कनकाई अनलाईन
झापाको बिर्तामोडमा दक्षिण एसियाकै सुविधा सम्पन्न क्यान्सर अस्पताल संचालनमा आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र संविधानसभाका अध्यक्ष सुभासचन्द्र नेम्बाङ्गले मंगलवार बिर्तामोडमा संचालित पूर्वाचल क्यान्सर अस्पतालको विधिवत उद्घाटन गर्नुभयो ।
६ सय करोडको लगानीमा संचालित ३०० बेड क्षमताको उक्त अस्पताल बर्ष दिन अगाडिबाट संचालनमा आएपनि हालमात्रै विधिवत रुपमा संचालनमा आएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताउँनुभयो ।
अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल स्वास्थ्य उपचार र परिक्षणका लागि विश्वमै सस्तो र गुणस्तरीय सेवा दिने मुलुक भएको बताउँनुभयो । बिर्तामोडमा खुलेको अस्पतालले नेपालको मात्रै नभएर विदेशी नागरिकका लागि समेत स्वास्थ्यका लागि सहज भएको प्रधानमन्त्री ओलीले बताउँनुभयो ।
कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी निर्देशक प्रसाईले आफु यस अघि जिब्रोको क्यान्सरको बिरामी भएको भन्दै आफु बिरामी हुदा पाएको सास्तीलाई संम्झेर आफुले गाउँमै सुविधासम्पन क्यान्सरको अस्पताल खोलेको बताउँनुभयो ।
आफुले चाडै अस्पतालमा मृगौला र मुटु प्रत्यारोपणको समेत सुविधा थप्न लागेको जानकारी दिनुभभयो । २०६७ सालमा झापाको बिर्तामोडमा संचालित विएण्डसी अस्पताल खुलेको ९ बर्षपछि सोही अस्पतालको स्वामित्वमै रहनेगरि अर्को पूर्वाञ्चल अस्पताल संचालमा आएको हो । अस्पतालमा विश्वकै उत्कृष्ट उपकरणहरु जडान गरिएको अस्पतालका निर्देशक प्रसाईले बताउँनुभयो ।
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