✍️असिम पराजुली
हो, म नेपाली हुँ र पनि म प्रष्ट भन्न सक्छु कि मेरो समाजले फरक व्यक्तिलाई फरक धाराबाट मूल्याङकन गरिरहेको हुन्छ । नेपाली समाज अहिले सम्पतिवादी र ढेवावादी हुँदै गर्दा मानवता विर्सदै गएको कुरा यहाँहरु सबैलाई स्पष्टनै छ । हुन त गरिबको पेटमा लातले हानेर धनीको पेटमा भत्ताले हान्ने शिक्षा सरकारले दिएको देखिन्छ ।तर , यसो भन्दै गर्दा हामी नेपाली के भेडा हो ?सरकारले देखाएको अध्याँरो बाटो मा टुकि नबाली हिड्न जरुरी छ र? के हामी हाम्रो स्वविवेकले हिड्न हुँदैन र ? नेपाली हामी आफ्नो काममा ध्यान नदिएर अरुलाई मुल्याङ्कन गर्न खुब रुचाउँछौ । अझ गरिब र गरिबीलाई मुल्याङ्कन गर्न चौपट सिपालु छौँ । नेपाली समाजले गरिब र उसको गरिबीको धज्जी उडाउन उमेर नभन्ने रहेछ । धनी को बच्चालाई तपाई, हजुर देखि लिएर राजा भन्दै श्रीपेच लगाईदिन समेत पछि नहट्ने हाम्रो समाज त्यहि उमेरको गरीबको बच्चालाई एक फाटो पुरानो कपडा दिन त परको कुरा तिमी समेत नभनी गाली जस्ता शब्द प्रयोग गरेको उदाहरण बजार भरी छरपष्ट देखिन्छ ।
के धनीको बच्चाको मन, मष्तीष्कमा मात्र असर पर्छ र?गरिबको बच्चाको मन मष्तिस्क हुदैन र ?हुन त गरिबी र भेदभाव हटाउँछु भनेर युद्धमा होमिनु भएको कमरेडहरु त हात उठाएर आँफै सिद्धान्त विपरित हिँडिरहेको यो समाजमा म नाथेले केहि शब्द लेख्दैमा आमुल परिर्वतन के आउला र?अहिले सामाजिक सञ्जालमा व्यस्त हाम्रो समाजले पैसा हुनेहरु र गरिबका बच्चालाई कसरी मूल्यांकन गर्छ त ?
धनीका बच्चाहरुले ६÷७ वर्षको उमेरकको हुनासाथ व्यक्तिगत मोबाइल , ल्यापटप त्यो पनि ब्रान्डेड लिँदा कति टाठो उल्लु सर हजुर को छोरा भन्ने पल्ला घरको रामे काका गरिबको १६ वर्षिय सन्तानले बाटोमा भेट्टाएको नोकिया को टिकटिके मोबाइल चलाउँदा ओए विद्धवाने, तरो छोरा खुुुब मोवाइलमा व्यस्त भएको देख्छु बिग्रेला है समयमै विचार गर भन्न पछि नसरेको उदाहरण चुर्ना सरी मेरो समाजमा भेटिन्छन् ।त्यसै गरी ठूलाबडा चील्लो गाडी चढेर एग्द्य,द्यब्च् छिरेर जे खाए पनि अमृत सरी मानिने हाम्रो समाजमा गरिबीले हिड्दा हिड्दै तिर्खाले आँत सुकेर एउटा छाप्रो जस्तै भट्टीमा पानी खाएर निस्कदा बिष सरह मानिन्छ ।धनीको परिवारमा जन्मने बित्तिकै पुतलीको छाप हान्ने र गरिबिको परिवारमा जन्मनासाथ झुसिले किराको छाप हान्ने हाम्रो समाजले किन विर्सिन्छ त्यहि झुसिले किरा नै पछि गएर पूतली बन्छ भन्ने कुरा !आखिर गरिब र गरिबीपनलाई कहिलेसम्म हुन्छ अन्याय ?के धनी र गरिबको प्राण उस्तै होइन र ?त्यसैले हामी एकजुट समाजमा चलेको गरिब र धनी बिचको भिन्न सोचलाई जरैदेखि निर्मूल पारौँ ।
लेखक सानोठिमी भक्तपुर निवासी हुनुहुन्छ।