कनकाई अनलाईन
कनकाई नगरपालिकाको राजधानी मानिने कनकाई नगरपालिका ३ को वार्ड कार्यालय अगाडिको क्षेत्रमा असारको २२ गते आज धमाधम सडक कालोपत्रे थालिएको छ ।
असारको २४ गतेभित्र बजेट नसक्दा बजेट फिर्ता जाने भयले असारमै सडक कालोपत्रे गर्नुपरेको कनकाई नगरपालिका ३ नम्बर वार्ड कार्यालयले जनाएको छ । सडक पिच गर्नका लागि कम्तीमा २४ घण्टा सडक सुक्नुपर्ने थियो बिचमा पानी परेका कारण २ दिन ढिला भयो आज पिच थालेको पानी पर्ला जस्तो छ पानी परेको खण्डमा पिच हुदैन र रकम फिर्ता जाने भय छ । कनकाई नगरपालिका ३ का वडासदस्य गोविन्द सुवेदीले भन्नुभयो ।
सडक पिच गर्दा गर्दै पानी आएको खण्डमा भने पिच गर्न रोकिने समेत सुवेदीले बताउँनुभयो । यसो भनिरहदा पानीको छिटाहरु आकाशबाट खस्न थालिसकेको थियो । सरकारको बजेट दिने परिपार्टीनै खराब भएकोले असारको अन्तिम साता पिच गर्नुपरेको गुसानो जनप्रतिनिधिहरुको रहेको छ । करिव ५ सय मिटर सडक सडक विभाग दमकको ९ लाख रुपैँया, कनकाई नगरपालिकाको ३ नम्बर वार्डको ३ लाख र बाकी रकम ४ लाख रुपैँया कनकाई नगरपालिकाको लगानीमा उक्त सडक पिच गरिएको वडासदस्य सुवेदीले बताउँनुभयो ।
तत्कालिन सुरुङ्गा गाविस भवन छेउको उक्त क्षेत्र लामो समयदेखि खाडीका रुपमा रहदा स्थानीयले जो जनप्रतिनिधि नेतृत्वमा छ उसैको नामबाट उक्त खाडीको नाम समेत राख्दै आएका थिए । असारको अन्तिम समयमा भएपनि पिच भएपछि भने जनप्रतिनिधिको यस कामलाई स्थानीयले खुलेर प्रसंसा गरेका छन ।