लीलाराज झापाली
झापा कनकाई नगरपालिका ५ का यी अगुवा खर्बुजा कृषक फुलु मण्डलले स्थानीय कनकाई माईको बगरलाई एक सिजनको १ लाख रुपैँया खेतको भाडा तिर्ने सर्तमा ३ बिगाह क्षेत्रफल जमिन भाडामा लिएर खर्बुजा खेती गरेका छन । हरेक बर्षजसो अर्काको खेती जमिन भाडामा लिएर खर्बुजा खेती गरेको फुलु मण्डलले १५ बर्ष वितिसकेको छ ।
त्यसो त हरेक बर्ष उनले गर्ने खेतीमा केहि न केहि संकट भने नआएको भने होईन अघिल्लो बर्ष खर्बुजा बिक्रीको सिजनमा असिना पानीले सबै खेती नष्ट्र गराएका यी मण्डलले यस बर्षको लक्ष्य भनेकै अघिल्लो बर्षको नोक्सानी निकालेर केहि नाफा निकाल्नु रहेको थियो । तर गरिबले खाने बेलामा सधैभरि आधिहुउरी भन्ने उखान ठक्याक्कै उनको जीवनमा पनि मेल खाएको छ । यसपटक उनले लगाएको ३ बिगाह क्षेत्रफलको खर्बुजा विक्रीका लागि तयारी छ अघिल्ला बर्षहरुमा खेतबाटै प्रतिकिलो ५० रुपैँयासम्म दाम हालेर लैजाने व्यापारीहरु अहिले उनको खेतमा पुगेका छैनन बरु उनले टिपेर खर्बुजा बिक्रीका लागि मोरङको बेलवारीसम्म पुर्याउनु पर्छ । यसपटक भने उनलाई सामाजिक संञ्जाल युटुभको एउटा भिडियो टाउको दुखाई बनिदिएको छ । युटुभमा खर्बुजामा सुई हानेको हुने र सो सेवन गर्दा क्यान्सर लाग्ने भन्ने भ्रमपुर्ण भिडियोका कारण उनको खर्बुजा बिक्री नभएको मण्डल बताउँछन । सबै ग्राहकहरु उनको बारीसम्म नपुग्ने र बजारका ग्राहकहरु युटुभको भिडियो हेरेर खर्बुजा खरिद नगरिदिदा अघिल्लो बर्ष असिना पानीको नोक्सानी जस्तै आफुले फलाएको खर्बुजा नविक्ने त होईन भन्ने उनमा डर छ ।
भर्खर १५ दिनमात्रैबाट खर्बुजाको फसल विक्रीका लागि निकालेर मण्डलले खर्बुजाका वारेमा गलत भ्रम फैलिनेपो होकि भन्ने भयले सताइरहेको छ । हामीलाई भनेको बेलामा खर्बुजामा पानी हाल्ने फुर्सद हुदैन कहाँबाट सुई हाल्नुनी भन्दै मण्डल भन्छन हामी किसानका कुरा कसले बोलिदिने सरकारले समेत यस्ता गलत भिडियो हाल्नेलाई कार्वाही गरिदिनुपर्ने मण्डलको माग छ । हामीले सुईनै हानेको हो भने हामीलाई कार्वाही हुनुपर्यो होईन भने यसरी गलत भिडियो हाल्नेको विरुद्धमा मिडिया र सरकार बोलिदिनुपर्यो मण्डलले भन्नुभयो । ३ बिगाह खेतमा आफ्नो १२ लाख रुपैँया खर्च भइसकेको भन्दै खर्बुजामा सुई हानेको हल्लाका कारण खर्बुजा विक्री हुन छाडेको कृषक मण्डलको ग्ुनासो रहेको छ । उनीमात्रै होईन यसबर्ष उनका साथीहरु धिरन मण्डल, पाण्डव मण्डल, दशरथ मण्डल, जर्नादन मण्डल लगायात एक सय बढी कृषकले कनकाई माईको बगरमा सयौ विगाहभन्दा बढी क्षेत्रफलमा खर्बुजा खेती लगाएका छन । उनीहरुले खर्बुजा खेतीको विक्रीबाट छोराछोरीको शिक्षा, खानेकुराको जोहो मात्रै गर्नुछैन साहुलाई बगर खेती लगाएबापतको खेत भाडा पनि तिर्नु छ । यस क्षेत्रमा गरिने बगर खेती देशकै सबैभन्दा बढी क्षेत्रमा गरिने खेती मानिन्छ । स्थानीय सरकारले उनीहरुको पिडालाई दृष्टिगत गर्दै यसबर्षबाट कनकाई नगरपालिकाले निकासी कर लगाउँदै आएकोमा हटाइदिएको छ । बजारीकरणका लागि भने स्थानीय देखि प्रदेश र संघिय सरकारबाट कुनै ठोस पहल नभएको यहाँका खर्बुजा कृषकको गुनासो रहेको छ ।