Kanakai Online

झापा गाउँपालिकागर्भवती महिलालाई भिडियो एक्सरे सेवा निशुल्क


मङ्गलवार, असोज २३, २०८० |

कनकाई अनलाईन
शरणामती र झापा गाउँपालिकामा अब गर्भवती महिलाले निस्शुल्क भिडियो एक्स(रेको सुविधा लिन पाउने भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय झापाले झापा गाउँपालिका ३ कामाटोलीमा रहेको आधारभुत अस्पताललाई भिडियो एक्स(रे मेशिन उपलब्ध गराएसँगै कार्हवाहक अध्यक्ष अन्जुदेवी थपलियाले गर्भवती महिलाले निस्शुल्क सेवा लिन पाउने बताउनु भएको हो।
भिडियो एक्स(रे मेशिन चलाउने दक्ष प्राविधिक चाँडै व्यवस्था गरिने प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले बताउनु भयो।”एक नर्शलाई भिडियो एक्सरे चलाउन दक्ष बनाउन २१ दिनको तालिमको आवश्यकता पर्छ,यो मेसिन चलाउने दक्ष प्राविधिक चाँडै तयार गर्छौ” उहाँले भन्नू भयो।

यता कार्हवाहक अध्यक्ष अन्जुदेवी थपलियाले प्रविधिक तयार भएपछि गर्भवती महिलालाई निस्शुल्क सेवा दिने घोषणा गर्नुभएको हो। सोमबार जिल्ला स्वास्थ्य कार्यालय झापाले ६ लाख ८९ हजार बराबरको उक्त मेशिन गाउँपालिकालाई प्रदान गरेको हो ।यसमा प्रीन्टर १ सेट , स्ट्यान्ड १सेट र जेल ५ लिटर रहेको स्वास्थ्य प्रमुख प्रेम न्यौपानेले बताउनुभयो ।

सम्बन्धित खबर