Kanakai Online

कनकाई लक्ष्मीपुरका यी युवा जसले बचाउनेछन चोरीहुनबाट तपाईको घर


मङ्गलवार, चैत ७, २०७९ |

जनक न्यौपाने
झापा कनकाई नगरपालिका ८ लक्ष्मीपुरस्थित शान्तिटोलका यी ३८ बर्षिय युवा वैज्ञानिक रन्जित बसाकले आफ्नै घरेलु सामाग्रीहरुको प्रयोग गरेर मानविय जीवनमा काम लाग्ने सामाग्रीहरुको उत्पादन सुरु गरेका छन ।

बसाकले आफुले घरमै बसेर चोरी हुन खोज्दा बज्ने साईरन, घरको ट्याङ्कीमा पानी तान्ने र पानी टयाङ्कीमा भरिएमा वा पानी नचढेमा जानकारी दिने साईरन, फुलवारी र खेतवारीमा समेत पानी लगाईसकेपछि अटो बन्द हुने र आवश्यक परेको बेलामा स्वचालित रुपमा पानी लगाउन मिल्ने मेशिन लगायातका सामाग्रीहरु उत्पादनहरु गर्नुभएको छ ।

हाल प्रयोगमा समेत ल्याउनुभएका यी युवा वैज्ञानिकले आफ्ना उत्पादनहरु सफल प्रयोगपछि कनकाई नगरवाशी र झापा जिल्लाभर जनताको सुविधाका लागि लैजाने इच्छा व्याक्त गरेका छन ।
१० बर्षसम्म कतारमा रोजगारीमा गएका रन्जितले त्यहाँ रहदा बस्दा समेत सबै समय यस्तै काममा व्यथित गरेको बताउँछन ।
त्यहा सिकेर आएका ज्ञानसीपलाई आफुले हाल घरमा आएर समेत प्रयोग गरिरहेका छन । चोरीबाट बच्नका लागि घरको मुल ढोकामा जडान गरिने आवाज जडित सेन्सरको नाम रन्जितले आफै थिप अलट राखिदिएका छन ।

ताकि कोही नयाँ मानिस घरभित्र प्रवेश गर्नखोज्दा चर्को ध्वनीले सबैलाई सुचना दिने गर्छ यो प्रविधिले । यो प्रवृधि जसको घरमा जडान गर्नपनि २५ सय रुपैँया मात्रैमा आफुले घरमै गएर जडान गरिदिने रन्जितको भनाई छ ।
हामीेले घरमा चोरी भयो भनेर पालिका र प्रहरीलाई दोष दिनको साटो सबैले यो प्रविधि जडान गर्ने हो भने सानो खर्चमा ठुलो क्षतिहुनबाट बच्न सकिनेछ । रन्जितले कनकाई अनलाईसग भन्नुभयो ।
आफुले सिकेका ज्ञानलाई त्यतिक्कै राख्नुभन्दा समाजका लागि केहि योगदान गरौ भन्ने उद्धेश्यले यी सामाग्रीहरु उत्पादन गरेको रन्जितको भनाई छ ।
कौसि खेती र फुलवारी सिचाईका लागि अटो सिस्टममा मोटर संचालन हुने र आवश्यक पानीको सिचाई पुगेपछि बन्द हुने सिस्टमलाई रन्जितले एरिकेशन सिस्टम नाम दिनुभएको छ । यो सिस्टमसमेत घरेलु सामाग्रीहरुको प्रयोग गरेर उत्पादन गर्नुभएकोकारण खासै महगो नपर्ने उहाँको भनाई छ ।
मोटरको पानी तान्दा आवश्यक पानी टुयाङकीमा जम्मा भइसकेपछि बन्द हुने र पानी नचढेमा साइरन बजेर घरमुलीलाई जानकारी दिने यस सिस्टमलाई भने रन्जितले वाटर ट्याङ्क सिस्टम नाम दिनुभएको छ । यी लगायात अन्य प्रविधि समेतको उत्पादन र आवश्यक परेको खण्डमा बजारीकरण समेतको योजनामा रन्जित रहनुभएको छ । उहाँको यस उत्पादनलाई हामीले प्रयोगमा ल्याउन सके समाज र पालिकामा समेत शान्ति सुव्यवस्था कायम गर्न मद्धत गर्ने स्थानीय बीरबहादुर चौहानले बताउँनुभयो । मानिसका दैनिक समस्या र समाजका समेत समस्यालाई न्युन रकममै सहजीकरण गर्ने यस प्रविधिलाई सबैले प्रयोगमा ल्याउन सके समाजमा निक्कै फाइदा मिल्ने चौहानको भनाई छ ।
साना साना कुरालाई जोडेर घरायसी सामानकै भरमा यी र यस्ता महत्वपुर्ण सामानहरुको उत्पादन गर्ने यी रन्जित जस्ता बैज्ञानिकको सहयाताले समाजमा हुन सक्ने चोरी डकैटीको रोगथाम मात्रै नभएर न्युन शुल्कमै लाखौको उपयोगी सामानहरुको प्रयोग गरि जीवनशैलीलाई सहज बनाउन सबैले आवश्यक देखिएको छ ।