कनकाई अनलाईन
दमकर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बहुदलीय व्यवस्था प्राप्तीको तीन दशकमा सातौं पटक चुनावी परीक्षामा छन ।
२०४८ सालयता आगामी ४ मसिंरमा हुने निर्वाचन समेत सातौं पटक हुँदैछ । बिगतमा भएका निर्वाचनमा निर्वाचित भएर ओलीले पार्टी र मुलुकको शक्तिशाली अर्थात दुई तिहाई बहुमत प्राप्त सरकारको नेतृत्व उनले गरिसकेका छन । तत्कालिन माओवादी केन्द्रसहितको नेकपा नेतृत्वको सरकारको समेत नेतृत्व गर्ने अवसरको उपयोग गरिसकेका छन ।
२०७४ मा ५ बर्षका लागि एमाले र माओवादीलाई ओलीकै नेतृत्वमा स्पष्ट बहुमतको सरकार बनाउने मौका मतदाताहरुले दिए । तर अफशोच ओलीले त्यो बहुमतलाई कायम राख्न सकेनन र सरकार ढल्यो । वामपन्थी सरकार ढलेपछि मुलुकले कांग्रेसको नेतृत्वमा सरकार पायो । शेरबहादुर देउवाले नेतृत्व गरेको वर्तमान सरकार मुलुकमा आम निर्वाचनमा केन्द्रित छ । मुलुक निर्वाचनमय भएको छ । देश विदेशको ध्यान नेपालको निर्वाचन र यहाँका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको जित हार के हुने रु भन्नेमा केन्द्रित छ ।
नेतृत्वमा निरन्तर
२०४८ साल पछिका निर्वाचनमा उनी पश्चिम झापाबाट निर्वाचित हुँदै आएका छन् । तर निर्वाचन क्षेत्र संरचना र पुनर्संरचनका क्रममा उनी निर्वाचित हुने भुगोलमा भने परिवर्तन हुँदै आएको छ । कहिले झापाको क्षेत्र नं ५ , ६ त कहिले ७ बाट हुँदै पछिल्लो पटक २०४८, २०५१ , २०५६, २०७० र २०७४ मा उनी निर्वाचित भएका थिए ।
दमक नगर केन्द्रबिन्दू रहेको २०५६ को क्षेत्र नं। ६ संविधान सभाको निर्वाचनका क्रममा २०६४ र २०७० मा भने क्षेत्र नं। ७ को रुपमा स्थापित भएको हो ।
२०५६ को मध्यावधी निर्वाचनमा झापाको तत्कालिन क्षेत्र नं। २ र ६ बाट उम्मेद्वार बनेका ओलीले दुवै क्षेत्रबाट निर्वाचित भए पछि क्षेत्र नं। ६ छोड्दै क्षेत्र नं। २ रोजेका थिए । उनले छोडे पछि क्षेत्र नं। ६ मा भएको उपनिर्वाचनमा भने एमाले झापाका तत्कालिन जिल्ला पार्टी प्रमुख देवेन्द्र दाहाल नेपाली कांग्रेसका डा। गोपाल कोईरालासँग पराजीत भएका थिए ।
पार्टीको अवस्था मजवुद हुँदाहुँदै पनि कांग्रेससहित अन्य सवै पार्टी एकातर्फ लागेर एमालेलाई एक्ल्याएका कारण झिनो मत अन्तरले एमाले पराजीत हुन पुगेको थियो ।
२०४८ सालको लालकिल्ला झापाका सवै निर्वाचन क्षेत्रमा एमालेले पराजय भोगि रहँदा पहिलो संविधान सभाको निर्वाचनमा ओली निर्वाचित हुने पुरानो भुगोल रहेको क्षेत्र नं। ६ बाट एमालेका दिपक कार्की निर्वाचित भएका थिए । तर पहिलो पटक २०६४ मा भएको संविधान सभा निर्वाचनमा भने तत्कालिन माओवादीका विश्वदिप लिङदेनसंग ओली पराजीत हुन पुगेका थिए । त्यस बेला लिङ्देनले १६ हजार ९९ र ओलीले १४ हजार ९ सय ५९ मत पाएका थिए ।
