लीलाराज झापाली
प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदप्रति आफ्नो कहिल्यैपनि नकरात्मक भुमिका नरहने बताउँनुभएको छ । झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अदालतले संसद स्थापनामा आफ्नो कुनै प्रतिक्रिया नभएको तर अवको दिन प्रतिनिधिसभा कसरी अगाडि बढ्छ राजनिति कसरी अगाडि बढ्छ त्यसमा अदालतको फैसलाको मुल्याङ्कन हुने बताउँनुभएको छ । प्रधानमन्त्रीको हिसाबमा अदालतले गरेको फैसला मान्य हुने भन्दै यसका लागि फागुन २३ गते सांसद अधिवेशन बोलाएको बताउँनुभयो । सांसदको अधिवेशन राम्ररी चलाएर अगाडि बढाउने आफ्नो प्रयास रहने प्रधानमन्त्रीले बताउँनुभएको छ । सांसद अधिवेशनमा आफ्नो कहिल्यैपनि नकरात्मक भुमिका नरहने भन्दै यसका लागि आफु कहिल्यैपनि यो पाउँ त्यो पाउँ भनेर मुद्धा लड्न नगएको भन्दै आफु माग्न जादा दरखास्त हाल्न जादा जहिल्यै पनि सिधै नेपाली जनताकोमा जाने बताउँनुभयो । आफुमाथि अन्याय भएको खण्डमा म मागि अन्याय भयो तपाईहरुले न्याय दिनुहोस भन्दै नेपाली जनताको माझमा जाने र जनताले मात्रै न्याय दिनेमा आफ्नो विश्वास रहेको प्रधानमन्त्री ओलीले बताउँनुभयो ।
नेकपाका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले अहिले पनि आफुलाई प्रधानमन्त्रीबाट कसैले हटाउन सक्ने भए आफुलाई हटाएर देखाउन चुनौती दिनुभयो । कसैले हटाउन सक्छ भने हटाओस तर मलाई हटाउन भनेजतिको सजिलो छैन भन्दै कसैले हटायो भने आगामी २ बर्षपछि हुने चुनावमा दुई तिहाई ल्याएर सिंहदरबारमा आउने बताउँनुभयो ।
देशलाई बिग्रन दिन नहुने र आफुहरुले बनाएको बाटोमा रोकिन दिनु नहुने भन्दै आफुहरुले आफ्ना छिमेकीहरुका लागि आफ्ना सम्प्रभुता र हितहरुलाई मध्यनजर राखेर छिमेकीहरुसग मैत्रीपुर्ण सम्बन्ध राख्नुपर्ने भन्दै अर्का छिमेकी देशका लागि कन्र्फटेबल सरकार नभएर नेपाली जनताका लागि कन्र्फटेबल सरकारको स्थापना गर्नुपर्ने बताउँनुभयो । आफुहरु सबैसग मित्रवत सम्बन्ध राख्ने तर आफ्नो गन्तव्य समृद्ध नेपाल र सुखी नेपाली भएको बताउनुभयो । अरुलाई खुसी पार्ने कुरो आफ्नो नभएको प्रधानमन्त्री ओलीले बताउँनुभयो ।
यसका लागि सरकार सिद्धिएका उद्योगहरु पुन संचालन गर्ने र बाझा रहेका खेतहरु हराबरा बनाउने अभियानमा सरकार रहेको बताउँनुभयो । कृषिको आधुनिकीकरण र पर्यटन क्षेत्रको उत्थानमा सरकारको ध्यान जाने बताउँनुभयो । समृद्ध नेपालको अभियानमा सरकार र निजि क्षेत्र एकसाथ अगाडि बढ्ने समेत ओलीले बताउँनुभयो । सरकारले माटोको परिक्षण लगायातमा डिजिटल प्रविधि भित्रिसकेको बताउँदै ऐयर एक्सरेबाटै माटोको परिक्षण गर्ने प्रविधि नेपालमा भित्रिसकेको समेत भन्दै प्रधानमन्त्री ओलीले देश डिजिटल युगमा प्रवेश गरेको बताउँनुभयो । हालसम्म देशले विकासका हिसाबले यसप्रकारको सरकार नपाएको बताउँदै अबका दिनमा देशमा कहिपनि फुस्का छानाहरु नराख्ने अभियान ल्याइएको बताउँनुभयो । जनता आवाश कार्यक्रम अन्र्तगत सुविधा सम्पन्न घरहरु बनाएर प्रदान गरिरहेको बताउँदै सरकार मानवअधिकारका हिसाबले पनि न्युनत्तम जगबाटै मानवअधिकारको रक्षा गरिरहेको बताउँनुभयो । देशमा पहिलेका सरकारमा बर्षमा १० किलोमिटरका दरले बाटो बन्ने गरेकोमा हाल हरेक दिन ५ किलोमिटर भन्दा बढीका दरले बाटो बनिरहेको बताउँनुभयो । यस सरकारको अवधिमा ९ सय भन्दा बढी सडक पुलहरु सयौको सङ्ख्यामा झोलुङ्गे पुल निर्माण भएको तुइनहरु ीबस्तापित भएको बताउँदै यतिको विकास दन्त्य कथामा मात्रै सम्भव हुने दावी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले अवका दिनमा नेपाल कम विकसित देशबाट विकाशील देशका रुपमा समितिले सयुक्त राष्ट्रसंघका सिफारिस गरिसकेको बताउँदै चाडै नेपाल विकाशील द
ेशका रुपमा विश्वमा सुचिकृत हुने जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले कोरोनाबाट विश्वमै कम क्षति हुने देशभित्र नेपालपनि परेको बताउँदै खोप नबनाए पनि खोप बनाउने देशका नागरिक सगै कोरोना खोपहरु देशका नागरिकलाई लगाउन पाएको बताउँनुभयो । सरकारले भष्ट्राचारलाई जरैदेखि उखेलेर फाल्ने अभियानमा रहेको भन्दै भुमाफियाहरुले कब्जा करेको सयौ बिगाह जमिन फिर्ता ल्याउन सरकार सफ लबनेको बताउँनुभयो । प्रधानमन्त्री ओलीले पशुपतिमा सुनको जलाहारी चढाउदा यसको बिरोध भएको भन्दै नेपालीहरु र विश्वका हिन्दुको को आस्थाको केन्द्र पशुपति नाथमा जलहारी दिनुमा आलोचना गर्न कुनै कारण नभएको बताउँनुभयो ।
कार्यक्रममा सरकारका महाधिवक्ता अग्नि खरेल, नेपाल उद्योग बाणिज्य महासंघका चण्डीराज ढकाल लगायातले बोल्नुभएको थियो ।
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