Kanakai Online

राप्रपाले नसघाए खड्ग ओलीले चुनाव जित्दैनन्’ भूमिगत गिरोहले राप्रपामा चलखेल गर्दैछ राम थापा


बुधवार, मंसिर १५, २०७८ |

रातोपार्टीबाट
पाठकवृन्द
तपाईंँलाई आज हामी यस्ता एकजना स्थानीय झापाली राजनीतिज्ञसँग साक्षात्कार गराउँदैछौँ, जसका हातमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनाव जिताउने–हराउने चाबी छ । यिनै व्यक्तिको सहयोगमा ०७४ को चुनाव ओलीले अत्यधिक मतले जितेका थिए । अहिले उनी भन्छन्, ‘अब झापामा एक्लाएक्लै कसैले चुनाव जित्दैन । राप्रपाले सघाएन भने खड्ग ओलीजीले पनि जित्नुहुन्न ।’

हामीले चर्चा गर्न लागेका यी व्यक्ति हुन्– केपी ओलीको गृहनगर दमक निवासी राम थापा । हाल राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश नम्बर १ का अध्यक्ष रहेका थापा दमकका पुराना एवं चर्चित राजनीतिक हुन् ।

दमकमा लोकप्रिय रहेका थापाले राप्रपालाई ०४७ सालयता नगरपालिकामा सधैं दोस्रो शक्तिका रुपमा स्थापित गर्दै आएका छन् । थापाकै लोकप्रियताका कारणले गर्दा केपी ओलीको चुनाव क्षेत्र झापा–५ मा राप्रपाले ०७४ सालमा १३ हजार भन्दा बढी समानुपातिक मत पाएको रेकर्ड छ ।

झापाका चर्चित राप्रपा नेता थापासँग हामीले केपी ओलीको चुनाव क्षेत्रको अंकगणितीय अवस्थाबारे चासो राखेका छौं । तर, त्यो भन्दा पहिले दमक निवासी राम थापा को हुन् भन्नेबारे चर्चा गरौं, थापाकै मुखबाट–

अहिले मेरो घर दमकको मुख्य बजारमा छ । अहिले ६५ वर्षको भएँ । पाँचथरमा जन्मेर १३ वर्षको उमेरमा म दमक झरेँ । पहाडमा स्कुल थिएन, त्यसैले पढ्नका लागि झापा झरेको हुँ । ठूलोबुवाकोमा बसेर पढेँ । दमकस्थित हिमालय माविबाट ०३० सालमा एसएलसी पास गरेँ । त्यसपछि धरानको महेन्द्र क्याम्पसमा आइकम पढ्न गएँ ।

झापा झरेपछि म ०२९ सालदेखि नै पञ्चायत समर्थक राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा लागें । धरान कलेजमा शंकर थापा लगायतका साथीहरुसँग सम्पर्क भयो । ०३१ सालमा वीरगञ्जमा विद्यार्थी मण्डलको दोस्रो अधिवेशन भयो । त्यसमा कमल थापा अध्यक्ष चुनिए । म केन्द्रीय सदस्य बनें ।

वीरगञ्ज अधिवेशनबाट फर्केपछि धरानमा तत्कालीन अनेरास्ववियुका भाइहरुले मलाई कुट्नुभो । मैले एक–दुई लिटर नै रगत छादें । दुई दिनसम्म अत्यन्तै पीडा भयो । त्यसपछि पढाइ छाडेँ । ०३४ सालमा बनारस गएर आइए प्राइभेट पास गरेँ । ०३९ सालमा मेची क्याम्पसबाट डिप्लोमा पास गरें । त्यतिखेर राजेन्द्र लिङ्देन गोलधापमा ८ कक्षामा पढ्दै हुनुहुन्थ्यो ।

विद्यार्थी राजनीतिदेखि नै म उहाँसँग जोडिँदै आएँ । म विद्यार्थी मण्डलको केन्द्रीय उपसभापति हुँदा लिङ्देनजीलाई हामीले गोलधापको हाइस्कुलमा अध्यक्ष बनाएर पछि झापा जिल्लाको अध्यक्ष बनाएको हो । मान्छे उहाँ सानैदेखि अलिकति महत्वाकांक्षी र नेतृत्व गर्नेखालको हुनुहुन्थ्यो त्योबेला ।

