै बंगाली समाजले कनकाई नागरपालिका ३ सुरुङ्गाको कालिस्थानमा औपचारिक कार्यक्रम समेतको आयोजना गरेको छ ।
कार्यक्रममा मनसा देविको पुजा आरधना संगै प्रणामी समुदाय वाइजुराज टिमबाट डडिया नृत्य , बंगालि समुदायबाट बंगालि नृत्य , ग्लोवल एकाडेमीबाट तामाङ सेलो , हरिकुलबाट थारु नृत्य , सुरुङ्गा डान्स सेन्टर बाट नृत्य , झापा मेरीगोल्डका मेरिगल्ड स्टार सुवास पाठक र गायक भक्त विश्वासबाट गित प्रस्तुत गरिएको थियो ।
त्यसै गरी समाजले आफ्नो ठाँउलाई खेलको माध्यमबाट देश बिदेसमा चिनाउन सफल राष्ट्रिय फुटबल टिममा रहेर उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका स्थानिय रोहन कार्कीलाई सम्मान पत्रबाट सम्मान समेत गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि कनकाई नगर उपप्रमुख आशा शर्मा शिवाकोटी , उद्योग वाणिज्य संघ कोशी प्रदेशका उपाध्यक्ष कुमारमणी पोखरेल , कनकाई धार्मिक विकास समितिका अध्यक्ष शेरबहादुर थापा , नेपाली काङ्ग्रेस कनकाई नगर सभापति दुर्गा प्रसाई , माओवादी केन्द्रका नगर अध्यक्ष यमनाथ सेडाई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
कार्यक्रममा कनकाई ३ की कार्यवाहक अध्यक्ष कृष्णमाया भुजेल , सदस्य अनिल गोयल , नगर खेलकुद विकास समिति अध्यक्ष जविन तिम्सिना , राप्रपा नगर अध्यक्ष टिका बराल , कनकाई बहुमुखी क्याम्पसका अध्यक्ष प्रकाश चुडाल , सामाजिक ब्क्तित्वहरु रुद्र प्रसाद चिमरिया , युवराज संग्रौला ,लायन्स क्लब अफ कनकाई सुरुङ्गाका अध्यक्ष रमेश खतिवडा , सुरुङ्गा जेसिजका अध्यक्ष दुर्गा प्रसाद पाठक , रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष लुवराज उप्रेती , नेपाल रेडक्रस सोसाईटि सुरुङ्गा उपशाखाका अध्यक्ष वालकृष्ण प्रसाई , सुरुङ्गा बजार ब्यवस्थापन समीती अध्यक्ष मनोहरी बिमली , बंगाली समाज सेवा समिति मोरङ सुन्दर हरैचा गछियाका उपाध्यक्ष खकन कुमार दास , कनकाई मुस्लिम समाजका अध्यक्ष निशान खान , कलाकार माधव भेट्वाल , ग्लोबल एडुकेयर एकाडेमीका पिन्सिपल विमान लामा, ब्रह्मकुमारी राजयोगको प्रतिनिधि, सुरक्षाकर्मी , संचारकर्मी लगायत सामाजिक , राजनीतिक एवं धर्मानुरागीहरुको उपस्थिति रहेको थियोे ।
समाजका अध्यक्ष पंकज मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमको औचीत्यमाथी प्रकाश समाजका राजु मण्डलले पार्नुभएको थियो । कार्यक्रममा उपस्थित सबैलाई शब्दमार्फत स्वागत समाजका उपाध्यक्ष दिगम मण्डलले गर्नु भएको थियो तेस्तै बंगालि समुदायका नानिबाबुहरुले नृत्य मार्फत समेत स्वागत गर्नुभएको थियोे भने कार्यक्रम संचालन समाजका सचिव रविन मण्डल र मिनु दास द्वयले गर्नु भएको थियो ।
औपचारिक कार्यक्रमसमान पछि समाजले परम्परागत भेषभुषामा सजिएर डाँकबाजा तालमा पुजास्थल कालिस्थान चोकबाट पैदल कलश यात्रा गरी कनकाई नदिबाट जल ल्याई मनसादेवीको मुर्तिमा जलार्पण र पुष्पाञ्जली गरि प्रसाद बितरण गरेको छ भने कलाकार राजु अधिकारी , माधव भेट्वाल लगायतबाट विभिन्न भजन तथा ताण्डव नृत्य प्रस्तुत गरिएको छ ।
भाद्र २२ गते बाट सुरु भएको मनसादेविको पुजा आरधना भदौ २४ आज गते मनसादेविको विसर्जन संगै समापन हुने समाजका अध्यक्ष पंकज मण्डलले जानकारी गराउनु भएको छ ।



