कनकाई अनलाईन
भर्खरै कनकाई नगरपालिका २ मा स्थापना भएको सक्षम युवा क्लवले सरसफाई लगायातका विविध सचेतनामुलक कार्यक्रम सुरु गरेको छ ।
क्लवका अध्यक्ष कपिल बिकको अध्यक्षतामा भएको सचेतनामुलक कार्यक्रम कनकाई २ को मगर संघको भवनबाट वार्डअध्यक्ष परशुराम गिरीबाट उद्घाटन गर्नुभएको थियो । युवा क्लवका ठुलो सङख्यामा रहेका सदस्यहरुको समुहले मगर संघको भवन, माता मन्दिर, पंचकन्या प्रावि सरस्वती मावि र बाटो क्षेत्रमा सरसफाई कार्यक्रम गरेको थियो । सो अवशरमा क्लवले उक्त विद्यालयमा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री समेत बितरण गरेको क्लवका संरक्षक तथा कनकाई साप्ताहिकका सहसम्पादक आइपी भट्टराईले बताउँनुभयो ।
उक्त कार्यक्रमको प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल रहनुभएको थियो । पोखरेलले युवाका जुझारुपनबाट अन्य क्षेत्र , समुदायले समेत धेरै कुरा सिक्नुपर्ने बताउँनुभयो ।
कार्यक्रममा पंचकन्या प्राविका प्रमुख रन्जिता श्रेष्ठ, विद्यालयका अध्यक्ष भानु खबास, पिटिए अध्यक्ष कुमार राय, सरस्वती माविका सहायक प्रअ निर्मल खनाल, कनकाई २ का वार्डसदस्य प्रताप राई, समाजसेवी इन्द्रथापा मगर, गंगाप्रसाद ढुङ्गेलको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन सुमन मगर र अभिषेक मगरले गर्नुभएको थियो ।