
कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ४ कोटीहोममा धार्मिक व्याक्तित्वहरुका लागि आवास सुविधासहितको सन्त निवास सहितको सन्तकुटी निर्माण सुरु भएको छ ।
गत २०७४ साल फागुन ४ गतेदेखि १५ गतेसम्म कोटीहोममा भएको लक्ष्यपुजन महायज्ञमा बचत भएको १९ लाख रकमबाट सुरु गरिएको यस सन्तकुटी निर्माण सक्न ७८ लाख रुपैँया लाग्ने र बाकी रकम स्थानीय देखि प्रदेश सरकार संघिय सरकार लगायात अन्य दानविर महानुभाव सांसद तथा संघ संस्थाबाट उक्त रकम जुटाउने लक्ष्य रहेको सन्त कुटी निर्माण समितिकी संयोजक अम्बिका खरेलले कनकाई अनलाईनलाई बताउँनुभयो ।
कनकाईधाम कोटीहोम परिसर संस्थाको पश्चिमपट्टीमा बन्न लागेको यस सन्त कुटीको कनकाई नगरपलिका ४ का वडाध्यक्ष रोषन सुवेदी, कनकाई धाम धार्मिक विकास संस्थाका निर्वतमानअध्यक्ष नवलकिशोर दत्त, भवन निर्माण समिति संयोजक अम्बिकादेवि खरेल, सचिव गणेश पोखरेल, निर्माण समिति सदस्यहरु डिल्लीराम पाठक, गायत्रा चौहान, कोटीहोम धार्मिक विकास संस्थाका वरिष्ठ उपाध्यक्ष निर्मलकुमार खतिवडा, सचिव एमनाथ खतिवडा, सचिवालय सदस्य डम्बर फुयाँल, गोपाल खरेल, खेम शिवाकोटी, गौतम बन्धु समाजका अध्यक्ष नितिरमण गौतम लगायातले सन्तकुटीको शिल्यान्यास गर्नुभएको हो । सोही अवशरमा गुरुकुलका मुल पुजारी पुष्प खतिवडा, वैदिक विद्यालयका प्राचार्य योगेश खतिवडा विद्यार्थीद्धारा बैद्धिक मन्त्रद्धारा स्वस्तिवाचन समेत गरिएको थियो ।
सन्तकुटी भवन निर्माण सम्पन्नभएपछि स्थानीय सरकार र कोटीहोम धार्मिक विकास सस्थाको सहकार्यबाटबाट विनियम बनि सो सन्तकुटीमा सन्त साधुरुलाई राखिने निर्माण समितिकी संयोजक खरेलले बताउँनुभयो । सन्तकुटी निर्माणका लागि अम्बिका खरेलको संयोजकत्वमा निर्माण समिति र कोटीहोम धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापाको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको थियो । सन्तकुटी निर्माण र सञ्चालन पछि यस क्षेत्रमा देश तथा विदेशका विद्धान साधु सन्तहरुको आवास र दैनिक प्रवचन लगायातका धार्मिक गतिविधि वढने छ ।


