भद्रपुर,असोज- २४ गते।झापाको भद्रपुर -३ पैतिस लाईन स्थित एरियाबाट अतिसबाजी (पटका) सहित अटो चालक पक्राउ परेका छन । पक्राउ पर्नेमा भद्रपुर-४ का ४२ बर्षीय ढाक्रे राजबवंशी रहेका छन।
विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले हिजो साझँ ७ बजे मे१ ह ३४१३ नम्बरको अटोलाई नियन्त्रणमा लिईएको थियो । अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा अटो भित्र लोट गरी लुकाई छिपाई राखिएको अवस्थामा ५८ बण्डल खुर्सानी पटका फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।बरामद गरिएको पटका र अटो सहित चालक राजबवंशीलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखी कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।