कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ७ दुर्गापुरस्थित फ्क्तालुङ एजुकेशन फाउण्डेशनको आयोजनामा एक दिवशीय विद्यार्थी र अभिभावकहरुका लागि प्यानल डिस्कर्सन कार्यक्रमको आयोजना गरिएको छ ।
सधै कितावमा मात्रै पढेका कुराहरुलाई प्रत्यक्ष साक्षीहरुकै सामु विद्यार्थीहरुले आआफ्नो जिज्ञासा राखेर प्यानल डिस्कसर्न गरिएको थियो ।
प्यानल डिस्कर्सनमा संविधानसभाकी सदस्य तथा माओवादी जनयुद्धकी कमाण्डर सुसिला कन्दङवा बर्षालाई विद्यार्थीहरुले तपाईको हात कसरी गुम्यो भनेर प्रश्न गर्दा सुशिला निक्कै भावुक बन्नुभएको थियो । कन्दङबाले जनयुद्धमा भोगेको तितामिठा अनुभव सुनाउदै आफ्नो हात गुमेपनि देश र जनताले निक्कै परिवर्तन पाएको भन्दै व्याक्तिगत कारणले देशले पाएको कुराका अगाडि आफ्नो समस्या सानो भएको बताउँनुभयो । सुशिलाका श्रीमान मणिकुमार साम्पाङ्ग बिजय समेत जनयुद्धकै घाईते हुन् । दुबै श्रीमान् श्रीमतीले जनयुद्धको गोली खाएका प्रतिनिधि पात्र रहनुभएको छ ।
यसैविच इतिहासका ज्ञाता समेत रहनुभएका अर्का ज्ञाता हरिध्वज खत्रीले देशभरका सबै स्थानको नाम कसरी भएको भन्ने वारेमा आफुले किताबै प्रकाशन गरेको जानकारी दिनुभयो । उहाँलाई विद्यार्थीहरुले आफ्नै गोत्रमा बिवाह गर्नु किन उचित नभएको लगायातको प्रश्न सोधेका थिए । खत्रीले पछिल्लो समयमा विद्यार्थी र अन्य व्याक्तिहरुमा पुस्तकको ज्ञान भन्दा अन्य अनलाईन र फाल्टु विषयवस्तुमा ध्यान जादा वास्तविक लेखक सर्जक अन्यायमा परेको गुनासो गर्नुभयो ।
फक्तातुङको उक्त कार्यक्रमको आकर्षणको केन्द्रमा झापा विद्रोहका नायक रामनाथ दाहालकी छोरी समेत रहनुभएकी कनकाई नगरपालिकाकी पुर्व उपमेयर मन्जु दाहाल प्रसाई रहनुभएको थियो । उहाँका वारेमा विद्यार्थीहरुले झापा विद्रोहको तयारी देखि सुखानी हत्याकाण्ड लगायातका वारेमा प्रश्न सोधेका थिए । खासमा पाठ्यक्रममा समेत अध्यापन गरिरहेको विषयमा लेखिएको कुरा र वास्तविक घटनाक्रममा तारतम्य मिल्छ मिल्दैन भन्ने कुरामा विद्यार्थीहरुको चासो र जिज्ञासा रहेको थियो ।
सुखानी हत्याकाण्ड वाहेक विद्यार्थीहरुले एक कार्यकाल कनकाई नगरपालिकाको समेत उपप्रमुखका रुपमा रहिसक्नुभएकी प्रसाईलाई तपाईको नगरको शिक्षा र विकास निर्माणका लागि केकति योगदान रह्यो भन्ने कुराको समेत जिज्ञासा राखेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले आफ्ना पुर्व वडाअध्यक्ष समेत रहनुभएका जेष्ठ नागरिक लीलाबहादुर कन्दङबा सग पुरानाकुरा र पहाडि जनजिवनका तितामिठा अनुभवहरुका वारेमा जानकारी लिएका थिए ।
कार्यक्रममा विद्यालयका आफ्नै पिन्सिपल ओमविक्रम नेम्बाङ्गका वारेमा समेत सानै उमेरमा ठुलो जिम्बेवारी कसरी निर्वाह गर्न सम्भव भयो भनेर प्रश्न सोधेका थिए । ओमविक्रमले २४ वर्षमै फक्तालुङ विद्यालयको स्थापना गरेर हालसम्म पिन्सिपलका रुपमा रहनुभएको छ । साथीहरु रमाइलो गर्न हिडदा आफु पिन्सिपल समेत भएकोले सामाजिक उत्तर दायित्वका कारण केही आफ्ना व्याक्तिगत रहर हरुलाई तिलाञ्जली दिनुपरेको विद्यार्थीलाई अनुभव सुनाउनुभएको थियो ।
कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक लक्ष्मीप्रसाद अधिकारीले गनुभएको थियो ।