कनकाई अनलाईन
झापाका संञ्चारकर्मी तथा बिर्तामोड झापा डटकमका संञ्चालक टिकाराम वास्तोलालाई रातीको समयमा फोन गरेर अपशब्द प्रयोग गर्दै धम्काउने बिर्तामोडका मेनपावर व्यावसायी गणेश गिरीको कार्यशैलीप्रति पत्रकार महाससंघ झापा सहित पत्रकारजन्य संघ संस्थाले बिरोध गरेका छन । प्रेस सेन्टर झापाका सदस्य समेत रहेका बास्तोलाको मोवाईल नम्बरम गिरी र उनकी श्रीमतीले समेत रातीको समयमा पटक पटक फोन गरेर समाचारको विषयलाई लिएर गुण्डा लगाएर हत्या सम्म गर्ने चेतावनी दिएका थिए । उनले बिर्तामोडका केहि नाम चलेका गुण्डाहरुको नाम लिएर पत्रकार बास्तोलालाई धम्काएका थिए उनले धम्काएको अडियो रेकर्ड कनकाई अनलाईनसग सुरक्षित रहेको छ । नेपाल पत्रकार महासंघ झापा र प्रेस सेन्टर नेपाल झापा र प्रेस चौतारी नेपाल झापाले समाचारको विषयलाई लिएर बारम्बार ज्यान मार्नेसम्मको धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
पत्रकार महासंघ झापा , प्रेस सेन्टर र प्रेस चौतारी झापाले आज अलग–अलग विज्ञप्ती जारी गरि झापाका सञ्चारकर्मी तथा बिर्तामोड झापा डटकमका सञ्चालक टिकाराम बाँस्तोलालाई समाचारको विषयलाई लिएर बारम्बार ज्यान मार्नेसम्मको धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका छन् । पीडितका अनुसार ‘अफ्रिका पठाइदिने भन्दै लाखौँ ठगी गर्ने बिर्तामोडका गिरी पक्राउ’ शीर्षकमा प्रकाशित समाचारको बिषयलाई लिएर पक्राउ परेका अन्जेश गिरीका बुवा बिर्तामोड–४ निवासी गणेश गिरी र परिवारका अन्य सदस्यले अलग–अलग नम्बरबाट सञ्चारकर्मी बाँस्तोलालाई पटक–पटक फोन गरेर अस्लील गालीगलौजसहित ज्यानमार्ने धम्कीसम्म दिएका छन् ।
प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी उपचारमा जानसकिने विकल्प भएको र त्यसलाई लत्याएर सञ्चारकर्मीलाई धम्क्याएको यो घटना अत्यन्त निन्दनीय भएको साथै प्रेस स्वतन्त्रता र कानुन विपरीतको कार्य भएको बिज्ञप्तीमा उल्लेख छ । स्वतन्त्र पत्रकारितामाथिको यस ज्यादतीमा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन तथा पीडित सञ्चारकर्मीको सुरक्षामा विशेष ध्यान दिन महासंघ र प्रेस सेन्टर र प्रेस चौतारी झापाले सम्बन्धित निकायसँग माग गरेका छन् ।
पत्रकार बास्तोलालाई गिरी र उनकी श्रीमती समेतले फरक फरक नम्बरबाट फोन गरि धक्काएका थिए ।