राजेन्द्र लिङ्देनका बुबा तत्कालीन गोलधाप गाउँ पञ्चायतको प्रधानपञ्च हुनुहुन्थ्यो । दुई कार्यकालजति प्रधानपञ्च भएजस्तो लाग्छ मलाई । पहाड घर पनि पाँचथरमा उहाँको र मेरो सँगै हो । उहाँ त्यस्तो ठूलो सम्पन्न चाहिँ होइन तर, भात खान सक्ने परिवारको हुनुहुन्थ्यो

पढाइको सिलसिलामै ०३९ सालमा म तत्कालीन दमक गाउँपालिकाको १२ नम्बर वडाको वडाध्यक्ष भएँ । युनिभर्सिटी ज्वाइन गरेको थिएँ । वडाध्यक्ष भएपछि पढाइ सिद्धियो । अर्को कार्यकाल दमकको प्रधानपञ्चमा उठेर हारे ।


त्यहीबेला युवक संगठन दमकको सभापति भएँ । राजेन्द्रजी पनि गोलधापको युवकको अध्यक्ष हुनुहुन्थ्यो । उहाँलाई जिल्ला कमिटीमा सहयोग गर्यौं, तर पराजित हुनुभो । ०४६ सालमा बहुदलीय व्यवस्था आएपछि म राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट झापा जिल्ला विकासको उपसभापतिमा उठें । त्यतिखेर राजेन्द्रको पनि आकांक्षा थियो, तर म उमेरले सिनियर भएको नाताले मलाई छाडिदिनुभयो । मेरो ६ भोट रद्द भयो, ५ भोट खाली छाडियो । एक भोटले हारें । यसरी हामी राष्ट्रिय प्रजातन्त्र पार्टीमा निरन्तररुपमा आवद्ध भएर लागिराखेका छौं । राजेन्द्रजी पनि अहिलेसम्म निरन्तररुपमै लाग्नुभएको छ ।

मेरा एक छोरा र एक छोरी छन् । छोरी छोरी बिहे गरेर अमेरिका बस्छिन् । छोरा आइएनजीओमा काम गर्थे, लकडाउनमा काम बन्द भयो । अहिले क्याम्पसमा पढाउँदैछन् । श्रीमती चुरोट कारखानामा काम गर्थिन्, अहिले अवकाश पाएर गृहिणीको भूमिकामा छिन् ।

अब राप्रपा प्रदेश १ का अध्यक्ष थापासँग राजनीतिक कुराकानी गरौँ ।

राप्रपा देशैभरि कमजोर हुँदा पनि तपाईं र राजेन्द्र लिङ्देनको क्षेत्रमा चाहिँ ८र१० हजार भोट होल्ड गरेर बस्न सक्ने अवस्था कसरी आयो रु अझ केपी ओलीकै चुनाव क्षेत्रमा राप्रपा जोगियो चाहिँ कसरी रु यसको भित्री रहस्य के हो रु

वास्तवमा हामीले जतिखेर पञ्चायतको राजनीति गर्यौं, त्यतिखेरदेखि नै पञ्चायतसँग आवद्ध रहेका प्रधानपञ्च, उपप्रधानपञ्च, वडाध्यक्षहरु दमकमा छौं । त्यतिबेला राजेन्द्र लिङ्देनजीको जलथल र केचनामा प्रभाव थियो । त्यहाँ हाम्रा साथीहरुले बहुदल आइकन पनि जित्नुभो । यी कारणले पनि हाम्रो आधार भइराखेको थियो । पञ्चायतमा पनि यस क्षेत्रमा प्रधानपञ्चहरु हाम्रै हुनुहुन्थ्यो ।

अहिले राजेन्द्र लिङ्देनजीको क्षेत्रमा कृष्णप्रसाद सिटौला र मेरो ठाउँमा केपी ओली नै भए पनि हामीचाहिँ राप्रपामा लागेर स्थानीय चुनावमा बलियो भइराख्यौं । उम्मेदवार रहिरह्यौं । जनताको बीचमा गइराख्यौं ।

०७४ अघिसम्म दमक नगरपालिकामा १९ वडा थिए, पहिले ७ वटा र पछि ६ वटा वडामा त राप्रपाले एक्लै जितेको थियो । हाम्रो आधार कमजोर थिएन । यही आधारलाई हामीले निरन्तरता दिइरह्यौं ।

