कनकाई अनलाईन
काठमाडौं, २१ वैशाख । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
दाङ क्षेत्र नं। २ ९ख० बाट निर्वाचित एमाले सांसद डाँगी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र लुम्बिनी प्रदेशकी सांसद दामा शर्माले डाँगी माओवादीमा प्रवेश गरेको र औपचारिक रुपमा स्वागत गरिने बताइन् ।
यसअघि सूर्य चिन्हबाट चुनाव लडेकी सांसद विमल खत्री पनि माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् । उनी दाङ क्षेत्र नम्बर ३ ९ख० बाट निर्वाचित सांसद हुन् ।
डाँगी माओवादी केन्द्रमा प्रवेश गरेपछि अब मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा ३८ सांसद हुनेछन् । एमालेबाट निर्वाचित सांसद दृगनारायण पाण्डेयले राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए ।