कनकाई अनलाइन
सुकेडागी सामुदायिक वन समुहको निर्वाचनमा अध्यक्ष पदमा माओवादी केन्द्रबाट उम्मेद्धारी दिएकी शान्ति उपाध्याय ८५ मतले बिजयी बन्नुभएको छ ।
शान्तिले २९७ मत ल्याउनु भयो भने उहाँका प्रतिद्धन्द्धी नेकपा एमाले र कांग्रेस समर्थित कमल ढकालले जम्मा २१२ मत मात्रै ल्याउनु भएको छ ।यसैगरि नेकपा र कांग्रेसकै प्यानलबाट उपाध्यक्षमा उम्मेद्धारी दिनुभएका तीर्थ श्रेष्ठलाई समेत बागी उम्मेद्धारी दिनुभएका लालबहादुर राईले धेरै मतान्तरले बिजयी हुनु भएको छ । लालबहादुरले ३३८ मत ल्याउदा तीर्थले १६९ मत मात्रै ल्याउनुभएको छ । जसमा २७ मत भने बदर भएको निर्वाचन आयोगका आयुक्त माधव ढकालले बताउँनुभयो ।सुकेडाँगी सामुदायिक वन उपभोक्ता समुह सुरुङ्गामा अहिले निर्वाचन सम्पन्न भएको छ ।
जम्मा ५४९ जना मतदातामा ४३६ जना मतदानमा सहभागि भएको निर्वाचन आयुक्त माधव ढकालले कनकाई अनलाईनलाई बताउँनुभयो । सुकेडाँगी सामुदायिक वनमा जम्मा १३ जनाले मात्रै मतदानमा सहभागि भएनन । आज बिहान ९ बजेदेखि अहिले ३ बजेसम्म भएको निर्वाचनमा पहिलो मतदान ८७ बर्षिय पदम सेलवाल र अन्तिम भोट ६० बर्षिय पुर्णबहादुर गुरुङ्गले हाल्नुभएको निर्वाचन आयोगका सदस्य श्रीप्रसाद खरेलले बताउँनुभयो ।यस बर्षको निर्वाचनमा मुख्य दुई पद अध्यक्ष र उपाध्यक्षमा मात्रै भएको छ । बाकी पदहरुमा भने सर्बसम्मत भएको छ । यस पटक नेकपा एमाले, कांग्रेसको तर्फबाट कमल ढकाल र माओवादी केन्द्रको तर्फबाट शान्ति उपाध्याय चुनावी भीडन्तमा रहनुभएको छ ।
सुकेडाँगीको निर्वाचनको मत परिमाणले कनकाई सामुदायिक वन लगायात अन्य क्षेत्रको निर्वाचनमा समेत असर गर्ने भएकोले यस निर्वाचनलाई सबैले चासोका रुपमा हेरिएको छ । यता उपाध्यक्षमा समेत लालबहादुर राई र तीर्थ श्रेष्ठले प्रतिस्पर्धामा रहनुभएको छ ।यसअघि सचिवमा गोमादेवि बोहोरा –निरौला ) सहसचिवमा खिलनाथ गुरागाई र कोषाध्यक्ष पत्रकार आईपी भट्टराई सर्बसम्मत हुनुभएको छ ।