मैले गत स्थानीय चुनावमा काँग्रेस र राप्रपालाई मिलाउने धेरै प्रयत्न गरें । तर, काँग्रेसमा पञ्चायतका र राप्रपाकै साथीहरु बढी गएका कारण उहाँहरुले मेरो व्यक्तित्वसँग अलि पूर्वाग्रह राख्नुभयो । यही कारणले काँग्रेससँग गठबन्धन हुन सकेन । तर, एकचोटि डा। गोपाल कोइरालाले जतिखेर जित्नुभो, त्योबेला हामीले सहयोग गरेकै कारणले उहाँले जित्नुभएको थियो ।

अहिले पनि हल्दीबारी र केचना कवलमा राप्रपाले जितेको छ । राजेन्द्रजीकोमा जनसंख्या पनि थोरै छ भने मेरोमा जनसंख्या धेरै छ । केपी ओलीजस्तो प्रभावशाली मान्छे, पार्टीको राष्ट्रिय अध्यक्ष, एउटा राष्ट्रिय व्यक्तित्व भएको ठाउँमा यो त्यति सजिलो थिएन । तैपनि हाम्रो निरन्तर संगठन रहिरह्यो ।

गत स्थानीय चुनावमा म दमक नगरपालिका प्रमुखको निर्वाचनमा दोस्रो भएँ । यो हाम्रो निरन्तरताका कारणले भएको हो । म पञ्चायतकाल अहिलेसम्म दुईचोटि मेयरमा उठे, दुबैचोटि दोस्रो भएँ ।

झापाको यस क्षेत्रमा एमाले, राप्रपा, काँग्रेस र माओवादीको चारपक्षीय शक्ति देखिन्छ । यीमध्ये एउटाले अर्कालाई नसघाई एक्लै जित्ने स्थिति छ कि छैन रु जस्तो– ०७४ को चुनावमा यस क्षेत्रमा राप्रपाले केपी ओलीलाई भोट हालेको थियो । यहाँ राप्रपाले एक्लैचाहिँ कहिल्यै नजित्ने भयो हैन त ,

यहाँ अनौठो परिस्थिति छ । हामी राप्रपा, काँग्रेस, एमाले र माओवादी अलिअलि तलमाथि हौं तर चारैवटा पार्टी छौं । माओवादीचाहिँ प्रचारमा आएजस्तो बलियो होइन । ०७४ को चुनावको परिणामअनुसार एमाले पहिलो, दोस्रो राप्रपा र तेस्रो काँग्रेस नै हो ।

मैले गत स्थानीय चुनावमा काँग्रेस र राप्रपालाई मिलाउने धेरै प्रयत्न गरें । तर, काँग्रेसमा पञ्चायतका र राप्रपाकै साथीहरु बढी गएका कारण उहाँहरुले मेरो व्यक्तित्वसँग अलि पूर्वाग्रह राख्नुभयो । यही कारणले काँग्रेससँग गठबन्धन हुन सकेन । तर, एकचोटि डा। गोपाल कोइरालाले जतिखेर जित्नुभो, त्योबेला हामीले सहयोग गरेकै कारणले उहाँले जित्नुभएको थियो ।

दमकमा अहिले १० वटा वडामध्ये हामी दुईवटा वडामा छौं । ८ वटामा एमाले छ । काँग्रेस र माओवादीको उपस्थिति वडामा छैन । धेरै वडामा हामी कम्ति मतले हारेका छौँ ।

जहाँसम्म खड्ग ओलीको कुरा हो, ०७४ सालमा चाहिँ हामीले मुलुकभरिको परिस्थिति मूल्यांकन गरेर राजेन्द्र लिङ्देनजीलाई राप्रपाको एउटा सीट माग्यौं र खड्ग ओलीजीलाई सहयोग गर्यौं । झापा जिल्लाभरि सबैतिर राजेन्द्रजीका लागि हामीले सूर्यमा भोट हाल्यौं ।

