लीलाराज झापाली
कनकाई ननगरपालिकाभित्र पचासौ बर्षदेखि बसोवास गर्दैै आएका भुमिहिन तथा अव्यवस्थित बसोवास गर्दै आएका दश हजा घरपरिवार यसै बर्षभित्रै धनीपुर्जा पाउने भएका छन ।
नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले आफुले निर्वाचनमा गरेको प्रतिवद्धता अनुरुपको पहिलो चरणको काम भुमिहिन र अव्यवस्थित जमिनमा बसोबास गर्नेलाई धनीपुर्जा बितरणको काम गर्ने अन्तिम तयारीमा जुटिसकेको कनकाई साप्ताहिकलाई बताउँनुभयो ।
हाल कनकाई नगरपालिकाभित्र सम्पुर्ण घरपरिवारहरुको लगत संकलन गरिसकिएको र हाल धर्नीपुर्जाका लागि धमाधम फर्म भर्न थालिएको यसको काम पनि एकसाताभित्रै पूरा गरिसकिने भुमि तथा कृषि परिवेश अध्यान कार्यक्रम कनकाईकी प्रमुख रनिता गौतम कट्टेलले बताउँनुभयो ।
यसका लागि कनकाई नगरपालिकाभित्र मात्रै ५२ जना कर्मचारी यस कामका लागि चौविसै घण्टा खटिरहेको गौतमले कनकाई साप्ताहिकलाई बताउँनुभयो ।
यता आफ्नो ६ कठ्ठा जमिनका लागि टास्न फोटो खिचाउन कनकाई ७ बाट आमाछोरा सगै आउनुभएका मोहन काफ्ले र तारा काफ्ले जीवनमै यतिको खुसीको दिन नआउने बताउँनुभयो । हामीसग जमिन त थियो तर सिचाईका लागि मिटर माग्न जादा सुतिखेत ीगर्नका लागि थोरै भएपनि ऋण माग्न जादा धनीपुर्जा नहुदा कुकुरले नपाएको दुख्ख पाएका थियौ अब भने हामी र हामी पछिको पुस्ताले यो दुख्ख खेप्पिनुपर्ने छैन उहाँहरुले भन्नुभयो । काफ्लेद्धयले देशभरमा आफ्नो नाममा भनेकै ६ कठ्ठा ऐ्लानी भुमि मात्रै रहेको छ ।
हाल कनकाई नगरपालिकाको ७ नम्बरमा ऐलानी र अव्यवस्थित वसोबासका लागि दुई भिन्न भिन्दै फर्म भरेर सकाइसकेको र टोटल स्टेशनबाटै जिपिएस प्रविधिबाट जग्गा नाप्ने काम समेत सकिसकेको कनकाई नगरप्रमुख पाखरेलले बताउँनुभयो ।
यो प्रविधिबाट जग्गा नाप्दा सजिलो र छिटो हुने समेत पोखरेलले बताउँनुभयो ।
प्रदेश नम्बर एकमै कनकाई र उदयपुरको बेलका नगरपालिकामा मात्रै यो प्रविधिबाट जग्गा नापजाँच गरि धनीपुर्जा बितरणको अन्तिम तयारीमा नगरपालिका जुटिरहेको छ । कनकाईमा कनकाई माइले छाडेको जमिन , ऐलानी जमिन र जग्गा झाँडफाड गरेर ६० बर्षदेखि यहाँ स्थायी वासिन्दाहरुको बसोवास रहेकोले धनीपुर्जा बितरण हुन सकेको छैन ।
धनीपुर्जा बितरणका लागि यहाँ धेरै शक्तिशाली आयोगहरु बनेपनि कनकाईवाशीले धनीपुर्जा भने नपाएको गुनासो पचासौ बर्षदेखि सुनिन्दै आएको छ ।
कनकाई नगरपालिकाको ७ नम्बर वार्डपछि ९ नम्बर वार्डमा यो प्रविधिबाट नापी हुन लागेको नगरप्रमुख पोखरेलले बताउँनुभयो ।
बाकी वार्डहरुमा समेत चाडै नापि फोटो टास्ने लगायातका कामरु सम्पन्न गरिसकिने नगरप्रमुख पोखरेलले बताउनुभयो ।
बसोबासका लागि बढीमा एक कठ्ठा र जमिनका लागि बढीमा ६ कठ्ठा जमिन जोतभोगका आधारमा कनकाईवाशीले निशुल्क पाउने र र बढीमा डेढ बिगाह सम्म जमिन समेत केहि सिमित शुल्क लिएर पाउने पोखरेलले बताउँनुभयो । यसका लागि ८० प्रतिशतसम्म काम सम्पन भएको छ कनकाई साप्ताहिकसँग नगरप्रमुख पोखरेलले बताउँनुभयो ।
Trending
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ
- विश्व रेडक्रस दिवशमा सुरुङ्गामा भवन उदघाटन सहित दाता सम्मान
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या
- झापामा ६३ प्रतिशतले खाए हात्ती पाईलेको औषधि
- कनकाईमा हात्ती पाईलेको औषधि खुवाउने अभियान सफल
- झापामा ८५८ हतियारलाई इजाजत,१३० वटामात्र नविकरण
- माता तिर्थ औंशीमा आमालाई दिने उपहार तयार गर्दै कन्चन ज्योतिका बिध्यार्थी