Kanakai Online

जोत्न लगेको गोरु करेन्ट लागेर मृत्यु


आइतवार, असार २४, २०८१ |

कनकाई अनलाईन
झापाको कचनकवलमा जोत्न लगेको गोरु करेन्ट लागेर मरेको छ ।

आईतवार बिहान ८ बजे कचनकवल गाउँपलिका वडा नं ६ मुस्लिम बस्तीमा सडक नजिकमा रहेको बिद्युतीय ट्रान्सफर्मरसहितको पोलमा करेन्ट प्रवाह हुँदा करेन्ट लागेर एउटा गोरु मरेको हो । सोही ठाउँ बस्ने लक्ष्मीनारायण राजवंशीको गोरु खेतमा जोत्नलाई लाने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

एउटा गोरुलाई करेन्ट लागेर घटनास्थलमै मरेको र मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खबर