युवराज रेग्मी असोज २४ , दमक / नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समितिद्वारा झापाको दमकमा आयोजित ब्याटमिन्टन प्रतियोगितामा हरप्रहर मिडिया बिजेता बन्न सफल भएको छ ।
बिर्तामोडको आगन एफ. एम . विरुद्ध फाइनलमा २-१ सेटमा सफलता प्राप्त गरि प्रथम बन्न सफल भएको हो । हिन्दुहरुको महान पर्व बिजया दशमिको अबसर पारेर नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समितिले आयोजना गरेको पाचौं अन्तर मिडिया कप अन्तरगत दमक ब्याडमिन्टन कभर्ड हलमा आयोजित ब्याडमिन्टन( डबल ) प्रतियोगिता २०७८ मा सहभागी टिमहरुलाइ पछि पार्दै हरप्रहर मिडिया प्रथम हुन सफल भएको हो । अतिनै आकर्षक , आक्रमक र रोमान्चकारी भिडन्त भएको फाइनल खेलमा उपबिजेता बन्दै बिर्तामोडको आगन एफ. एम. ले द्वितीय स्थानमा चित्त बुझाएको थियो । प्रतियोगिताको समापन कार्यक्रममा बिजेता बन्ने मिडियाहरु लाइ कार्यक्रमका प्रमुख अतिथी संघीय संसद महिन्द्रा कुमारी सुब्बा र कार्यक्रमका सभापति तथा नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समितिका अध्यक्ष बिश्नु शुब्बा लगायतले पुरस्कार मेडल र प्रमाणपत्रले सम्मानित गरेका थिए ।
प्रतियोगितामा बिजेता बन्दै प्रथम स्थान हासिल गर्ने हरप्रहरले प्रथम पुरस्कार अन्तरगत नगद रु १०,००० र उपबिजेता बनेको आगन एफ. एम.ले द्वितीय पुरस्कार अन्तरगत नगद रु ६,००० प्राप्त गरेका थिए । कार्यक्रममा नेपाल प्रेश युनियन झापा साखाका अध्यक्ष इन्दु पुर्बेली , नेपाल पत्रकार महासंघ झापा साखाका सचीव डिकेश लामा लगायतको उपस्थिति रहेको थियो ।