लीलाराज झापाली
झापाको कनकाई माध्यमिक विद्यालय देशकै नमुना विद्यालयका रुपमा रहदै आएको छ ।
अभिभावकले बिद्यार्थी भर्ना पाउन समेत निक्कै हम्मे पर्ने गरेको यस विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेसगै ११ सयजना विद्यार्थी रहेको यस विद्यालयमा एकाएक विद्यार्थी भर्ना दर बढेर ३ हजारको हाराहारीमा पुगिसकेको छ ।
यति कुरा प्राय सबै अभिभावकहरुलाई थाहानै भएको कुरा हो । तर कनकाई माध्यमिक विद्यालयको वारेमा धेरै अभिभावकलाई थाहा नहुन पनि सक्छ यस विद्यालयको आफनै पनि ५८ बिगाह जमिन रहेको छ । झापाकै धनी विद्यालयका रुपमा रहेको यस विद्यालयले बर्षेनी विद्यार्थीले पिएको पानी, बालेको बिजुली र सरसफाईको मात्रै शुल्क तिरेर पुग्दैन विद्यालयले आफ्नो नाममा रहेको जग्गा धनीपुर्जाको समेत मालपोत तिर्नु बुझाउनु पर्ने हुन्छ । बर्षको हज्जारौ रुपैँया रकम मालपोत बुझाउने गरेको विद्यालयको आम्दामी त निक्कै हुनुपर्ने हो ? यहि प्रश्न अभिभावकहरुले गर्नुपनि ठिक्कै हो तर यतिको जमिन भएको यस विद्यालयले भने जग्गा कमाउनेहरुबाट बार्षिक साह्रै नगन्य रुपमा मात्रै भाडा उठाउदै आएको छ ।
विद्यालयका प्रअ कर्णबहादुर डाँगीका अनुसार विद्यालयको उक्त जमिन यस क्षेत्रका ६० घरपरिवारले कमाउदै आएका छन तर नियमित भाडा बुझाउने भने कनकाई नगरपालिका ५ का मचिन्द्रबहादुर लिम्बुको परिवारले मात्रै एक कठ्ठा बराबर १७ किलोका दरले धान बुझाउदै आएका हुन । उनले विद्यालयको १ बिगाह २ कठ्ठा जमिन कमाउदै आएका छन ।
उनले नियमित जमिनको कर बुझाएको भन्दै पटक पटक स्कुलबाट समेत सम्मानित हुदै आएका छन । यतिका परिवारबाट उनीमात्रै एक्ला प्रतिनिधि हुन जसले स्कुललाई इमानदारितापुर्वक बुझाउनुपर्ने जग्गा कमाईगरेवापतको रकम बुझाउदै आएका छन । उनको समेत केहि समय पहिले निधन भइसकेको छ तरपनि उनको परिवारबाट उक्त परिणामको धान स्कुलमा बुझाउदै आएका छन ।
जग्गा कमाउनेहरुबाट यसरी बषौदेखि नियमित रुपमा भाडा नबुझाएनि स्कुलले भने मालपोतवापत तिर्नुपर्ने रकम भने हालसम्म १० लाख रुपैँया भन्दा बढी रकम पुगिसकेको कनकाई माविका प्रअ कर्णबहादुर डाँगीले बताउँनुभयो ।
जग्गा कमाउनेहरुसग बुझाउनुपर्ने धानको भाडा माग्न जादा विभिन्न बहाना बनाएर बनुझाउने गरेको विद्यालयका अध्यक्ष चन्द्रप्रसाद प्रसाईले बताउँनुभयो । केहि अभिभावकले ९ बर्षदेखि कसैले १५ बर्षदेखि त कसैले २० बर्षपहिलेदेखिनै स्कुललाई बुझाउनुपर्ने धान, मकै केहिपनि नबुझाएको विद्यालयले जनाएको छ ।
कनकाई माविको कनकाई नगरपालिका ४ मा १२ बिगाह, कनकाई ५ मा २५ बिगाह, ३ मा हाल स्कुल रहेको १० बिगाह ३ कठ्ठा, बाह्रदशी गाउँपालिकामा समेत १७ बिगाह जमिन रहेको छ । यी जमिन बापत कनकाई माविले हरेक बर्ष लाखौ रुपैँया मालपोत वापत कर तिर्नु बुझाउनुपर्छ । तर स्कुललाई तिर्नु बुझाउनुपर्ने कृषकले रकम नबुझाउँदा बर्षौदेखिको बक्यौता रकम तिर्न मालपोतमा बाकी रहेको कनकाई माविका प्रअ डाँगीको गुनासो रहेको छ । सुरुका बर्षहरुमा नियमित रुपमा तिर्नुपर्ने रकम जग्गा कमाउने कृषकहरुले तिर्दै आएको भएपनि देशमा भएको माओवादी द्धन्द्धपछि भने कृषकहरुले उक्त रकम धेरैले तिर्न छाडेको विद्यालयमा अभिलेख रहेको छ ।
यसैविच विद्यालयले लामो समयदेखि बुझाउनुपर्ने जमिन कमाईगरेबापतको भाडा नबुझाउने कृषकहरुबाट कसरी उक्त फसल असुलउपर गर्ने भन्ने विषयमा सर्वपक्षिय भेलाको आयोजना गरेको छ । भेलामा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले, कनकाई नगरपालिका उपप्रमुख आशाशर्मा शिवाकोटी, कनकाई नगरपालिका ४ का वडाध्यक्ष रोषन सुवेदी, ५ का वडाध्यक्ष कृष्णबहादुर राई, विद्यालयका पुर्व अध्यक्ष जर्नादन उप्रेती, नेपाली कांग्रेसका कनकाई नगर अध्यक्ष दुर्गा प्रसाई , एमाले नेता गोकर्णप्रसाद ओझा, माओवादीका कनकाई नगर अध्यक्ष यामनाथ सेढाँई, रास्वपा नेता सम्भु सुस्केरा, राप्रपा कनकाई अध्यक्ष टिका वराल, एकिकृत समाजवादीका कनकाई नगर अध्यक्ष प्रतिक राजवंशी, नेकपा विप्लपका देवि सी, विद्यालयका सल्लाहकार डिल्लीराम मैनाली, विद्यालयका पुर्व प्रअ इश्वरीप्रसाद शिवाकोटी, विद्यालयका पुर्व शिक्षक रामप्रसाद घिमिरे, विद्यालयका सल्लाहकार भीम सुब्बा, भुतपुर्व विद्यार्थी समाजका संस्थापक अध्यक्ष अखिल कोइराला, जामुनवारी सामुदायिक वनका सचिव दिपक ओली, लगायातले विद्यालयले प्राप्त गर्नुपर्ने जमिन कमाएवापतको रकम विद्यालले उठाउन कुनैपनि विलम्ब गर्न नहुने र आगामी दिनमा कसरी अगाडि बढने भन्ने वारेमा समेत सम्बन्धित जग्गाधनीलाई साथमा राखेर वृहत छलफलका माध्यमबाट अगाडि जान सुझाव दिनुभयो ।
कार्यक्रम विद्यालयका अध्यक्ष चन्द्रप्रसाद प्रसाईको सभापतित्व विद्यालयका सहायक प्रअ हरिप्रसाद तिम्सिनाको स्वागत र कार्यक्रमको औचित्यमाथिप्रकाश विद्यालयका प्रअ कर्णबहादुर डाँगीले गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रअ तिर्थराज खरेलले गर्नुभएको थियो ।