गएको तथ्यांकलाई तपाईंले हेर्नुहुन्छ भने माओवादी, राप्रपा र एमाले मिलेर खड्ग ओलीले ५६ हजार मत ल्याएका हुन् । काँग्रेसले एक्लै २० हजार ५ सय मत ल्यायो । हामी ९राप्रपा० ले समानुपातिकमा १३ हजार ५ सय मत ल्यायौं । भनेपछि, राप्रपा र काँग्रेसको मात्रै मत जोड्नुभयो भने लगभग ४३ हजार पुग्छ । राप्रपाले दिएको मत घटाउने हो भने खड्ग ओलीको ४३ हजार मत हुन्छ । ९ओलीले पाएको माओवादीको मत पनि घट्छ० । हिजो पनि काँग्रेस र राप्रपा एक ठाउँमा भएको भए खड्ग ओलीको जित निश्चित थियो या थिएन, यो तथ्यांक आफैं बोल्छ ।

अब पनि राष्ट्रिय राजनीतिको जुन सिनारियो छ, झापामा एक्लाएक्लै कसैले जित्दैन । काँग्रेसले पनि आफ्नो कुनै पनि ठाउँमा जित्दैन । राजेन्द्रजीले पनि एक्लै जति गफ गरे पनि जित्नुहुन्न । खड्ग ओलीजीले पनि जित्नुहुन्न । माओवादीको त कुरै नगरौं ।

अब सबैको महाधिवेशनपछि जुन एउटा राष्ट्रिय रणनीति हुन सक्छ, त्यसले पनि आगामी जीत–हार कस्तो हुन सक्छ भन्ने मापदण्ड निर्धारण गर्ला ।

तपाईं अब संसदीय राजनीतिमा आउने कि दमक नगरपालिकामै लड्ने ?

म शाहीकालमा एकचोटि दमकको मेयर ९नगर प्रमुख० भएँ । तर, काम गर्ने एउटा अन्तिम प्रवल ईच्छा अझै पनि छ । सकभर अब आउने स्थानीय चुनावमा सम्भव भयो भने अरु कुनै पार्टीसँग गठबन्धन गरेर एकचोटि राष्ट्रिय राजनीति भन्दा पनि दमककै मेयरमा आफ्नो उपस्थिति देखाऔं भन्ने मनसाय छ ।

झापा जिल्ला त पञ्चायतकाल देखि नै कम्युनिस्टहरुको गड हो तपाईं किन कम्युनिस्ट हुनुभएन ? अर्थात् झापामा कम्युनिस्ष्ट हुनबाट कसरी जोगिनुभयो ?

मैले विद्यार्थी हुँदाखेरि नै दुईवटा कुरा अध्ययन गरें । मलाई पञ्चायतभन्दा पनि राजा महेन्द्रको राष्ट्रवादले प्रभाव पार्यो । राष्ट्रियता र देशभन्दा ठूलो कुनै विचार, पद्दति वा कुनै व्यक्ति हुँदैन भन्ने मलाई विद्यार्थी अवस्थामा नै लाग्यो । त्यसैले म पञ्चायत पक्षीय विद्यार्थी संगठनतिर आवद्ध भएँ ।

जब मैले अलि परिपब्व भएर केही बुझ्न थालें, मैले कम्युनिस्टहरुको दर्शन भन्दा पनि नजिकबाट व्यवहार नियाल्ने बानी बसालें । वास्तवमा कम्युनिस्ट भनेको एउटा ठूलो तीर्थ हो । ठूलो समर्पण, निष्ठा, इतिहास र त्याग हो । तर, जति विचारमा प्रतिवद्ध छन्, व्यवहारमा कम्युनिस्टहरु छैनन् ।

उहाँहरु कुनै मुद्दामा छलफल गर्नुपर्यो भने सत्य भन्दा पनि आफ्नो पक्ष हेर्नुहुन्छ । समर्पण भन्दा पनि स्वार्थमा बढी कुद्ने । कम्युनिस्टहरुको आचरणमा शुद्धता हुनुपर्ने हो नि त । व्यवहारमा पवित्रता हुनुपर्ने हो नि त । त्यो त देखिएन । पजेरो चढ्नुपर्ने । बेलुका अलिकति सन्ध्यालाभ गर्नुपर्ने १

