कनकाई अनलाइन।कामाटोली,असोज २४।झापा गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाको सरुवा हुने भएको छ।उहाँको सरुवा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको साखा अधिकृतमा हुन लागेको गाउँपालिका स्रोतले बताएको छ।
निरौला यस पालिकामा बिगत १० महिनादेखि कार्यरत हुनुहुन्थ्यो।निरौलाको सरुवा पत्र आइसकेको र यही हप्ता भित्र अदुअआको कार्यालयबाट उहाँले सेवा प्रबाह गर्ने निश्चित भएको बताइन्छ।अब झापा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा आउने ब्याक्ती को हुन भन्ने निर्णय अहिले सम्म टुङ्गो नलागेको स्रोतले बताएको छ।