Kanakai Online

सिम्रिक एयरको हेलिकप्टर दुर्घटना, विस्तृत विवरण आउन बाँकी


शुक्रवार, वैशाख २२, २०८० |

कनकाई अनलाईन
काठमाडौं, वैशाख २२ गते । संखुवासभाको उत्तरी क्षेत्रमा पर्ने गोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको जानकारी प्राप्त भएको छ । नेपाली सेनाको २ नम्बर बाहिनी अड्डा हिलेका अनुसार केहीबेर अघि सो हेलिकप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र त्यसबारे थप जानकारीको प्रयास भइरहेको सेनाको सो बाहिनी अड्डाले जनाएको छ ।

सम्बन्धित खबर