कनकाई अनलाईन
स्कारपियो कारसँग मोटरसाइकल ठक्कर खाएर भएको दुर्घटनामा झापाको कमल गाउँपालिका वडा नं ६ का एक युवकको मृत्यु भएको छ ।
कनकाई न.पा. ८ बिरिङ पुल स्थित पुर्व पश्चीम राजमार्गमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार कमल ६ का १८ बर्षिय अनिल मर्डीको ज्यान गएको हो ।
शुक्रबार राती करिब साढे ७ बजे पुर्वबाट पश्चिमतर्फ जादै गरेको मे १ च ७८३९ नम्बरको स्कारपियो र बिपरित दिशाबाट जादै गरेको मे १० प १६६९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
मर्डीको उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पताल पुरयाउनसाथ मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकल चालक कमल गा.पा. ६ का १९ बर्षिय खगेन्द्र ताजपुरीया र सोही ठाउँका १८ बर्षिय पुजन राजवंशी घाइते भएका छन ।
स्कारपियो र चालक नेपाल प्रदेश प्रहरी कार्यालय धरान सुनसरीमा कार्यरत प्रहरी उपरिक्षक ५१ बर्षिय भिम बहादुर दाहाल प्रहरी नियन्त्रणमा रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।क
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा