Kanakai Online

भक्तजनको आकर्षण बन्दै कनकाई आरती


बिहिवार, साउन २४, २०८१ |

कनकाई अनलाईन
झापाको पवित्र कनकाईमाई कोटीहवनमा साउन महिनाको हरेक सोमवारका दिन जल चढाउन आउने भक्तजनलाई लक्षित गरि कनकाई आरती सुरु गरिएको छ ।
तेस्रो सोमवार समेत कनकाईधाम कोटीहोम परिसरमा चर्चित कनकाई आरती सहित भजनकिर्तनको कार्यक्रम आयोजना गरिएको थियो ।
गंगा आरतीकै शैलीमा गरिएको यस कनकाई आरती कनकाई कोहीहवन क्षेत्रमा आउने भक्तजनहरुको आकर्षणको केन्द्र बनेको थियो ।
झापाकै तालिमप्राप्त ३ जना साधकलाई हरेक सोमवार कनकाई आरती गर्न लगाइएको र देशकै चर्चित भजन गायकहरुबाट मन्दिर परिसरमा भजनकिर्तन र शिव ताण्डव नृत्यको समेत आयोजना गरिरहेको कनकाई धाम धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापाले बताउँनुभयो ।
यता पूर्वको प्रशिद्ध तीर्थ स्थल सताक्षीधाममा विहानैदेखि जल चढाउन भीड लागेको छ । सोमवारनै भक्तजनहरुका बीचमा कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्की, प्रदेश सभा सदस्य राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की लगायतको उपस्थितिमा शिवलिङ्गमा जल चढाएर पुजा आराधाना समेत गरिएको थियो ।
साउन महिना भगवान शिवको महिना र सोमबार भगवान शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेष रूपमा आशुतोष भगवान्दशिवको पूजा, आराधना गरिन्छ ।
सोमवारनै झापाका अन्य तीर्थस्थलहरु बिहानैदेखि झापाको सताक्षीधाम, अर्जुनधारा जलेश्वरधाम, कनकाईको माईधाम, चिल्लागढधाम लगायत देशभरका शिवालयमा पूजाअर्चना गर्न भक्तजनहरूको घुइँचो लागेको छ ।
यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । यस दिन विशेषरुपमा आशुतोष भगवान शिवको पूजा, आराधना गरिन्छ । नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा छ ।
सोमवारको दिनमा महिलाहरूले विशेष गरी हरियो रङका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान् शिवको पूजा तथा आराधना गरी व्रत बस्ने चलन रहँदै आएको छ । उक्त कार्य गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भन्ने आशाका साथ पनि सोमबार व्रत बस्ने चलन बढी छ ।

सम्बन्धित खबर