कनकाई अनलाईन
महिलालाई धारिलो हतियार प्रहार गरि फरार युवक पक्राउ परेका छन ।
कमल गाउँपालिका वडा नं ६ सुकुम्बासी टोल बस्ने ३१ वर्षीया सुमित्रा ऋषिदेवलाई धारिलो हतियार प्रहार गरी फरार भएका रुपेश सदालाई प्रहरीले सप्तरीबाट पक्राउ गरेको हो ।
सप्तरी राजबिराज नगरपालिका वडा नं.११ स्थायी ठेगाना भई कमल ६ मा कोठा भाडामा बसी सिटी सफारी चलाउने ४१ वर्षीय सदाले सुमित्रालाई धारिलो हतियारले टाउको र दुबै हातमा प्रहार गरी घाइते बनाएका थिए । घटनापछि फरार भएका सदालाई सप्तरी जिल्लाको बिषनपुरबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा ल्याई अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताउनुभयो ।
प्रहरीले घटनास्थलबाट एक थान खुकुरी,एक थान छुरी र एक थान रड बरामद गरेको छ । घाइतेको न्यूरो हस्पिटल विराटनगरमा उपचार भइरहेको छ ।