कम्युनिस्ष्ट भनेको एउटा निस्ठामा त हुनुपर्ने हो नि । अरुजस्तो त होइन नि कम्युनिस्ट भनेको । यो त एउटा दर्शनसँग सम्बन्धित समूह हो नि त । मैले यो कुरा व्यवहारमा देखिनँ । त्यसैले म कम्युनिस्टहरुप्रति आकर्षित हुन सकिनँ क्या ।

उनीहरुबाट जुनसुकै चिज पाइए पनि व्यवहारले चाहिँ के लाग्छ भने म उहाँहरु भन्दा बढी कम्युनिस्ट हो । व्यवहारिकरुपमा गरीब निमुखा जनताप्रति म नै उहाँहरु भन्दा बढी जीवनभरि समर्पित छु जस्तो लाग्छ क्या मलाई । यही मेरो कामको हिसाबले खड्ग ओलीजस्तो मान्छे भएको ठाउँमा पनि मलाई दोस्रो पारिरहन्छन् । यो मेरो निष्ठा, व्यवहार र प्रतिवद्धताको कारणले हो ।

केपी ओलीसँग तपाईंको व्यक्तिगत सम्बन्धचाहिँ कस्तो छ ?

राम्रो छ ।

कहिलेदेखिको चिनजान हो ओलीसँग ?

उहाँ पहिलो आम चुनावमा गृहमन्त्री भएर जानुभो । त्यसपछि भएको स्थानीय चुनावमा हामीले दमकमा १९ मध्ये ७ वटा वडाहरु जित्यौं । ८ वटा एमालेले र ४ वटा काँग्रेसले जित्यो । ओलीले त्यो स्थिति देख्नुभयो । चुनाव जितेपछि उहाँ निरन्तर दमक गइरहनुभयो । हाम्रो व्यवहार र सबै कुरा देखेपछि उहाँले अहिले आफ्नो पार्टीका मानिसहरु जत्तिकै मलाई माया गर्नुहुन्छ । मेरो उहाँसँग असाध्यै राम्रो छ ।

अब ०७४ सालमा जस्तै केपी ओलीलाई नै भोट दिइराख्ने ?

अब त्यस्तो हुँदैन । एकचोटि हामीले राजेन्द्रजीका लागि केही पाइन्छ कि भनेर, केही पाउनका लागि झापाका चारवटा सीटमा सूर्यमा भोट हाल्यौँ । मलाई लाग्छ, अब मेरो व्यक्तिगत कुरो भन्दा पनि अब स्थानीय तहमा पार्टीको गठबन्धनको कारणले कुनै अर्को परिस्थिति जन्मियो भने त बेग्लै कुरा हो, होइन भने अब त्यो स्थिति नआउला ।

कम्युनिस्टलाई नै भोट हालेर बस्ने हो भने त राप्रपा भइरहनुको के अर्थ ?

अब त्यो हुँदैन । फेरि पनि संस्थागतरुपमै निर्णय भयो भने त म व्यक्तिको निर्णयको केही अर्थ हुँदैन, मैले निर्णय मान्नैपर्छ । तर, त्योदेखि बाहेक व्यक्तिगतरुपमा मैले कहिल्यै निष्ठा बेच्ने काम पनि गरेको छैन, त्यो हुँदैन पनि ।

झापामा काँग्रेससँग सहकार्य गर्नका लागि राप्रपाको तर्फबाट नभएर काँग्रेसबाटै समस्या हो त ?

पहिलाको परिस्थितिका कारणले त काँग्रेससँग जान सक्ने स्थिति थिएन । तर, अहिले दमककै हकमा सम्झनुभयो भने चाहिँ उहाँहरुको पनि उपस्थिति त शून्य भयो नि त । उहाँहरुको राष्ट्रिय गठबन्धनको कारणले म फेरि कम्युनिस्हरुसँग जानुपर्ने परिस्थिति बन्यो भने काँग्रेस–माओवादीको त्यो गठबन्धन काम लाग्नेवाला छैन ।

उहाँहरुले हामीसँग गठबन्धन गर्न चाहनुभयो भने र एमालेलाई नै उहाँहरुले आफ्नो पहिलो प्रतिस्पर्धी ठान्ने हो भने त झापाको यो ठाउँ हामीलाई दिनुभयो भने निश्चय पनि एमालेहरु कमजोर हुन्छन् । यो मैले भन्दा पनि उहाँहरुले बुद्धि पुर्याउने कुरा हो ।

