कनकाई अनलाईन
इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोलीले पुन १०० केजी भारतीय मरेका माछा बरामद गरेर नष्ट्र गरेको छ ।
कनकाई नगरपालिका र झापा गाउँपालिका क्षेत्रको सिमाना चप्रामारी क्षेत्रबाट प्रहरीले भारतीय बजारबाट सुरुङ्गा बजारतर्फ बिक्रीका लागि ल्याइदै गरेको मरेको पंगास जातको १०० केजी मरेका माछा बरामद गरेर नष्ट्र गरिएको हो ।
बरामद माछालाई खाडल खनेर पुरिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख बरिष्ठ प्रहरी नायव निरिक्षक अशोक कोइरालाले बताउँनुभयो । यसअघि समेत प्रहरीले १०० केजी भारतीय मरेको माछा बरामद गरि सुरुङ्गामा नष्ट्र गरेको थियो । बरामद माछालाई कनकाई नगरपालिकाका जनप्रतिनिधि गोविन्द सुवेदी, पत्रकार महासंघका प्रदेश सदस्य लीलाराज झापाली, स्थानीय महिला नेतृ चित्रा श्रेष्ठ लगायातको रोहवरमा खाडल खनेर इलाका प्रहरी कार्यालय सुरुङ्गा परिसरमा गाडिएको हो । झापा जिल्ला माछामा आत्मनिर्भर भएपनि केहि रकमको लोभमा परि व्यापारीहरुले भारतीय बजारबाट प्रतिबन्धित मुङ्ग्री जातको तथा मरेका अन्य जातका माछाहरु चोरी तस्करी गरि नेपाली बजारमा भित्राउदै आएका छन ।
हाल इलाका प्रहरी कार्यालय सुरुङ्गामा प्रहरी प्रमुखका रुपमा कोइराला आएसगै भारतीय माछा लाई रोक्नका लागि विशेष निगरानी बढाउन थालेको पाइएको छ । माछा कृषक र जनप्रतिनिधिहरुबाटै भारतीय मरेका माछा भित्रिएको जनगुनासो आएसगै प्रहरी सक्रियता बढाइएको प्रहरीको भनाई छ । यसरी भारतीय बजारबाट गुणस्तरहीन र मरेका माछा सेवन गर्नु स्वास्थ्यका लागि समेत हानिकारक भएको र भारतीय माछा विक्री नर्गन समेत यहाँका व्यापारीहरुलाई पटक पटक सजग गराइरहेको कनकाई नगरपालिका ३ का वडासदस्य गोविन्द सुवेदीले बताउँनुभयो ।
यता कनकाई नगरपालिका क्षेत्रमा भारतीय माछालाई विक्री गर्न प्रतिबन्ध लगाउने तयारी थालिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो । नागरिकको स्वास्थ्यमै गम्भिर खतरा हुने भारतीय मरेको माछा विक्रीका लागि झापा जिल्लामै प्रतिबन्ध लगाउने तयारी छ नगरप्रमुख पोखरेलले भन्नुभयो ।