तीन संसदीय र दुई संविधानसभाका निर्वाचनमा ओली झापाबाट उम्मेद्वार बने । गृहनगर दमक केन्द्र बिन्दू मानेका उनी क्षेत्र परिवर्तनका कारण कहिले क्षेत्र नं। ६ र कहिले ७ नम्बरको उम्मेद्वार बने । ६ निर्वाचन मध्ये उनले पाँच पटक जिते भने एक पटक हारे ।
त्यो एक हार भनेको २०६४ को पहिलो संविधानसभाको निर्वाचन थियो । तर २०७० को दोश्रो संविधानसभामा ओली झापा क्षेत्र नं। ७ बाट १९ हजार २ सय ८७ मत सहित बिजयी भएका थिए ।
२०५१ को प्र्रतिनिधी सभा निर्वाचनमा ओली तत्कालिन क्षेत्र नं।६ बाट १८ हजार ८ सय ६१ मत ल्याएर बिजयी भएका थिए । त्यसबेला कांग्रेसका केशवकुमार बुढाथोकी उनका निकट्तम प्रतिद्वन्द्वी थिए । २०७४ मा ओली माओवादी र राप्रपाको समेत साथ पाएर कांग्रेसका डा। खगेन्द्र पाण्डव अधिकारीसंग दोब्बर बढी मतान्तरसहित विजयी भएका थिए ।
पार्टी भित्रको डनवाद र स्थानीय चुनाव परिणामको प्रभावनै चुनौती
यस पटकको निर्वाचनमा भने ओलीले क्षेत्र नं। ५ मा पाँच दलीय गठबन्धनको सामना गर्नुपर्नेछ । २०७४ मा ओलीको साथमा रहेको माओवादी केन्द्रको मात्रै होइन आफनै पार्टीबाट अलग भएर बनेको नेकपा एसको समेत साथ ओलीले यसपटक गुमाएका कारण यो निर्वाचन उनका लागि निक्कै चुनौतीपूर्ण बन्ने देखिन्छ ।
बाहिर कार्यकर्ता र आम मतदातालाई आश्वस्त पार्न एमालेले आफनो संगठन बलियो रहेको तर्क पेश गर्ने गरेको भएपनि यथार्थमा एमालेले ओलीको गृह जिल्ला झापा र विशेष गरी ओलीले निर्वाचन जित्नकै लागि राप्रपासंग झापामै दुई वटा प्रदेश सभा सदस्य र एउटा संघीय निर्वाचन क्षेत्र राप्रपालाई दिइसकेका छन ।
एकातिर भर्र्खरै सम्पन्न भएको स्थानीय तह निर्वाचनमा ओलीको क्षेत्रमा खास गरी ओलीका विश्वास पात्र भनिएकाहरुबाटै भएको अन्तर्घात, स्थानीय बिकासका एजेण्डाहरुमा राजनीतिकरण, योजनाहरुमा परेको पार्टी भित्रैका डनवादको प्रभाव र त्यही प्रभावका आधारमा भएका कृयाकलापले ओलीको क्षेत्रमा एमालेप्रतिको जनविश्वास घटदो छ ।
निर्वाचन क्षेत्र झापा ५ मा रहेका पालिकाहरुमा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा पालिका प्रमुखमा एमाले इतरले पाएको कुल मत भन्दा एमालेले पाएको मत नै कम भएबाटै ओलीलाई चुनाव जित्न कठिन पर्ने तथ्याङकले पनि देखाइसकेको छ ।
यो क्षेत्र अन्तर्गतका चार पालिका मध्ये एउटा गौरादह नगरपालिका बाहेक अन्य पालिकामा एमालेले गएको निर्वाचनमा नेतृत्व गुमाइसकेको छ । दमक, गौरादह , कमल र गौरीगञ्ज गरी चारवटै पालिकाको प्रमुखमा एमालेले पाएको कूल मत ४२ हजार ७ सय ९८ छ भने यिनै पालिकामा एमाले इतरमा रहेको कांग्रेस , माओवादी र राप्रपाले पाएको मत ४७ हजार ५ सय ६६ रहेको छ ।