अब उहाँहरुले यसो नगरेर आफैं खान्छु भन्ने हो भने मैले बाध्य भएर एमालेसँग जानुपर्ने हुन्छ । त्यसबेला उहाँहरुको भाग त फेरि शून्य हुन्छ । मेरो पहिलो कुरा तपाईंलाई एकदम प्रष्ट के भन्छु भने दमकको मेयरमा जसले हामीलाई सघाउँछ, त्यो पहिलो शर्त हो स्थानीय रुपमा गठबन्धनको । यसमा कुनै तलमाथि हुँदैन । किनभने, मेरो उमेर पनि ६५ वर्ष भयो । यसमा कसैले पनि मलाई बाध्य बनाउन सक्दैन । चाहे काँग्रेसले होस्, चाहे एमाले होस् । जसले मलाई मेयरमा सघाउँछ, गठबन्धनको पहिलो शर्त यही हो । यसैको सेरोफेरोमा हाम्रो आगामी कुरा बढ्छ दमकको हकमा । र, यसैलाई झापाभरि अन्य साथीहरुमा पनि लागू गर्न सकिन्छ । म राप्रपाको प्रदेश अध्यक्ष भएको नाताले मैले अरु ठाउँ र अरु जिल्लालाई पनि हेर्नुपर्ने हुन्छ । तर, दमकमा चाहिँ मेयर पहिलो शर्त हो ।

अबको तीनरचार महिनापछि स्थानीय तहको चुनाव हुँदैछ । त्यसमा अहिलेजस्तो खल्लो प्रदर्शन भयो र राप्रपाले एउटा स्थानीय तहमा एउटा पनि उम्मेदवार जिताउन सकेन भने जनताको आकर्षण त घट्छ । त्यस्तै, अबको एक वर्षपछि हुने संघीय चुनावमा हामीले राप्रपालाई राष्ट्रिय पार्टी बनाउन सकेनौँ भने त हामीलाई जनताले पत्याउँदैनन् र त्यो परिवेशमा हामी एक ठाउँमा उभिने स्थिति पनि बन्दैन ।

अब राप्रपाको जारी महाधिवेशनको सन्दर्भमा कुरा गरौं । तपाईं र राजेन्द्र लिङ्देन एकै ठाउँका नेता । पुराना साथी पनि । तर, राजेन्द्र राप्रपाको अध्यक्षमा उठ्दै गर्दा तपाईंचाहिँ किन कमल थापातिर लाग्नुभएको ?

राजेन्द्र लिङ्देन, म र अमर विष्ट भन्ने अर्को साथी पनि हुुनुहुन्छ । हामीबीचको आत्मीयताका कारणले नै झापामा राप्रपाको संगठन अघि बढेको हो । राष्ट्रिय राजनीतिमा हामी तलै बसेर भए पनि राजेन्द्रजीलाई पार्टीको महामन्त्री अनि प्रतिनिधिसभाको सांसद बनाउने कुरामा हाम्रो ठूलो योगदान छ, कसैले देख्नु नदेख्नु अलग कुरा हो ।

तर, राजेन्द्रजीको अहिलेको जुन स्थिति हो, हामीले एक–दुई महिना अगाडि पनि बसेर सल्लाह गर्यौं । हामीले दुई–तीनवटा कारणले अहिले राजेन्द्रजीलाई सहयोग गर्न नसक्ने अवस्था छ ।

एक– अहिले राप्रपाले लिएको एजेण्डा राजसंस्था, हिन्दु राष्ट्र र संघीयताको खारेजी का विचारक एवं प्रवर्तक त कमल थापा नै हुन् । यसमा कुनै दुईमत छैन । जसको नीति, त्यसकै नेतृत्व हुनुपर्छ । कमल थापालाई सहयोग गर्नुपर्ने पहिलो कारण यो हो ।

