कनकाई अनलाईन
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिर्तामोडमा संचालित बिएण्डसी टिचिङ्ग हस्पिटलले चाडै टिचिङ्ग अस्पतालको सम्बोधन पाउने बताउँनुभएको छ ।
आज बिर्तामोडमा विएण्डसी अस्पतालकै मातहतमा संचालित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लामो समयदेखि टिचिङ अस्पताल लेखेर पनि संचालनको अनुमति नपाएको विएण्डसी अस्पतालमा अब टिचिङको अनुमति दिइने बताउँनुभयो । बिएण्डसी अस्पताललाई सम्बोधन काठमाण्डौ विश्वविद्यालयले दिने समेत बताउँनुभयो । हाल अस्पतालका रुपमा मात्रै चल्दै आएको यस अस्पताललाई चाडै शिक्षण अस्पतालका रुपमा अनुमति दिइने छ ।
विएण्डसी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालको संचालनपछि देश तथा विदेशका नागरिकका लागि सर्बसुलभ उपचारको प्रबन्ध यहि हुने समेत प्रधानमन्त्री ओलीले बताउँनुभयो । विश्वकै सस्तो र गुणस्तरीय उपचारका लागि नेपालमै सम्भव भएको भन्दै प्रधानमन्त्री ओलीले सस्तो उपचारका लागि नेपालमा आउन समेत विश्वका नागरिकलाई आव्हान समेत गर्नुभयो । प्रधानमन्त्रीले देशलाई अस्पताल र मेडिकल कलेजहरु, इन्जिनरिङ कलेजहरु प्राविधिक शिक्षालयहरु चाहिएको भन्दै सरकार कम्तीमा सबै जिल्लाहरुमा प्राविधि क्याम्पसहरु संचालन गर्ने तयारीमा जुटेको बताउँनुभयो । प्रधानमन्त्रीले देशलाई निरोगी जनताको देश बनाउने महाअभियानमा हिडेको भन्दै सरकारले यसका लागि एक्कै समयमा ३०९ अस्पतालको शिल्यान्यास गरिसकेको बताउँनुभयो ।
कार्यक्रममा सरकारका महाधिवक्ता अग्नि खरेलले संविधानमा लेखेर मात्रै समृद्धि नआउने यसका लागि निजि क्षेत्रको समेत सहभागिता रहनुपर्ने बताउँनुभयो ।
कार्यक्रममा विएण्डसी अस्पतालका प्रबन्ध निर्देशक दुर्गा प्रसाईले आफुले राजनैतिक कारण लामो समयसम्म अस्पतालले टिचिङ अस्पतालको अनुमति नपाएको भन्दै सबै प्रक्रिया पुर्याएर पनि सम्बोधन नपाएको र विभिन्न मिडियामा समेत आरोपको सामना गर्नुपरिरहेको बताउँनुभयो । प्रसाईले मिडियामा खेपेका आलोचनाका शब्दबाटै मार्सि बियर, माफिया ह्वस्की र डन इनर्जीको उत्पादन समेत सुरु गरिसकिएको बताउँनुभयो ।
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