दोस्रो कारण – योभन्दा अघि पनि पार्टीको एकता महाधिवेशन ९०७३ फागुन० भएको थियो । त्यसमा आदरणीय पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पशुपति समशेर राणा र डा। प्रकाशचन्द्र लोहनीले कमल थापालाई वास्तवमै नेतृत्व प्रदान गरेर सर्वसम्मत छोडेको हो । त्यसबेला एकजना प्रदीपविक्रम राणा मात्रै उठ्नुभयो । तर, विडम्बनाको कुरा महाधिवेशनबाट कमल थापा निर्वाचित भइसकेपछि डा। लोहनीले महिना दिनभित्रै पार्टी फुटाउनुभयो । ६ महिनापछि पशुपतिजी पनि बाहिरिनुभयो । यसमा समग्ररुपमा कमल थापालाई अन्याय भयो कि भएन ? अन्याय गरियो कि गरिएन रु अब एकता भइसकेपछि यो एकताको पहिलो नेतृत्वकारी जिम्मेवारी त हिजो अन्यायमा पर्ने मान्छेलाई दिनुपर्यो नि ।

तेस्रो कुरा– अबको तीनरचार महिनापछि स्थानीय तहको चुनाव हुँदैछ । त्यसमा अहिलेजस्तो खल्लो प्रदर्शन भयो र राप्रपाले एउटा स्थानीय तहमा एउटा पनि उम्मेदवार जिताउन सकेन भने जनताको आकर्षण त घट्छ । त्यस्तै, अबको एक वर्षपछि हुने संघीय चुनावमा हामीले राप्रपालाई राष्ट्रिय पार्टी बनाउन सकेनौँ भने त हामीलाई जनताले पत्याउँदैनन् र त्यो परिवेशमा हामी एक ठाउँमा उभिने स्थिति पनि बन्दैन ।

अर्को कुरो– मेचीदेखि महाकालीसम्म सबै कार्यकर्ताको घरमा पुग्न सक्ने शीर्षस्थ नेता त कमल थापा नै हुन् नि त । यिनै चाररपाँचवटा कारणले गर्दा हामीले कमल थापालाई सघाएका हौं । यो एकताको महाधिवेशनमा कमल थापाको उपस्थिति अपरिहार्य आवश्यकताका रुपमा रह्यो ।

तपाईंले यो कुरा आफ्नै जिल्लाबासी राजेन्द्र लिङ्देनलाई भन्नुभएन ?

हामीले भन्यौं । राजेन्द्रजीले समय भन्दा पहिल्यै धेरै अवसरहरू पाउनुभयो । पार्टीले र कमल थापाले अवसर दिएर उहाँलाई यो उपल्लो तहमा पुर्याएको हो । उहाँले पनि त कसैका लागि एकचोटि गुन फिर्ता गर्ने वा निष्ठा कायम गर्ने अवसर चुकाउनुहुन्थ्यो त रु उहाँका लागि त उमेर फेरि पनि थियो नि ।

यद्यपि परिवर्तनमा युवा उमेरको मात्रै कुरा गर्ने हो भने उहाँले एकचोटि गठबन्धनका कारणले मात्रै माननीय जित्नुभएको हो । पार्टीमा २० वर्षसम्म माननीय जितेर मन्त्री भएर आएका मानिसहरुको व्यवस्था पनि चाहिँ के हुन्छ रु यस्ता कैयौं अनुत्तरित प्रश्नहरु त जिउँदै छन् नि । राजेन्द्रजीलाई चाहना आयो भन्दैमा मैले समर्थन गर्नुपर्छ भन्ने छैन ।

उहाँलाई कमल थापाजी लगायत हामी पूर्वका धेरै साथीहरुले पाँच वर्ष बसिदिन अनुरोध गर्यौं । तर, उहाँलाई हतार लाग्यो । वा कसैको उक्साहटमा परेजस्तो हामीलाई लाग्छ ।

म एउटा कुराचाहिँ के भन्दिउँ भने स्वर्गीय सूर्यबहादुर थापाले के भन्नुभएको थियो भने पञ्चायतमा एउटा भूमिगत गिरोह थियो है, त्यसले पञ्चायत पनि खाने भो, मलाई पनि लाने भो । अहिले म के देखिरहेको छु भने त्यो भूमिगत गिरोहको अवशेष जिउँदै रहेछ । यसले राप्रपा नेताहरुलाई कमजोर पार्ने षड्यन्त्र गरिराखेको छ । यसको शिकार कमल थापालाई बनाइने प्रयत्न भइराखेको छ ।

तर, लिङ्देनले त महाधिवेशनमा जित्छु भनिरहनुभएको छ नि ?

मलाई त लाग्छ, उहाँले हारिसक्नुभयो । प्रदेश नम्बर १ को चुनावमा नै मेरा विरुद्ध भक्ति सिटौलालाई उम्मेदवारी दिन लगाएर सेमी फाइनलमा नै पराजित भइसक्नुभयो । क्रिकेटमा भन्छन् नि, उहाँ त हाम्रो प्रदेश १ को घरेलु मैदानमा नै हारिसक्नुभयो ।

अहिले परिवर्तनका सम्वाहक दुईजना मान्छे हैनन् राजेन्द्र लिङ्देन र धवल शमशेर रु लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप उदय र मैले उहाँहरुलाई घरेलु आँगनमा नै पराजित गरिसक्यौं त । सेमी फाइनलमै पछारिसक्यौं त । अब फाइनलमा चाहिँ जित्ने कुरा कहाँबाट आउँछ रु जो मानिस आफ्नै आँगनमा सेमी फाइनलमा हार्छ, उसले फेसबुकमा हाहु गरेर फाइनलमा कसरी जित्छ रु

राजेन्द्र लिङ्देन अध्यक्षमा पराजित हुनुभयो भने राप्रपा फुट्दैन ?

योचाहिँ अनुमानको कुरा हो । उहाँले त्यसो नगर्नु होला । तर, बानी लागेपछि त्यो पनि दोहोरिन बेर लाउँदैन । विगतको इतिहास हेर्ने हो भने डा। लोहनीको स्वाभाव त चुनाब हारेपछि बस्नेखालको छैन । हामीले अप्ठ्यारो मानी–मानी भन्नुपर्ने हुन्छ, त्यो सम्भावना पनि हुन सक्छ । तर, त्यसो नगरिदिए हुन्थ्यो ।

झापाको राप्रपाचाहिँ अब एकै ठाउँ रहला त ? राजेन्द्र र तपाईं नै दुईधारमा बाँडिइसक्नुभयो।।।।

रहन्छ । अब चुनावमा पनि उठ्ने, जित हारको कुरा पनि गर्ने अनि एकै ठाउँ बस्ने कुरामा त कुनै दुबिधा छैन । मैले प्रदेश कमिटीको चुनाव लडें ।

म एउटा कुराचाहिँ के भन्दिउँ भने स्वर्गीय सूर्यबहादुर थापाले के भन्नुभएको थियो भने पञ्चायतमा एउटा भूमिगत गिरोह थियो है, त्यसले पञ्चायत पनि खाने भो, मलाई पनि लाने भो । अहिले म के देखिरहेको छु भने त्यो भूमिगत गिरोहको अवशेष जिउँदै रहेछ । यसले राप्रपा नेताहरुलाई कमजोर पार्ने षड्यन्त्र गरिराखेको छ । यसको शिकार कमल थापालाई बनाइने प्रयत्न भइराखेको छ ।

दोस्रो कुरा हामी हिन्दु धर्मलाई एउटा जीवन पद्दतिका रुपमा स्वीकार गर्छौं । अहिले हाम्रा त्रय नेताहरु पशुपति शमशेर, कमल थापा र डा। लोहनी भनेका ब्रह्मा, विष्णु, महेश्वरका रुपमा हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको इतिहासले यो स्थानमा राखेको छ । यो ऐतिहासिक जिम्मेवारी र कार्यकर्ताको भावनामा ठेस पुर्याउने काम यहाँहरुले नगरेर ब्रह्मा, विष्णु, महेश्वरको भूमिकामा बसेर पार्टीको यो जीवन्ततालाई बचाइराख्नुपर्छ ।

यसो गर्नका लागि त दोस्रो पुस्तालाई नेतृत्व दिएर कमल थापासहित तीनैजना अभिभावकका रुपमा बसे हुँदैन ?

यस्तो छ नि, तीन जनामध्ये सशक्त त कमल थापा नै हो । उहाँले पनि उहाँहरुलाई उचित व्यवस्थापनका लागि कञ्जुस्याइँ गर्नु हुन्न । गएको महाधिवेशनमा त उहाँहरुले कमल थापालाई नेतउत्व स्वीकार गरेकै हो नि । अहिले के अप्ठ्यारो पर्यो त ?